Friday, November 28, 2014

मधेशमा नयां शक्तिको खोजी


 
दोस्रो संविद्यानसभाले हालै आफनो एक बर्ष पुरा गरेको छ । पहिलो संविद्यानसभा वाट काठमाडौको सत्तामा पहुच बनाएको मधेशी राजनितीले दोस्रो संविद्यानसभामा लज्जाजनक हार व्योहोरनु पर्यो । यद्यपी सबै मधेशी पार्टीहरुको मत प्रतिशत पहिलो संविद्यानसभा भन्दा अली वढी नै देखिन्छ दोस्रो संविद्यानसभामा ।  यसले मधेशी मनोविज्ञान कमजोर नभएको वरु थप वढदै गईरहेको प्रष्ट हुन्छ । तर पनि मधेशी पार्टीहरुको कन्त विजोगका कारण मधेशको मुद्धामा अहिले पुर्ण रुपमा ओझेलमा परेको देखिन्छ । किनकी प्रमुख भनाउने पार्टीहरु त्यसलाई अत्मसाथ गरेको देखिदैनन ।
 
दोस्रो संविद्यानसभामा मधेशी पार्टीहरुले हार व्योहोरे संगै मधेशमा एक किसिमको निराशको वातावरण देखियो । पछि मधेशी पार्टीहरुले समानुपातिक सभासदको छनौटमा गरेको व्यापार प्रर्दशनले मधेशी नेतृत्वप्रति तीव्र आक्रोश पैदा गर्यो र विगतको ५ बर्षमा सरकारमा रहेर गरेको घृणित खेलले सम्पुर्ण मधेशी नेतृत्वहरुको राजनितीक हैसियत माथी मधेशका दुरदराजका गाउलेहरुले प्रश्न गर्न थाले । यी र यस्तै सन्दर्भमा मधेशको राजनितीक मनोविज्ञानमा सुरु भयो् अब मधेशमा नयां शक्तिको विकल्प छैन भनेर ।

Monday, November 24, 2014

स्तब्ध जनकपुर




विहिवार जनकपुरको सबै भन्दा ठुलो मेला विवाह पन्चमी भए पनि जनकपुरमा खासै त्यसको रौनक देखिएको छैन । विवाहपन्चमी को अवसरमा हरेक पांच बर्षमा भारतको अयोध्यावाट आउने विशेष जयन्ती पनि आज अपरान्ह जनकपुर आईपुगेका छन । यो भन्दा पहिला पहिला जयन्ती आउदा दिन देखि नै जनकपुरको त्यसको भव्य स्वागत देखि नाचगान हुन्थ्यो । तर आज त्यस्तो केहि देखिदैनन उद्योग वाणिज्य संघ धनषाका सभापति तथा मोदीको जनकपुर स्वागत समितीका सदस्य शिवशंकर साह भन्छन, जनकपुर अहिले स्तब्ध छ, एक प्रकारको शोकमा छ । यद्यपी हामी विवाहपन्चमीको तयारीमा छौ । साहका अनुसार मोदीको जनकपुर भ्रमण अन्तिम समयमा स्थगीत भएपछि त्यसको प्रभाव विवाहपन्चमीमा पर्ने लगभग निश्चित छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ताले आईतवार विहानै टिविटर मार्फत मोदी सार्कको क्रममा नेपाल जादा जनकपुर, लुम्बिनी र मुस्ताड गर्ने भनिएको भ्रमण नहुने बताएका थिए ।
 
