Friday, November 21, 2014

मोदीको जनकपुर भ्रमण रद्ध नभएको सरकारको भनाई


 
मंसीरमा ९ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी गर्ने भनिएको जनकपुर भ्रमण रद्ध नभएको सरकारका मन्त्री तथा अन्य अधिकारीहरुले बताएका छन । विहिवार सरकारका एक जना मन्त्री विमलेन्द्र निधिले एक प्रेस विज्ञप्ति निकाल्दै मोदीको जनकपुर भ्रमण रद्ध भएको जनाएको थियो । निधिलाई सरकारले जनकपुरमा मोदीको स्वागत गर्न जिम्मा समेत दिएका छन ।
 
तर आज पत्रकार सम्मेलन गरेर परराष्टमन्त्री महेन्द्र पाण्डेले मोदीको जनकपुर भ्रमण रद्ध भएको जानकारी आफुलाई नभएको बताए । मन्त्रालयले सार्क सम्मेलनको तयारीका लागी आयोजना गरेको पत्रकार सम्मेलनमा पाण्डेले भने, भारतीय प्रधानमन्त्री मोदीको भ्रमणवारेमा मन्त्री निधिीले निकाले प्रेस विज्ञप्तिवारे समेत आफु र सरकारलाई कुनै अधिकारीक जानकारी नरहेको जनाए । यस अघि आज विहान मात्रै गृहसचिव सुर्य सिलवाले जनकपुरमा पत्रकार सम्मेलन गरेर मोदीको जनकपुर भ्रमण स्थगीत भएको वारे आफुहरुलाई पनि कुनै जानकारी नभएको बताएका थिए । सिलवालले मोदीको सार्वजनिक अभिनन्दका लागी आज देखि आफ हरु बाह्विद्यामा तयारी थालेको समेत जनाएको थियो ।

जनकपुरमा मुख्यगरी मोदीले वाह्विद्या मैदानमा सार्वजनिक सम्बोधन गर्न पाउनु पर्ने माग सहित एमाओवादी तथा मधेशी पार्टीहरु आन्दोलन गर्दै आएका थिए ।

हिजो मात्रै त्यही आनन्दोलनलाई गैर जिम्मेवार भन्दै मन्त्री निधीले मोदीको जनकपुर भ्रम रद्ध भएको विज्ञप्ति निकालेका थिए । सरकारले मोदीको स्वागत तथा अभिन्नदन जानकी मन्दिरकै प्रारगंनमा गराउने तयारी गरेको थियो ।
 
सरकारको तर्फवाट जनकपुर भ्रमणको व्यवस्थापनको जिम्मा पाएका मन्त्री निाधीले विहिवार विज्ञप्ति निकालेकै दिन गृहसचिव सिलवाल सहित नेपाल प्रहरुकिा प्रमुख जनकपुर पुगेर मोदीको स्वागतको लागी वाह्विद्यामा तयारी थालेको स्थानिय सुरक्षा स्रोतहरुले बताएका छन । मन्त्री निधीले काठमाडौ स्थित भारतीय दुतावासले मोदीको जनकपुर भ्रमण रद्ध भएको जानकारी आफुलाई परराष्ट मन्त्रालयले गराएको जनाएको थियो । तर आज नेपालका लागी भारतीय राजदुत रन्जित रे ले एउटा पत्रकार सम्मेलनमा उक्त कुराको खण्डन गरेका छन । रे ले मोदीको जनकपुर भ्रमण स्थगीत भएको जानकारी आफूहरुलाई समेत नभएको जनएको थियो ।
एताको मोदीको जनकपुर भ्रमण स्थगीत भएको समाचार पाए संगै जनकपुरमा सरकार विरुद्ध आन्दोलन हुन थालेको छ । शुक्रवार जनकपुर बन्द रहेको त्याहाका सुरक्षा अधिकारीहरुले बताएका छन । 

No comments:

Post a Comment