Monday, November 17, 2014

७ प्रदेशको विरुद्धमा पदम रत्न तुलाधर संगै मधेशी वुद्धजिवीहरु आन्दोलन गर्ने


नेपाली  काग्रेस र नेकपा एमालेले अघि सारेको ७ प्रदेशको खाका विरुद्ध जनजाती अगुवा पदम रत्न तुलाधर संगै मधेशी वुद्धजिवीहरु पनि आन्द्योलनमा होमिने निष्कर्ष निकालेका छन । सोमवार काठमाडौमा तुलाधर र मधेशका बुद्धजिवीहरु विच भएको छलफलले यस्तो निष्कर्ष निकालेको छलफलमा सहभागी अधिवक्ता सुरेन्द्र महतोले बताए ।
महतोले भने, हामी अब आन्दोलनको विकल्प देख्दैनौ, काग्रेस, एमालेले मधेशलाई पुरै मरुभुमि बनाउने खालको प्रस्ताव ल्याएको छ, वार्ता ट्ेवलमा टसमस भइरहेको छैन, यस्तो अवस्थामा आन्दोलनको् विकल्प नरहेको हाम्रो निष्कर्ष हो । जनजाती अगुवा तुलाधरले यस अघि नै आन्दोलनको घोषणा गरिसकेको छ ।
काठमाडौमा आज भएको छलफलमा जनजाती अगुवा तुलाधर संग मधेशका बुद्धजिवीहरु सुरेन्द्र महतो, जय निशान्त, सुनिल रन्जन सिंह लगायतका एक दर्जन जती सहभागी थिए ।

काग्रेस, एमालेले अघि सारेको ७ प्रदेशको विरुद्धमा काग्रेस भित्रैकै मधेशी सभासदहरुले समेत आपति जनाएका छन । मधेशी सभासदहरुले त्यस विरुद्धमा हस्ताक्षर संकलन गरेर समेत सभापति तथा प्रधानमन्त्री सुशिल कोईरालालाई बुझाई सकेका छन ।

आज मात्रै काग्रेसका मधेशी सभासदहरुले काग्रेस र एमालेमा समेत रहेका मधेशी तथा जनजाती, थारु लगायतका सभासदहरुको हस्ताक्षर संकलन गर्ने सहमती गर्दै थारु समुदायका सभासदहरु संग समेत हस्ताक्षर संकलन वारे छलफल गरेका थिए ।
यता काग्रेस एमालेले चाही संवाद समितीमा ७ प्रदेशको खाकाको पक्षमा दुई तिहाई हस्ताक्षर आज बुझाएका छन । संवाद समितीमा काग्रेसको तर्फवाट १७ जनामा तीन जना मधेशी सभासदहरु छन । मन्त्री विमलेन्द्र निधी, चित्र लेखा यादव र अमरेश सिंह त्याहा मधेश वाट प्रतिनिधित्व गर्छ । अमरेश सिंह उक्त हस्ताक्षरको विपक्षमा उभिए पनि निधी र यादवले हस्ताक्षर गरेका छन । 

No comments:

Post a Comment