गएको साउनमा भारतीय प्रधानमन्त्री मोदी काठमाडौ आउदा संविद्यानसभामा सम्बोधन गर्ने क्रममा स्वयंम आफैले जनकपुर आउने घोषणा गरेपछि जनकपुर उत्साहित भएका थिए । मोदीले सार्कको क्रममा आफु जनकपुर र लुम्बिनी आउने बताएका थिए । सार्क सम्मेलन आउदो बुधवार र विहिवार काठमाडौमा हुदै छ । त्यसलाई लक्षित गरेर जनकपुरमा मोदीको स्वागतको तयारी दशैकै सेरोफेरो देखि सुरु गरिएको थियो । काठमाडौवाट भारतीय दुतावासका अधिकारीहरु समेत आएर मोदीको जनकपुर भ्रमणवारे छलफल गरेपछि जनकपुरका अधिकारीहरु थप हौसिएका थिए ।

Friday, November 21, 2014

मोदीको जनकपुर भ्रमण रद्ध नभएको सरकारको भनाई


 
मंसीरमा ९ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी गर्ने भनिएको जनकपुर भ्रमण रद्ध नभएको सरकारका मन्त्री तथा अन्य अधिकारीहरुले बताएका छन । विहिवार सरकारका एक जना मन्त्री विमलेन्द्र निधिले एक प्रेस विज्ञप्ति निकाल्दै मोदीको जनकपुर भ्रमण रद्ध भएको जनाएको थियो । निधिलाई सरकारले जनकपुरमा मोदीको स्वागत गर्न जिम्मा समेत दिएका छन ।
 
तर आज पत्रकार सम्मेलन गरेर परराष्टमन्त्री महेन्द्र पाण्डेले मोदीको जनकपुर भ्रमण रद्ध भएको जानकारी आफुलाई नभएको बताए । मन्त्रालयले सार्क सम्मेलनको तयारीका लागी आयोजना गरेको पत्रकार सम्मेलनमा पाण्डेले भने, भारतीय प्रधानमन्त्री मोदीको भ्रमणवारेमा मन्त्री निधिीले निकाले प्रेस विज्ञप्तिवारे समेत आफु र सरकारलाई कुनै अधिकारीक जानकारी नरहेको जनाए । यस अघि आज विहान मात्रै गृहसचिव सुर्य सिलवाले जनकपुरमा पत्रकार सम्मेलन गरेर मोदीको जनकपुर भ्रमण स्थगीत भएको वारे आफुहरुलाई पनि कुनै जानकारी नभएको बताएका थिए । सिलवालले मोदीको सार्वजनिक अभिनन्दका लागी आज देखि आफ हरु बाह्विद्यामा तयारी थालेको समेत जनाएको थियो ।

Thursday, November 20, 2014

भारतीय प्रधानमन्त्री मोदीको जनकपुर भ्रमण रद्ध


 
सार्कमा भाग लिन आउदा जनकपुर भएर आउने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको कार्यक्रम रद्ध भएको नेपाल सरकारका मन्त्री विमलेन्द्र निधिले बताएका छन । निधिले एक प्रेस विज्ञप्ति जारी गर्दै आफुलाई भारतीय राजदुतावासले मोदीको जनकपुर भ्रमण रद्ध भएको जानकारी गराएको जनाएको छ । मोदी ९ मंसीरमा जनकपुर हुदै काठमाडौ आउने कार्यक्रम थियो ।
 
निधिले जारी गरेको प्रेस विज्ञिप्तिमा वुधवार मात्रै एमाओवादी तथा मधेशी पार्टीहरुले मोदीले बाह्विद्यामा सम्बोधन गर्न पाउनु पर्ने मागका लागी गरेको प्रर्दशनलाई आलोचना गरिएको छ । निधिले भनेको छ, एकिकृत माओवादीको नेतृत्वमा केही मधेशी पार्टीहरु जिल्ला प्रशासन कार्यलयमा उग्र नारावाजी गरेर समानान्नतर मंच बनाउने र सुरक्षा घेरा नमान्ने चेतावनी दिएको तथा कुटनितिक मर्यादा विपरित विरगंज स्थित भारतीय महावाणिज्य दुतावासमामा ज्ञापन पत्र दिएर गैर जिम्मेवार काम गरेको प्रति म घोर आपति जनाउन चाहन्छू ।
 
