जेपी गुप्ता नेतृत्वको तराई मधेश राष्टिय अभियानले भनेको छ, अब मधेशका राजनितीक शक्तिहरु आफनो अधिकारको सवालमा अडिग रहेर भारत सरकार संग कुरा गर्नु पर्दछ । रौतहटको गरुडामा हिजो देखि सुरु भएको दोस्रो राष्टिय परिषदको बैठकले जारी गरेको अभियानको गरुडा घोषणा पत्रमा भनिएको छ, नेपाली सता जहिले पनि मधेशको यथोचित मागहरुलाई दबाउन भारतसंग लेनदेनको बिषय बनाएर मधेशलाई बदनाम पार्न खोज्छ । भारत पनि आफनो स्वार्थका लागी अन्देखा जस्तो गरेर अघि वढछ र मधेशको आन्दोलनलाई हतोतसाहित गर्ने गर्छन, अभियानको घोषणा पत्रमा भनिएको छ ।
अभियानको ६ पेज लामो घोषणा पत्रको तेस्रो पजको क्षेत्रिय भु राजनितीक स्वार्थमा नेपाल शिर्षकमा भनिएको छ, नेपालमा चिन र भारतको सक्रियता तीव्र हुदै गईरहेको बेला मधेशीहरु सचेत भएर अघि वढनु पर्छ ।
साथै अभियानले मधेशीहरुको राष्टियताको पहिचानलाई सम्बोधन गर्न पनि माग गरेको छ । मधेशका सबै जिल्लाहरु वाट सहभागीहरु सम्मलीत राष्टिय परिषदको घोषणा पत्रले संविद्यानसभामा रहेका मधेशीहरुलाई राजनिमा दिएर सडकमा आउन भनिएको छ । घोषणा पत्रमा भनिएको छ, हामी कथित नयां संविद्यान मान्दैनौ र हाल संव्दिानसभामा देखिएको प्रवृतिले मधेशीहरुलाई थप दासत्व बनाउने छ, त्यसलाई समयमा बुझी मधेशी जनजाती, दलीत सबै सडकमा आएर निर्णयक आन्दोलन गर्नुको विकल्प छैन ।
No comments:
Post a Comment