Sunday, November 9, 2014

काग्रेसकै मधेशी सभासदहरुले भने - सात प्रदेशको खाका अमान्य


 
नेपाली काग्रेसका तर्फवाट तराई मधेशवाट प्रतिनिधित्व गर्ने सभासदहरुले पार्टीले अघि सारेको सात प्रदेशको विरोध गर्दै पार्टी सभापति तथा प्रधानमन्त्री सुशिल कोईरालालाई आज विहान हस्ताक्षर बुझाएको छ । काग्रेसका मधेशी सभासदहरुले उत्तर दक्षिणको खाकाको समेत विरोध गर्दै भनेका छन, चुरे भन्दा तल दक्षिण सिमा सम्मको तीन प्रदेशमा पार्टी जानु पनु पर्छ ।  काग्रेसका मधेशी सभासदहरुले भनेका छन, पुर्वी, मध्य र पश्चिम गरी तीन मधेश प्रदेश बनाउनु पर्छ ।
 
आज बिहान काग्रेसका २२ जना मधेशी सभासदको हस्ताक्षर बुझाइएको काग्रेसका सभासद तेजूलाल चौधरीले बताए । अरु सभासदहरु जिल्ला तिर छ, हस्ताक्षर संकलन जारी रहेको र बाकी हस्ताक्षर भोली बेलुकी सम्म हामीले बुझाउने तयारी गरिरहेको चौधरीले बताए । चौधरी सप्तरीवाट प्रतिनिधित्व गर्ने काग्रेसका सभासद हुन । र्फमुला मन्सुरको नेतृत्वमा हिजो देखि थालिएको यो अभियानले पार्टीले अघि सारेको सात प्रदेशको अवधारण पार्टीको राष्टिय अधिवेशनको निर्णय विपरित समेत रहेको जिकिर गरेका छन ।



काग्रेसका मधेशी सभासदहरुका अनुसार राष्टिय अधिवेशनले मधेशमा तीन देखि चार प्रदेश बनाउन मधेशी प्रतिनिधीहरुले सुझाएका थिए । जसलाई पार्टीले समेत आफनो अधिकारिक निर्णय बनाएको थियो तर हाल आएर अघि सारिएको ७ प्रदेशको अवधारणले उक्त कुरालाई समटदैनन, एक मधेशी सभासदले भने, हामीले त्यही भएर पार्टीको यो निर्णयको विरुद्धमा उत्रिएका छौं ।
 
चौधरीका अनुसार तराई मधेशमा काग्रेसका ५१ ज्ना सभासदहरु यो निर्णयको विपक्षमा उभिएका छन । यो संगै काग्रेस एमालेको दुई तिहाई वाट नयां संविद्यान जारी गर्ने योजना समेत तुहिएको जानकारहरु बताउछन ।
 
पछिल्लो समयमा काग्रेस एमालेका शिर्ष नेताहरुले एमाओवादी तथा मधेशी पार्टीहरु आफुहरुको सात प्रदेशको अवधारणामा नआए आफुहरु प्रक्रियामा गएर दुई तिहाई वाट नयां संविद्यान जारी गर्ने बताउदै आएका थिए । एमाओवादी तथा मधेशी पार्टीहरु यसको विरुद्धमा उत्रिएका थिए । जसका कारण संवाद समितीको बैठक समेत अनिश्चितकाल सम्मका लागी अवरुद्ध भएको छ ।

No comments:

Post a Comment