पछिल्लो समयमा जनकपुरमा मोदीको सम्बोधनलाई लिएर विवाद चल्दै आएको थियो । सरकारले तयारीको जिम्माको लगाएका मन्त्री निधीले जानकी मन्दिरमै सम्बोधन गराउन तयारी गरेपछि जनकपुरमा काग्रेस वाहेकका अन्य दलहरु त्यसको विरुद्धमा उत्रिएको थियो । एमाओवादी सहित मधेशी पार्टीहरुले वाह्विद्यामा मोदीको सम्बोधन हुनु पर्ने माग गर्दै आन्दोलन नै गर्दै आएका थिए ।

सार्कलाई लक्षित गरेर सिके राउत निस्कदै


 
मंसीर १० र ११ मा हुन गईरहेको सार्क सम्मेलन लाई मध्य नजर गर्दै सिके राउत डिल्लीवजार करागारवाट धरौटि बुझाएर निस्के तयारीमा जुटेको उनका सहयोगीहरुले बताएका छन । उनका सहयोगी तथा सिके राउत संघर्ष समितीका अगुवा दिपक कुमार साहका अनुसार राउतलाई ८ मंसीरमा निकाल्ने तयारी भईरहेको छ । साहले भने, आज देखि हामीले धरौटि बुझाउने प्रक्रिया सुरु गरेका छौ, ८ गते उहालाई डिल्लीवजार कारागारवाट वाहिर निकाल्ने तयारीमा हामी छौ ।
 
विशेष अदालतले राउतलाई ५० हजार धरौटिमा रिहा गर्न आदेश दिएको छ । राउतले धरौटि तिर्न नमाने पछि उनलाई डिल्लीवजार स्थित कारागार चलान गरिएको थियो । प्रहरीले राउतमाथी राज्य विपल्लवको मुद्धा लगाउदै आजीवन कारावासको माग गरेको थियो ।

Wednesday, November 19, 2014

मोदीको जनकपुर भ्रमण - सम्बन्धको नयां आयाम




मंसीर ९ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर आउने भएपछि त्यसको विभिन्न दृष्टिकोण विश्लेषणहरु गरिरहेको पाईन्छ । भारतको पहिलो प्रधानमन्त्री आउने भएपछि जनकपुरमा पनि त्यसको तयारी जोडतोडका साथ भईरहेको देखिन्छ ।
 
जनकपुर स्थित वरिष्ठ साहित्यकार राजेन्द्र विमल मोदीको जनकपुर भ्रमणलाई नेपाल भारतको सम्बन्धकै नयां आयामको संज्ञा दिए । विमल भन्छन, यसलाई समान्य रुपमा विश्लेषण गर्नु हुदैन । विमलका अनुसार नेपालमा दुई ओटा सभ्यता सबै भन्दा मजवुत छन, एउटा जनकपुरको सभ्यता अर्को लुम्बिनीको सभ्यता, यी दुवै ठाउमा भारतीय प्रधानमन्त्री मोदी आफैले इच्छाएर आउनुलाई सम्बन्धको एउटा नया युगको सुरुवातको रुपमा लिनु पर्छ । मैथिल साहित्यको मुर्धन्य जानकार समेत रहेका विमल नेपाल भारतको समाजिक तथा सांस्कृतिक सम्बन्धको प्रमुख आधार मिथिला अवद्यको सम्बन्ध भएको बताए । समयले यी दुवै भुभागलाई सिमाले दुई देशमा विभाजन गरे पनि समाजिक परम्परा र संस्कृतिक वैभवता अझै पनि समान छ , विमल भन्छन, याहा निर एउटा विश्वकै शक्तिशाली तथा सबै भन्दा ठुलो प्रजातान्त्रिक देशका प्रधानमन्त्री आउनुलाई चानचुने ठान्नु हुदैन ।

