Tuesday, November 11, 2014

झापा, मोरड, सुनसरीका लागी मधेशी नेताहरुको स्थानिय संघर्ष समिती बन्दै


 
नेपाली काग्रेस र एमालेले ल्याएको सात प्रदेशको खाकामा झापा, मोरड, सुनसरीलाई पहाडमा गाभेको भन्दै त्यहा वाट प्रतिनिधित्व गर्ने मधेशी नेताहरु त्यसको विरुद्धमा आन्दोलन गर्न संघर्ष समिती बनाउन लागेका छन । अर्को साता विराटनगरमा भेलाको आयोजना गरेर त्यस्तो संघर्ष समितीको घोषणा हुने नेताहरु बताए ।
 
यस्तो अभियान चलाउनेमा झापा, मोरड, सुनसरीवाट प्रतिनिधित्व गर्ने मधेशी पार्टीका केन्द्रिय देखि स्थानिय नेताहरु छन । यो अभियानका अगुवाई गरीरहेको सदभावना पार्टीका केन्द्रिय प्रवक्ता संतोष मेहताका अनुसार विराटनगर भेला गरेर काग्रेस एमाले विरुद्ध स्थानिय स्तरमा संघर्ष गर्ने उदेश्यका साथ संघर्ष समितीको घोषणा हुने छ । यो अभियानमा सदभावनाका मेहता संगै विराटनगरका फोरम नेपालका अगुवा नेता जयराम यादव, फोरम लोकतान्त्रिकका भीम राजवंशी, झापाका संतोष गणेश लगायतका छन ।

पुर्वी मधेशका झापा, मोरड, सुनसरीलाई कुनै पनि हालतमा पहाडसंग जोडन निदनका लागी उक्त संघर्ष समितीले स्थानिय स्तरमा विभिन्न संघर्षको कार्यक्रमहरु गर्ने छ । केन्द्रिय स्तरमा हामी निती त छदै छ, तर स्थानिय स्तरवाट पनि विभिन्न संघर्षका लागी हामी अघि सरेको मेहताले बताए । 



No comments:

Post a Comment