Tuesday, November 18, 2014

७ प्रदेशको विरुद्ध ४२ थारु सभासदहरुको हस्ताक्षर


नेपाली काग्रेस र नेकपा एमालेले अघि सारेको ७ प्रदेशको खाकाको विरुद्धमा सबै पार्टीहरुमा आवद्ध ४२ जना थारु समुदायका सभासदहरु पनि हस्ताक्षर संकलन गर्न सुरु गरेका छन । संविद्यान सभामा सबै पार्टीहरु वाट थारु समुदायका ४२ जना प्रतिनिधित्व गर्छन ।

७ प्रदेशको खाकामा तराई मधेशको भुमिलाई पहाडमा जोडेर फेरी थारु समुदायलाई अधिकार विहिन बनाउन खोजेको भन्दै ती सभासदहरुले हस्ताक्षर संकलन गरेर संविद्यानसभाको सभामुखलाई बुझाउने बताएका छन ।

काग्रेसको सभासद तेजूलाल चौधरीले भने, हामीले हस्ताक्षर संकलन गरिरहेका छौ, भोली सम्मका हाम्रो हस्ताक्षर संकलन भए पछि हामी सभामुखलाई बुझाउने तयारीमा छौ । यसै गरी केही दिन पहिला कांग्रसका मधेशी सभासदहरु पनि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष सुशिल कोईरालालाई ७ प्रदेशको विपक्षमा हस्ताक्षर बुझाएका थिए । थारु समुदायको सभासदहरुको हस्ताक्षर अभियानमा काग्रेस एमाले लगायत सबै पार्टीहरुको थारु समुदायको सहभागीता रहेको चौधरीले बताए ।

काग्रेसवाट तेजू लाल चौधरी, वुद्धिसागर चौधरी एमालेका नगेन्द्र चौधरी, वैद्यनाथ चौधरी लगायतका मधेशी पार्टीहरुको तर्फवाट योगेन्द्र चौधरी लगायतका सभासदहरु यो अभियानको अगुवाई गरिरहेका छन ।

हिजो मात्रै काग्रेस एमालेले संवाद समितीमा वहुमत सभासद सदस्यहरुको हस्ताक्षर बुझाउदै ७ प्रदेशको खाकालाई अगाडी वढाउनका लागी माग गरेका थिए । जसको विरुद्धमा काग्रेसका अमरेश कुमार सिंह उभिए पनि उक्त ४३ मा उनको पनि हस्ताक्षर छ । यद्यपी सिहले आफलाई पार्टी उपसभापति रामचन्द्र पौडेलले धोका दिएको बताए । सिंहले भने, अन्तिम समयमा मलाई सभामुखको अगाडी पार्टी उपसभापति पौडेलले सहमती मै संघियता ल्याउने र त्यसकै लागी हस्ताक्षर गरि दिन आग्रह गरे, मैलै उहाको कुरामा विश्वास गरेर हस्ताक्षर गरे तर पौडेल संवाद समितीको बैठकमा ७ प्रदेशको पक्षमा उक्त हस्ताक्षर भएको बताए । सिंहले भने, त्यस पछि म संवाद समितीका सभापति बाबुराम भटराईलाई छुटै चिठी लेखेर जानकारी गराई सकेको छू, मेरो हस्ताक्षर ७ प्रदेशको लागी होईन भनेर ।

पछिल्लो समयमा सुरु भएको हस्ताक्षर अभियानको अगुवाई पनि सिंहले नै गरीरहेका छन । र उनकै पहलमा काग्रेस, एमाले लगायतका थारु समुदायका सभासदहरु समेत हस्ताक्षर अभियानमा लागेका हुन । काग्रेस सभासद तेजू लाल चौधरीले भने, हामीले तराई मधेशमा तीन प्रदेशको सुझाव पार्टी नेतृत्वलाई दिएका छौ, साथै तराई मधेशको सम्पुर्ण भुभाग मधेश प्रदेशमै हुनु पर्छ भनेका छौ तर ७ प्रदेश ठिक त्यसको विपरित छ । काग्रेसको नवलपरासी महासमिती बैठकले तराई मधेशमा छुटै ४ प्रदेश बनाउने अवधारणा सहितको निर्णय गरेको थियो । 

No comments:

Post a Comment