Tuesday, November 18, 2014

७ प्रदेशको विरुद्ध ४२ थारु सभासदहरुको हस्ताक्षर


नेपाली काग्रेस र नेकपा एमालेले अघि सारेको ७ प्रदेशको खाकाको विरुद्धमा सबै पार्टीहरुमा आवद्ध ४२ जना थारु समुदायका सभासदहरु पनि हस्ताक्षर संकलन गर्न सुरु गरेका छन । संविद्यान सभामा सबै पार्टीहरु वाट थारु समुदायका ४२ जना प्रतिनिधित्व गर्छन ।

७ प्रदेशको खाकामा तराई मधेशको भुमिलाई पहाडमा जोडेर फेरी थारु समुदायलाई अधिकार विहिन बनाउन खोजेको भन्दै ती सभासदहरुले हस्ताक्षर संकलन गरेर संविद्यानसभाको सभामुखलाई बुझाउने बताएका छन ।

काग्रेसको सभासद तेजूलाल चौधरीले भने, हामीले हस्ताक्षर संकलन गरिरहेका छौ, भोली सम्मका हाम्रो हस्ताक्षर संकलन भए पछि हामी सभामुखलाई बुझाउने तयारीमा छौ । यसै गरी केही दिन पहिला कांग्रसका मधेशी सभासदहरु पनि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष सुशिल कोईरालालाई ७ प्रदेशको विपक्षमा हस्ताक्षर बुझाएका थिए । थारु समुदायको सभासदहरुको हस्ताक्षर अभियानमा काग्रेस एमाले लगायत सबै पार्टीहरुको थारु समुदायको सहभागीता रहेको चौधरीले बताए ।

Monday, November 17, 2014

अमरेश सिंह भन्छन- ७ प्रदेशका लागी मैलै हस्ताक्षर गरेकै होइन, सहमतीका लागी मात्रै गरेको छू


 
नेपाली काग्रेसका सभासद अमरेश कुमार सिंहले आज संवाद समितीमा पार्टीले बुझाएको हस्ताक्षरमा आफुले सहमतीको लागी मात्रै हस्ताक्षर गरेको बताए । सिंहले दलान संग कुरा गर्दै भने, पार्टी नेतृत्वले सबैको सहमतीमै संघियता आउने बताए पछि मात्रै आफुले हस्ताक्षर गरेको जनाए । उनले भने, तर संवाद समितीमा हाम्रो उपसभापतिले प्रक्रियाको कुरा गर्नु भयो, म त्यो सुने वितिकै आफनो हाथले  छुटै चिठी लेखेर संवाद समितीको सभापति बाबुराम भटराई लाई दिएको छू, मेरो हस्ताक्षर सहमतीको लागी हो, प्रक्रियाको लागी होईन, ७ प्रदेशका लागी होईन । 
 
काग्रेस एमालेले आज बसेको संवाद समितीमा ४३ जनाको सभासदको हस्ताक्षर ७ प्रदेशको पक्षमा बुझाएको छ । सिंहले सुरु देखि ७ प्रदेशको विरुद्धमा उभिदै आएका छन । सिंह सहित ३३ जना काग्रेसका मधेशी सभासदहरुले अहिले सम्म पार्टी सभापतिलाई त्यस विरुद्ध हस्ताक्षर बुझाई सकेका छन ।

