Sunday, November 16, 2014

मोदीको जनकपुर भ्रमणवाट मधेशको के के अपेक्षा ?


 


संतोष मेहता - प्रवक्ता, सदभावना पार्टी 


 
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विश्व मन्चमा शक्तिशाली रुपमा प्रस्तुत भएको नेता हुनुहुन्छ । मुख्यगरी मोदी विश्व मन्चमा पुर्वीय सभ्यताकै नेतृत्व गरेर अगाडी वढदै हुनुहुन्छ । यस परिपेक्ष्यमा भारतको असल छिमेकिको हैसियतमा हामी उहा प्रति गर्व नै गर्नु पर्छ ।  जहा सम्म सार्क सम्मेलनको क्रममा उहा मधेशको केन्द्र मानिने जनकपुर आउदा स्वभाविक रुपमा मधेशीहरु उत्साहित हुन्छ । साथै उहावाट अपेक्षा पनि राख्नु अस्वभाविक होईन । नेपालको राजनितीमा प्रभाव राख्ने एउटा छिमेकिका प्रधानमन्त्री जो विश्वमै आफनो नेतृत्वको झण्डा फहराउन चाहिरहेका छन, उहा जस्ता व्यक्तित्ववाट स्वभाविक रुपममा हामी मधेशीहरु मुख्य गरी दुई ओटा कुरामा वढी अपेक्षा राख्छौ । एउटा नेपालका शासकहरु वाट हामी पिडतहरु आफनो अधिकारका लागी मधेश राजनिती गरिरहेका छौ, त्यसप्रति उहाको उच्च सदभाव र दोस्रो मधेशको सम्रग विकासमा भारतको अग्रसरता ।

 

जय निशान्त - बुद्धजिवी - कार्यकारी अध्यक्ष, नेपाल डेमेक्रेटिक फाउन्डेसन -



 
नरेन्द्र मोदी सार्कमा सहभागी हुने बेलामा जनकपुर र लुम्बिनी जाने इच्छा आफैले व्यक्त गर्नु भएको थियो । भारतीय प्रधानमन्त्री मोदी विश्व मंचमै आफनो जर्वदस्त प्रभाव प्रमाणित गर्न अगाडी वढीसकेका  नेताको रुपमा देखिन्छ । जो हालैका दिनमा अमेरिका पुग्दा पनि भारतीयहरु मझ सार्वजनिक सम्बोधन गरेका छन ।  नेपालमा हाल उनको जनकपुर सम्बोधनलाई लिएर खासगरी वामवन्थीहरुमा देखिएको संकिर्णता खेदजनक छ । उनका् सम्बोधनलाई अनावश्यक विवादमा तान्नुले ती कथित वामपन्थीहरुको सोचस्तर पनि दर्शौउछ । र एउटा कुरा के बुझनु आवश्यक छ भने, विश्व मन्चमै शक्तिशाली बन्ने नेता जनकपुरमा आएर मधेशलाई भडकाउने होईन वरु नेपालको राष्टियता थप मिलाउने काम गर्छ । मोदीको सरकार आए संगै नेपालको सम्बन्धमा एउटा गतिशिलता देखिएको छ, जसवाट सम्रग नेपालले फाईदा लिन सक्नु पर्ने हुन्छ । यस्तो अवस्थामा मधेशले पनि आफनो अपेक्षाहरु राख्छन ।


जितेन्द्र सोनल - सहमहामन्त्री तमलोपा


 
हाम्रो छिमेकी मित्र राष्ट भारतको प्रधानमन्त्री आफनै इच्छामा राजधानी वाहिर जानु अत्यन्तैै प्रशंसनीय कदम हो । त्यसमा पनि मधेशको एउटा प्रमुख भुमि जनकपुर पुग्नुलाई  थप राम्रो भन्नु पर्छ । भारत जो नेपालको शान्ति र विकास दुवैको एउटा प्रमुख हिस्सेदार मुलुक हो र त्याहाका प्रधानमन्त्री पिछडिएको समुदायको माझमा जानुले भविष्यमा त्याहाको शान्ति र विकास दुवैमा मजवुती आउछ भन्ने आशा पलाएर आउछ । अर्को कुरा जनकपुर एउटा महत्वपुर्ण धार्मिक स्थल भएपनि राज्यको वेवास्ताका कारण ओझेलमा परेको छ । याहा निर एउटा शक्तिशाली देशका प्रधानमन्त्री आईदिदा त्यसको प्रचार प्रसार देखि विकासमा समेत ठुलो योगदान हुन्छ । काठमाडौ र दिल्लीको सम्बन्धको राजनितीक सम्बन्ध छ र जनकपुर र अयोध्याको सम्बन्धको सांस्कृतिक सम्बन्ध छ । मोदीजीको जनकपुर भ्रमणले नेपाल र भारत विचको जनस्तरको सम्बन्धलाई एउटा नयां उचाईमा पुयाउछ ।

 
विजयकान्त कर्ण - प्राध्यापक 


 
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर आउदा मधेशमा एउटा उत्साहको संचार देखिएको छ । मोदी स्वयंममा एउटा विश्व नेताको रुपमा उभ्रिएको हो । र उनले नेपाल भारत सम्बन्धको आधारहरुलाई राम्ररी वुझन कोसीस गर्न चाहन्छ । त्यही भएर उनले नेपालको संसदमा गएर आफु जनकपुर र लुम्बनीको भ्रमण गर्न खाजेको इच्छा व्यक्त गरेका थिए । जनकपुर जो विहारको सिमा पर्छ जसको उत्तर प्रदेशको अयो्ध्या संग नाता छ, भने लुम्बनी जो उत्तर प्रदेशको सिमा पर्छ जसको सम्बन्ध विहारको गया संग छ । नेपाल र भारतको सम्बन्धको यो एउटा महत्वपुर्ण आधार हो । जसलाई मोदीले बुझन खोज्दै छन । यही सन्दर्भमा जनकपुर मधेशको केन्द्र भएकाले मधेशीहरु मधेश राजनिती प्रति उनको साहनभुति खोज्छन, जुन अस्वभाविक होईन । दोस्रो कुरा मधेशको विकासमा भारतको ठोस पहलकदमीको प्रतिक्षामा आम मधेशीहरु देखिन्छ ।

No comments:

Post a Comment