Wednesday, November 5, 2014

एमाओवादीसँगको सहकार्यप्रति मधेसवादीभित्रै विवाद




एकीकृत नेकपा माओवादीसँगको सहकार्यलाई लिएर मधेसवादी दलहरूभित्रै गम्भीर विवाद सुुरु भएको पार्टीको संस्थागत निर्णयविनै संविधान बन्न नदिने एमाओवादी योजनामा फसेर सहकार्य गरिएको भन्दै सबै मधेसवादी दलभित्र विवाद देखिएको हो

एमाओवादीसँगको सहकार्यलाई लिएर मधेसवादी दलका केही नेताले नेतृत्वको चर्काे आलोचना गरेका छन् एमाओवादीको मुद्दामा मधेसी दलहरू फसेको मधेसको एजेन्डालाई बिर्सेको उनीहरूको आरोप मधेसवादी दलको नेतृत्व मधेसको मुद्दामा अडिन नसकी एमाओवादीको मुद्दामा पछि लागेको उनीहरूले बताएका छन्एमाओवादीसँग सहकार्य गरिरहेका मधेसी दलहरूको अडान के हो ? त्यो प्रस्ट हुन सकेको छैन


एमाओवादीको मुद्दामा केही मधेसी दलको नेतृत्व गएको देखिएको ,’ राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष शरतसिंह भण्डारीले राजधानीसँग भने, ‘कांग्रेसएमालेले ल्याएको प्रस्तावको कुनकुन बुँदामा असहमति ? त्यसबारेमा उनीहरूले केही भनेका छैनन् माओवादीको मुद्दामा मात्र उनीहरू गएका छन्गत आइतबार एमाओवादी संसदीय दलको कार्यालय सिहंदरबारमा बसेको एमाओवादी मधेसवादी दलको संयुक्त बैठकमा फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारले संविधान निर्माण प्रक्रियामा जानै नसकिने माओवादीले लिएको अडानको खुलेरै विरोध गरेका थिएसंविधान निर्माणमा प्रक्रियामा जानै सकिन्न भन्ने कुरा बिलकुलै गलत हो, यस्तो अडानमा जान सकिन्न विकल्पमा हामी जानुपर्छ

संविधान बन्नै नसक्ने स्थिति आए प्रक्रियामा जानै पर्छ,’ बैठकमा फोरम लोकतान्त्रिकका अध्यक्ष गच्छदारको भनाइ उद्धृत गर्दै एक सदस्यले भने गच्छदारको भनाइलाई लिएर मंगलबार फोरम नेपाल, तमलोपा सद्भावना पार्टीमा आलोचना भएको थियोअस्ति (आइतबार) लोकतान्त्रिक फोरमका अध्यक्ष गच्छदारले प्रक्रियामा जान सकिन्छ भनेर भन्नुभएको हामीले थाहा पायौं यसबाट केही मधेसी दल कांग्रेस, एमालेको धारणामा निकट हुने संकेत देखिएको ,’ सद्भावना पार्टीका एक पदाधिकारीले भने, ‘तर, हामी कुनै पनि अवस्थामा कांग्रेस, एमालेका पक्षमा जान सक्दैनौं

स्रोतका अनुसार एमाओवादीसँग सहकार्य गरिरहेका दलमध्ये गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिक, महेन्द्र यादव नेतृत्वको तराई मधेस सद्भावना पार्टीले प्रक्रियामा जान सकिने संकेत देखाएका छन् यद्यपि, फोरम नेपाल, तमलोपा सद्भावना पार्टीभित्रै गच्छदारको आलोचना भएपछि गच्छदार मंगलबार पाँचथर पुगेका थिए एमाओवादीसँगको मोर्चामा सहभागी नभएका राष्ट्रिय मधेस समाजादी पार्टी, अनिल झा नेतृत्वको संघीय सद्भावना पार्टी राजकिशोर यादव नेतृत्वको फोरम गणतान्त्रिक प्रक्रियाको पक्षमा उभिने संकेत देखिएको

साभार - राजधानी दैनिक

No comments:

Post a Comment