७ प्रदेशको विरुद्धमा पदम रत्न तुलाधर संगै मधेशी वुद्धजिवीहरु आन्दोलन गर्ने


नेपाली  काग्रेस र नेकपा एमालेले अघि सारेको ७ प्रदेशको खाका विरुद्ध जनजाती अगुवा पदम रत्न तुलाधर संगै मधेशी वुद्धजिवीहरु पनि आन्द्योलनमा होमिने निष्कर्ष निकालेका छन । सोमवार काठमाडौमा तुलाधर र मधेशका बुद्धजिवीहरु विच भएको छलफलले यस्तो निष्कर्ष निकालेको छलफलमा सहभागी अधिवक्ता सुरेन्द्र महतोले बताए ।
महतोले भने, हामी अब आन्दोलनको विकल्प देख्दैनौ, काग्रेस, एमालेले मधेशलाई पुरै मरुभुमि बनाउने खालको प्रस्ताव ल्याएको छ, वार्ता ट्ेवलमा टसमस भइरहेको छैन, यस्तो अवस्थामा आन्दोलनको् विकल्प नरहेको हाम्रो निष्कर्ष हो । जनजाती अगुवा तुलाधरले यस अघि नै आन्दोलनको घोषणा गरिसकेको छ ।
काठमाडौमा आज भएको छलफलमा जनजाती अगुवा तुलाधर संग मधेशका बुद्धजिवीहरु सुरेन्द्र महतो, जय निशान्त, सुनिल रन्जन सिंह लगायतका एक दर्जन जती सहभागी थिए ।

Sunday, November 16, 2014

मोदीको जनकपुर भ्रमणवाट मधेशको के के अपेक्षा ?


 


संतोष मेहता - प्रवक्ता, सदभावना पार्टी 


 
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विश्व मन्चमा शक्तिशाली रुपमा प्रस्तुत भएको नेता हुनुहुन्छ । मुख्यगरी मोदी विश्व मन्चमा पुर्वीय सभ्यताकै नेतृत्व गरेर अगाडी वढदै हुनुहुन्छ । यस परिपेक्ष्यमा भारतको असल छिमेकिको हैसियतमा हामी उहा प्रति गर्व नै गर्नु पर्छ ।  जहा सम्म सार्क सम्मेलनको क्रममा उहा मधेशको केन्द्र मानिने जनकपुर आउदा स्वभाविक रुपमा मधेशीहरु उत्साहित हुन्छ । साथै उहावाट अपेक्षा पनि राख्नु अस्वभाविक होईन । नेपालको राजनितीमा प्रभाव राख्ने एउटा छिमेकिका प्रधानमन्त्री जो विश्वमै आफनो नेतृत्वको झण्डा फहराउन चाहिरहेका छन, उहा जस्ता व्यक्तित्ववाट स्वभाविक रुपममा हामी मधेशीहरु मुख्य गरी दुई ओटा कुरामा वढी अपेक्षा राख्छौ । एउटा नेपालका शासकहरु वाट हामी पिडतहरु आफनो अधिकारका लागी मधेश राजनिती गरिरहेका छौ, त्यसप्रति उहाको उच्च सदभाव र दोस्रो मधेशको सम्रग विकासमा भारतको अग्रसरता ।

 

जय निशान्त - बुद्धजिवी - कार्यकारी अध्यक्ष, नेपाल डेमेक्रेटिक फाउन्डेसन -



 
नरेन्द्र मोदी सार्कमा सहभागी हुने बेलामा जनकपुर र लुम्बिनी जाने इच्छा आफैले व्यक्त गर्नु भएको थियो । भारतीय प्रधानमन्त्री मोदी विश्व मंचमै आफनो जर्वदस्त प्रभाव प्रमाणित गर्न अगाडी वढीसकेका  नेताको रुपमा देखिन्छ । जो हालैका दिनमा अमेरिका पुग्दा पनि भारतीयहरु मझ सार्वजनिक सम्बोधन गरेका छन ।  नेपालमा हाल उनको जनकपुर सम्बोधनलाई लिएर खासगरी वामवन्थीहरुमा देखिएको संकिर्णता खेदजनक छ । उनका् सम्बोधनलाई अनावश्यक विवादमा तान्नुले ती कथित वामपन्थीहरुको सोचस्तर पनि दर्शौउछ । र एउटा कुरा के बुझनु आवश्यक छ भने, विश्व मन्चमै शक्तिशाली बन्ने नेता जनकपुरमा आएर मधेशलाई भडकाउने होईन वरु नेपालको राष्टियता थप मिलाउने काम गर्छ । मोदीको सरकार आए संगै नेपालको सम्बन्धमा एउटा गतिशिलता देखिएको छ, जसवाट सम्रग नेपालले फाईदा लिन सक्नु पर्ने हुन्छ । यस्तो अवस्थामा मधेशले पनि आफनो अपेक्षाहरु राख्छन ।

