Saturday, November 15, 2014

मोदी भ्रमण - जनकपुरमा सुरक्षा चुनौती नभएको स्थानिय अधिकारीको भनाई


 
सार्क सम्मेलनमा भाग लिन आउदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मंसीर ९ मा जनकपुर हुदै काठमाडौ आउने भए पछि त्यसको सुरक्षा लगायतको वारेमा विभिन्न टिकाटिप्पणीहरु भईरहेको देखिन्छ । तर जनकपुरका स्थानिय सुरक्षा अधिकारीहरुले मोदीको जनकपुर भ्रमणको लागी सुरक्षा चुनौती नभएको बताए । धनुषाका प्रहरी प्रमुख गणेश बहादुर थापाले भने, सुरक्षा अवस्थामा पुर्ण रुपमा दुरुस्त छ, वाहिर कसले ले भन्यो त्यो मलाई थाहा भएन तर याहा सबै कुरा ठिक छ । थापाले आफुहरु अहिले सम्म मोदीको भ्रमणको अधिकारिक कार्यतालिका नपाएको बताए । उनले भने, हामी औपचारिक कार्यतालिकाको पर्खाइमा छौ, त्यस अनुसार हामी गर्नु पर्ने थप कामहरु गर्छौ ।

मोदीको जनकपुर भ्रमणको तयारीकै सिलसिलामा भारतीय राजदुत रन्जित रे आफु दुई साता अघि जनकपुर पुगेर सरोकार वालाहरु संग वृहत छलफल गरेका थिए । त्यसयता दुतावासका अधिकारीहरु  लागातार जनकपुरमा मोदीको भ्रमण तयारीमा जुटेका छन । भारतीय सुरक्षा एजेन्सीहरु समेत जनकपुरका स्थानिय सुरक्षा अधिकारीहरु संग मिलेर तयारीमा जुटीरहेको छ ।
 
यद्यपी मोदीले जनकपुर घोषणा गर्ने विकास परियोजनाहरुको अहिले सम्म अन्तिम टुगों लागी सकेको छैन । भारतीय दुतावासका प्रवक्ता अभय कुमारले भने, हामी त्यसको अन्तिम तयारीमा लागीरहेका छौ, यो हप्ताको अन्त सम्ममा हामी टुगों लगाउदै छौ । उनका अनुसार मोदी जनकपुर आउने रुट देखि जनकपुरमा गरिने नागरिक सम्बोधन देखि जनकपुर केन्द्रित गरिने विकास परियोजनाको वारेमा दुतावास अन्तिम चरणको कामहरु गर्दै छन ।

केही दिन अगाडी मात्रै भारतीय प्रधानमन्त्री मोदीले जनकपुरमा नागरिक सम्बोधन गर्ने भएपछि सरकारलाई असजिलो महसुस भएको आशयको समाचारहरु प्रकाशित भएको थियो । समाचारहरुमा पराराष्टमन्त्रीले त्यस पछि सुरक्षाको कारण देखाउदै जनकपुर नजान मोदीलाई अनौपचारिक सुझाव पठाएका थिए । जनकपुरमा त्यसको व्यापक विरोध भईरहेको देखिन्छ । बृहतर जनकपुर क्षेत्र विकास परिषदका अध्यक्षका राम कुमार शर्माले सरकार सुनियोजित रुपमा मोदीको जनकपुर भ्रमण असफल पार्न खाजेको आरोप लगाए । शर्माले भने, सरकारले जनकपुरको तयारी सम्बन्धमा कसलाई औपचारिक जिम्मा दिएको छ, त्यो कुरा समेत जनकपुरका स्थानिय निकायहरुलाई अहिले सम्म थाहा छैन । जसका  कारण मोदी गरिने भनिएको नागरिक अभिनन्दको लागी समितीहरु अहिले सम्म बन्न नसकेको शर्माले बताए । सरकारले चाही भौतिक योजना मन्त्री तथा काग्रेस नेता विमलेन्द्र निधी लाई जनकपुर तयारीको जिम्मेवारी तोकेको छ । निधीलाई सरकारले दिएको जिम्मेवारी प्रति जनकपुरमा ऋवापक असन्तुष्टि देखिन्छ ।

दुई हप्ता अघि भारतीय राजदुत रे जनकपुरमा सरोकारवालाहरु संग गरेको छलफलमा मुख्य गरी तीन कुरा गरेको थियो । पहिलो मोदीको  जनकपुर आउने सम्भवित स्थल मार्ग, जसमा सरोकारवालाहरुले जलेश्वर भिठामोड सडक प्रयोग गर्न सुझाएका थिए । दोस्रो मोदी जनकपुरमा गर्ने नागरिक सम्बोधन वाह्विद्यामा उपयुक्त हुन्छ कि तिरहुतिया गाछीमा, जसमा सरोकारवालाहरुले विवाहपन्चमीको समय भएका कारण मानिसहरुको ठुलो भिड हुन सक्ने भन्दै वाह्विद्यामा गर्न सुझाएका थिए । र तेस्रो जनकपुर केन्द्रित विकास परिषेजनाहरु । जनकपुर केन्द्रित विकास परियोजनाको सन्दर्भमा जनकपुरका सबै सरोकारवालाहरुले सहमतीमा डेढ दर्जन विकास परियोजनाहरु  प्रस्ताव गरेका छन । जसमा मुख्य गरी जनकपुरलाई भारतको अयोध्या र वनारस संग जोडेर हिन्दू कोरिडोरको अवधारणामा पर्यटकिय केन्द्र बनाउन प्रस्ताव गरेका छन ।

No comments:

Post a Comment