Wednesday, November 12, 2014

मधेशको मुद्धा सम्बोधन नहुन्जेल सरकारमा जान्नौ - तमलोपा


 
केही दिन यता संचारमाध्यमहरुमा तमलोपा सरकारमा सहभागी हुदै भन्ने आईरहेको समाचार प्रति तराई मधेश लोकतान्त्रिक पार्टीले आपति जनाएको छ । तमलोपाले आज विज्ञप्ति जारी गर्दै भनेको छ, नयां संविद्यान मार्फत मधेशको मुद्धा सम्बोधन नहुन्जेल हामी सरकारमा नजाने कुरा प्रष्ट पार्न चाहन्छौ ।
 
तमलोपाले विज्ञप्ति मार्फत संचार माध्यममा आएको समाचारलाई मधेशलाई वदनाम गराउने उदेश्यका साथ सुनियोजित प्रोपगाण्डा भनेको छ । पछिल्लो केही दिन यता संचार माध्यमहरुले तमलोपा लगायतका केही मधेशी पार्टी वर्तमान सरकारमा हुन हुन लागेको आशय सहितको समाचारलाई प्राथमिकतामा राखेर प्रकाशन गदैृ आएका थिए ।

दुई साता अघि काग्रेसका केही नेताहरुले समेत साक्षत्कार कार्यक्रममा बोल्दै सरकारमा मधेशी पार्टीहरुलाई ल्याउन प्रयास भईरहेको बताएका थिए ।

No comments:

Post a Comment