Saturday, November 15, 2014

मोदी भ्रमण - जनकपुरमा सुरक्षा चुनौती नभएको स्थानिय अधिकारीको भनाई


 
सार्क सम्मेलनमा भाग लिन आउदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मंसीर ९ मा जनकपुर हुदै काठमाडौ आउने भए पछि त्यसको सुरक्षा लगायतको वारेमा विभिन्न टिकाटिप्पणीहरु भईरहेको देखिन्छ । तर जनकपुरका स्थानिय सुरक्षा अधिकारीहरुले मोदीको जनकपुर भ्रमणको लागी सुरक्षा चुनौती नभएको बताए । धनुषाका प्रहरी प्रमुख गणेश बहादुर थापाले भने, सुरक्षा अवस्थामा पुर्ण रुपमा दुरुस्त छ, वाहिर कसले ले भन्यो त्यो मलाई थाहा भएन तर याहा सबै कुरा ठिक छ । थापाले आफुहरु अहिले सम्म मोदीको भ्रमणको अधिकारिक कार्यतालिका नपाएको बताए । उनले भने, हामी औपचारिक कार्यतालिकाको पर्खाइमा छौ, त्यस अनुसार हामी गर्नु पर्ने थप कामहरु गर्छौ ।

मोदीको जनकपुर भ्रमणको तयारीकै सिलसिलामा भारतीय राजदुत रन्जित रे आफु दुई साता अघि जनकपुर पुगेर सरोकार वालाहरु संग वृहत छलफल गरेका थिए । त्यसयता दुतावासका अधिकारीहरु  लागातार जनकपुरमा मोदीको भ्रमण तयारीमा जुटेका छन । भारतीय सुरक्षा एजेन्सीहरु समेत जनकपुरका स्थानिय सुरक्षा अधिकारीहरु संग मिलेर तयारीमा जुटीरहेको छ ।
 
यद्यपी मोदीले जनकपुर घोषणा गर्ने विकास परियोजनाहरुको अहिले सम्म अन्तिम टुगों लागी सकेको छैन । भारतीय दुतावासका प्रवक्ता अभय कुमारले भने, हामी त्यसको अन्तिम तयारीमा लागीरहेका छौ, यो हप्ताको अन्त सम्ममा हामी टुगों लगाउदै छौ । उनका अनुसार मोदी जनकपुर आउने रुट देखि जनकपुरमा गरिने नागरिक सम्बोधन देखि जनकपुर केन्द्रित गरिने विकास परियोजनाको वारेमा दुतावास अन्तिम चरणको कामहरु गर्दै छन ।

Thursday, November 13, 2014

नयां संविद्यान नबने सम्म मधेशी पार्टी सरकारमा नजाने


 
मधेशी पार्टीहरुका अध्यक्षहरुको संयुक्त बैठकले नयां संविद्यान जारी नहुन्जेल सम्म सरकारमा कुनै पनि हालतमा सहभागी नहुने निर्णय गरेको छ । सिंहदरवार स्थित मधेशी जनअधिकार फोरम लोकतान्त्रिकको संसदीय दलको कार्यलयमा आज भएको बैठकले यस्तो निर्णय गरेको सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले बताए । साथै बैठकले सबै मधेशी पार्टीहरु समाहित गर्दै संयुक्त लोकतान्त्रिक मधेशी मोर्चालाई पुर्नगठन पनि गरिने सहमती मधेशी पार्टीहरु विच भएको छ ।
 
