Thursday, November 13, 2014

नयां संविद्यान नबने सम्म मधेशी पार्टी सरकारमा नजाने


 
मधेशी पार्टीहरुका अध्यक्षहरुको संयुक्त बैठकले नयां संविद्यान जारी नहुन्जेल सम्म सरकारमा कुनै पनि हालतमा सहभागी नहुने निर्णय गरेको छ । सिंहदरवार स्थित मधेशी जनअधिकार फोरम लोकतान्त्रिकको संसदीय दलको कार्यलयमा आज भएको बैठकले यस्तो निर्णय गरेको सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले बताए । साथै बैठकले सबै मधेशी पार्टीहरु समाहित गर्दै संयुक्त लोकतान्त्रिक मधेशी मोर्चालाई पुर्नगठन पनि गरिने सहमती मधेशी पार्टीहरु विच भएको छ ।
 
आजको बैठकमा फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदार, तमलोपा अध्यक्ष महन्थ ठाकुर, फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो, राष्टिय मधेश समाजवादी पार्टीका अध्यक्ष शरदसिंह भण्डारी लगायतका नेताहरुको उपस्थिती थियो । सदभावना पार्टीका अध्यक्ष महतोले भने, यो मधेशी पार्टीहरुको मोर्चाले एमाओवादी सम्मलीत संघीय मोर्चालाई थप मजबुत बनाउने उदेश्यका साथ काम गर्ने छौं । महतोका अनुसार मधेशको मुद्धाहरु विना संघर्ष उपलब्धी नहुने भएकाले सडक र सदनमा संघर्षका लागी यो मोर्चा पुर्नगठन गरिएको छ । उनले भने, यसमा अनिल झा देखि राज किशोर यादव लगायत सबै मधेशी पार्टीहरु सहभागी हुने अनौपचारिक सहमती भईसकेको छ ।

बैठकमा सहभागी फोरम नेपालका उपाध्यक्ष लालबाबु राउतका अनुसार आजको बैठकमा विगतमा मधेशी मोर्चा माथी सत्ताको लागेको आरोप वारेमा पनि गम्भिर छलफल भएको र अध्यक्षहरुले ठोस रुपमै नयां संविद्यान नबने सम्म सरकारमा नजाने प्रतिवद्धता जनाउने सहमती भएको छ । हिजो मात्रै तराई मधेश लोकतान्त्रिक पार्टीले नयां संविद्यान मार्फत मधेशको मुद्धा सम्बोधन नहुन्जेल सरकारमा नजाने प्रतिवद्धता व्यक्त गरेका थिए ।

मधेशी पार्टीहरु फोरम नेपाल, तमलोपा र सदभावना पार्टी विच ०६४ सालमै संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको गठन गरिएको थियो । त्यही मोर्चाकै आब्हानमा दोस्रो मधेश आन्द्योलन र ८ बुदे सहमती भएको थियो । पछि पहिलो संविद्यान सभाको निर्वाचन पश्चात मोर्चा सरकार निर्माणमा लागे र मधेशी पार्टीहरुकै विभाजनको आधार बन्न थालेको भन्दै मोर्चाको तीव्र आलोचना हुन थालेका थिए । फोरम नेपाल विभाजन पछि उपेन्द्र यादव मोर्चालाई वहिष्कार गरेका थिए । पहिलो संविद्यान अन्त तिर बाबुराम भटराईको सरकारको निर्माणमा पनि यही मोर्चाको महत्वपुर्ण भुमिका थियो । जसले ४ बुदे सहमती गरेर उक्त सरकार निर्माण गरेको थियो । उक्त सरकारको विद्यटन संगै मोर्चा कै तत्कालिन घटकहरु विच तीव्र मतभेद देखिन थाल्यो । राजेन्द्र महतोले सार्वजनिक रुपमै मोर्चाको आलोचना गरेका थिए । पछि तमलोपाले एकिकरणको अभियान थाले पछि मोर्चा झन झन ओझेलमा पर्दै गए । तमलोपाको एकिकरण अगाडी वढन नसक्ने सम्भावनाहरु द्येखिन थालेपछि तमलोपा अध्यक्ष ठाकुरले दोस्रो संविद्यानसभामा संगै जानका लागी पटक पठक डाक्दा पनि विजय गच्छदार राजेन्द्र महतोको मतभेदका कारण बैठकहरु हुन सकेन । लामो प्रयास पछि दोस्रो संविद्यानसभाको केही महिना पुर्व ०७० को असारमा तमलोपाको पार्टी कार्यलयमा भएको जुन बैठकमा सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो अनुपस्थिती थिए भने सदभावनाको तर्फवाट लक्ष्मण लाल कर्ण सहभागी भएको थियो ।
 
दोस्रो संविद्यान सभामा मधेशी पार्टीहरु हार व्योहोरे पछि फेरी एकताको प्रयासहरु थालिएको थियो तर मुर्त लिन सकेन । पछि मधेशी पार्टी हरु एमाओवादी संग मिले संघीय मोर्चाको घोषणा गरिएको थियो । जसमा ४ ओटा मधेशी पार्टी मात्रै सहभागी छन । एमाओवादी संगको संघीय मोर्चा घोषणा हुुदा मधेशी वृतमा मधेशी पार्टीहरु छुटै एउटा मोर्चा हुनु पर्ने आवाज उठदै आएको थियो ।

No comments:

Post a Comment