Monday, November 17, 2014

अमरेश सिंह भन्छन- ७ प्रदेशका लागी मैलै हस्ताक्षर गरेकै होइन, सहमतीका लागी मात्रै गरेको छू


 
नेपाली काग्रेसका सभासद अमरेश कुमार सिंहले आज संवाद समितीमा पार्टीले बुझाएको हस्ताक्षरमा आफुले सहमतीको लागी मात्रै हस्ताक्षर गरेको बताए । सिंहले दलान संग कुरा गर्दै भने, पार्टी नेतृत्वले सबैको सहमतीमै संघियता आउने बताए पछि मात्रै आफुले हस्ताक्षर गरेको जनाए । उनले भने, तर संवाद समितीमा हाम्रो उपसभापतिले प्रक्रियाको कुरा गर्नु भयो, म त्यो सुने वितिकै आफनो हाथले  छुटै चिठी लेखेर संवाद समितीको सभापति बाबुराम भटराई लाई दिएको छू, मेरो हस्ताक्षर सहमतीको लागी हो, प्रक्रियाको लागी होईन, ७ प्रदेशका लागी होईन । 
 
काग्रेस एमालेले आज बसेको संवाद समितीमा ४३ जनाको सभासदको हस्ताक्षर ७ प्रदेशको पक्षमा बुझाएको छ । सिंहले सुरु देखि ७ प्रदेशको विरुद्धमा उभिदै आएका छन । सिंह सहित ३३ जना काग्रेसका मधेशी सभासदहरुले अहिले सम्म पार्टी सभापतिलाई त्यस विरुद्ध हस्ताक्षर बुझाई सकेका छन ।

सिंहले भने, हामी नेतृत्वलाई प्रष्ट रुपमा भनेका छौ कि मधेशका सम्पुर्ण भुमि मधेश प्रदेशमा हुनु पर्छ । ७ प्रदेशको खाकाले मधेशको धेरै भाग पहाडमा जोडिएको छ, त्यो हामीलाई मान्य छैन ।

आज मात्रै सिंहकै अगुवाईमा काग्रेसका मधेशी सभासदहरुको छुटै भेला भएको थियो । सिंहले भने, हामी निरन्तर यस्ता भेला गरिरहेका छौ, हामी आफनो हस्ताक्षर अभियान पनि निरन्तर चलाईरहेका छौ र पार्टी प्रक्रियामा अघि वढे, हामी सिधै संविद्यानसभामा पनि आफना हस्ताक्षरहरु बुझाउने तयारीमा अहिले देखि नै गृहकार्य गरिरहेका छौ । सिंहको अनुसार काग्रेसका मधेशी सभासदहरुको यो अभियानमा थारु सभासदहरु पनि साथ दिने भएका छन ।


No comments:

Post a Comment