Friday, November 7, 2014

काग्रेस एमाले विरुद्ध आन्दोलन गर्ने छौ - जेपी गुप्ता


 
तराई मधेश राष्टिय अभियानका संयोजक जेपी गुप्ताले काग्रेस एमालेले ल्याएको संघियता समबन्धी सात प्रदेशको अवधारण कुनै पनि हालतमा मान्य नहुने बताएका छन । आज रौतहटको गरुडामा अभियानको दोस्रो राष्टिय परिषदको बैठक सत्रलाई सम्बोधन गर्दै गुप्ताले काग्रेस एमालेको अवधारणा कुनै पनि हालतमा लागु हुन नदिने चेतावनी दिए ।
 
गुप्ताले संघियताको विरुद्धमा काग्रेस एमाले सहितका प्रमुख दलहरु चलखेल गरिरहेको बताउदै विना आन्दोलनले संघियता नआउने बताए । उनले भने, हामी आन्दोलनमै छौ, मधेश आन्दोलनको माग बमोजिम संघियता नआए सम्म, हाम्रो आन्दोलन जारी रहने छ ।

मधेशका सबै जिल्लाहरु वाट १० १० जना प्रतिनिधी र केन्द्रि परिषदका १२५ जना पदाधिकारीहरुले दुई दिन सम्म चल्ने परिषदको बैठकमा विभिन्न प्रतिवेदनहरु माथी छलफल गर्ने छ । आज दिउसो सुरु भएको उदधाटन सत्र लगत्तै बेलुकी वाट बन्द सत्र सुरु भएको छ । बन्द सत्रमा अहिले आर डि अजादको राजनितीक प्रतिवेदन माथी छलफल भईरहेको अभियानका प्रवक्ता राकेश गुप्ताले बताए ।

No comments:

Post a Comment