Tuesday, November 4, 2014

मोदीको स्वागतमा जनकपुर जुटदै



सार्क सम्मेलनको बेला हुने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमणको लागी जनकपुरमा तयारी सुरु भइसकेको छ । गएको साउन १८र१९ मा मोदी नेपाल आएको वेला उनी स्वयंमले सार्क सम्मेलनको वेला आफु आउदा जनकपुर र लुम्बिनी जाने घोषणा गरेका थिए ।
 
आउदो मंसीर १० र ११ मा हुन गईरहेको सार्क सम्मेलन हुदै छ । अहिले सम्म औपचारिक रुपमा अन्तिम रुप दिईनसकेको उनको भ्रमण कार्यतालिकाको वावजुद अधिकारीहरु त्यसको तयारीमा जुटी सकेको छ । जनकपुरमा मोदी मुख्य रुपमा जानकी मन्दिरमा पुजापाठ गर्ने छ भने जानकी मन्दिरवाटै जनकपुरवासीलाई सम्बोधन गर्ने कार्यक्रम छ । साथै उनी जनकपुर विभिन्न सरोकारवाला पक्षहरु संग सानो अन्र्तक्रिया पनि गर्ने कार्यक्रम रहेको जानकारहरु बताउछन ।
 
जानकी मन्दिरका सहायक महन्थ राम रोशन दासका अनुसार मोदीका लागी जानकी मन्दिरमा विशेष पुजाको व्यवस्थामा मन्दिर लागी सकेको छ । दासका अनुसार मोदीले जानकी मन्दिरमा विशेष धुप द्धिप पुजा र विशेष आरती गर्ने छ । मोदी जानकी मन्दिरमा आउदा त्याहा व्राह्मणहरु वेद उच्चारणको गर्नुको साथै स्वस्तीक वाचन गर्ने व्यवस्था मिलाउन लागिएको दासले बताए । मोदी जानकी मन्दिरकै प्रारडणमा रहेको जनक मन्दिर र विवाह मण्डपमा पनि पुगेर पुजा गर्ने छ । जानकी मन्दिरको तर्फवाट मोदीलाई उपहार समेत दिने योजना छ ।
जनकपुरमा लाग्ने भव्य मेला विवाह पन्चमी पनि यस बर्ष ११ मंसीरमा रहेकाले मोदीको जनकपुर भ्रमणको क्रममा त्यहा दर्शनार्थीको ठुलो भिड हुने लगभग निश्चित छ । विवाह पन्चमी जनकपुरको सबै भन्दा ठुलो मेलामा गनिन्छ ।


बृहतर जनकपुर क्षेत्र विकास परिषदका अध्यक्ष राम कुमार शर्माका अनुसार मोदी जनकपुरको विमानस्थलमा उत्रे देखि नै मिथिला संस्कृतिको विभिन्न झाकीहरुले उनलाई स्वागत गर्ने तयारी छ । बृहतरले मोदीको भ्रमणको वेला जनकपुरलाई वेहुली झै सिंगार्ने योजनाका साथ क्रियाशिल छन । हालै सरकारले उक्त परियोजनका लागी बृहतरलाई रु १ करोड उपल्ब्ध गराई सकेको छ । बृहतरका अध्यक्ष शर्माका अनुसार मोदीको भ्रमणलाई लक्षित गरेर उनीहरु सरकार संग ७ करोडको माग गरेका थिए । उनले भने, हामीले जानकी मन्दिर, गंगा सागर, धनुष सागर सहितका केही महत्वपुर्ण स्थानहरुलाई पुरै भकिझकाउ बनाउने गरी योजना बनाएका थियौ तर सरकार होलसेलमा हामी १ करोड मात्र उपल्ब गराएको छ ।
 
जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष शिवशंकर साहका अनुसार मोदीको जनकपुर भ्रमण प्रति सरकारको स्थानिय निकायहरु मौन देखिएको छ । साहले भने, मोदी भ्रमणको १ महिना मात्र बाकी रहदा पनि स्थानिय प्रशासनको तहवाट कुनै तयारी भईरहेको देखिदैनन । साहका अनुसार स्थानिय व्यापारीहरुको तहमा मोदीलाई कसरी स्वागत गर्ने र जनकपुरको विकासको वारेमा के के कुरा गर्ने वारेमा छलफल भईरहेको छ ।
 
गएको साउनमा भारतीय प्रधानमन्त्री मोदी नेपाल आउदा सुरक्षा सर्तकताकै कारण जनकपुर र लुम्बिनी नगएको चर्चा भएको थियो । सम्भवतह त्यही भएर होला मोदीले आफनो संविद्यानसभाको सम्बोधनको क्रममा आफु सार्कमा भाग लिन आएको बेला जनकपुर जाने घोषणा गर्ने लगत्तै जनकपुरमा स्थानिय स्तरको सुरक्षा अवस्था वारे विभिन्न बैठकहरु सम्पन्न भएको थियो । स्थानिय सुरक्षा निकायका अधिकारीहरु अहिले सम्म पनि मोदीको भ्रमणको वारेमा कुनै टिप्पणी गर्न चाहदैनन । धनुषाका प्रहरी प्रमुख गणेश थापाले भने, मोदीको जनकपुर भ्रमणको आफुलाई कुनै जानकारी नै नभएको बताए । थापाले भने, मलाई अहिले सम्म कुनै जानकारी नै छैन, त्यसैले म त्यस वारेमा तपाइलार्ई केही भन्न नै सक्दैन ।
 
यद्यपी जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष साहका अनुसार भारतीय दुतावास स्थानिय स्तरमा सम्पर्क गरेर त्यसको तयारीमा जुटी सकेको छ भने, तयारी कै लागी सरकारले हालै बृहतरलाई रु १ करोड निकासा गरीसकेको छ । सुरक्षा स्रोतका अनुसार मोदीको जनकपुर भ्रमणलाई मध्यनजर गर्दै केन्द्र वाट विशेष टोली नै जनकपुर जाने तयारीमा छ । जसले जनकपुरमा मोदी भ्रमणको सुरक्षा बन्दोवस्त गर्ने छ । त्यसैगरी काठमाडौ स्थित भारतीय दुतावास वाट समेत एउटा टोली जनकपुरमा बसेर सुरक्षा देखि अरु सबै कुराको चाजोपाजो मिलाउने छ ।
 
मोदी जनकपुर आउने पहिलो प्रधानमन्त्री हुने छ । यद्यपी यस अघि पनि भारतका दुई जना राष्टपतिहरुले जनकपुर आएर जानकी मन्दिरमा पुजा गरेको देखिन्छन भने पुर्व प्रधानमन्त्री अटल विहारी वाजपेयी पनि लोकसभाको विपक्षी दलका नेता हुदा ०४९ मा जनकपुर आएर जानकी मन्दिरमा पुजा गरेको जानकी मन्दिरको रेर्कडले देखाउछ । भारतका पुर्व राष्टपतिहरु निलम संजिवा रेडडी र ज्ञानी जेल सिंह राष्टपति रहेकै वेलामा जनकपुर आएर जानकी मन्दिरमा पुजापाठ गरेका थिए ।


No comments:

Post a Comment