आजको बैठकमा फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदार, तमलोपा अध्यक्ष महन्थ ठाकुर, फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो, राष्टिय मधेश समाजवादी पार्टीका अध्यक्ष शरदसिंह भण्डारी लगायतका नेताहरुको उपस्थिती थियो । सदभावना पार्टीका अध्यक्ष महतोले भने, यो मधेशी पार्टीहरुको मोर्चाले एमाओवादी सम्मलीत संघीय मोर्चालाई थप मजबुत बनाउने उदेश्यका साथ काम गर्ने छौं । महतोका अनुसार मधेशको मुद्धाहरु विना संघर्ष उपलब्धी नहुने भएकाले सडक र सदनमा संघर्षका लागी यो मोर्चा पुर्नगठन गरिएको छ । उनले भने, यसमा अनिल झा देखि राज किशोर यादव लगायत सबै मधेशी पार्टीहरु सहभागी हुने अनौपचारिक सहमती भईसकेको छ ।

Wednesday, November 12, 2014

मधेशको मुद्धा सम्बोधन नहुन्जेल सरकारमा जान्नौ - तमलोपा


 
केही दिन यता संचारमाध्यमहरुमा तमलोपा सरकारमा सहभागी हुदै भन्ने आईरहेको समाचार प्रति तराई मधेश लोकतान्त्रिक पार्टीले आपति जनाएको छ । तमलोपाले आज विज्ञप्ति जारी गर्दै भनेको छ, नयां संविद्यान मार्फत मधेशको मुद्धा सम्बोधन नहुन्जेल हामी सरकारमा नजाने कुरा प्रष्ट पार्न चाहन्छौ ।
 
तमलोपाले विज्ञप्ति मार्फत संचार माध्यममा आएको समाचारलाई मधेशलाई वदनाम गराउने उदेश्यका साथ सुनियोजित प्रोपगाण्डा भनेको छ । पछिल्लो केही दिन यता संचार माध्यमहरुले तमलोपा लगायतका केही मधेशी पार्टी वर्तमान सरकारमा हुन हुन लागेको आशय सहितको समाचारलाई प्राथमिकतामा राखेर प्रकाशन गदैृ आएका थिए ।

Tuesday, November 11, 2014

झापा, मोरड, सुनसरीका लागी मधेशी नेताहरुको स्थानिय संघर्ष समिती बन्दै


 
नेपाली काग्रेस र एमालेले ल्याएको सात प्रदेशको खाकामा झापा, मोरड, सुनसरीलाई पहाडमा गाभेको भन्दै त्यहा वाट प्रतिनिधित्व गर्ने मधेशी नेताहरु त्यसको विरुद्धमा आन्दोलन गर्न संघर्ष समिती बनाउन लागेका छन । अर्को साता विराटनगरमा भेलाको आयोजना गरेर त्यस्तो संघर्ष समितीको घोषणा हुने नेताहरु बताए ।
 
यस्तो अभियान चलाउनेमा झापा, मोरड, सुनसरीवाट प्रतिनिधित्व गर्ने मधेशी पार्टीका केन्द्रिय देखि स्थानिय नेताहरु छन । यो अभियानका अगुवाई गरीरहेको सदभावना पार्टीका केन्द्रिय प्रवक्ता संतोष मेहताका अनुसार विराटनगर भेला गरेर काग्रेस एमाले विरुद्ध स्थानिय स्तरमा संघर्ष गर्ने उदेश्यका साथ संघर्ष समितीको घोषणा हुने छ । यो अभियानमा सदभावनाका मेहता संगै विराटनगरका फोरम नेपालका अगुवा नेता जयराम यादव, फोरम लोकतान्त्रिकका भीम राजवंशी, झापाका संतोष गणेश लगायतका छन ।

Sunday, November 9, 2014

काग्रेसकै मधेशी सभासदहरुले भने - सात प्रदेशको खाका अमान्य


 
नेपाली काग्रेसका तर्फवाट तराई मधेशवाट प्रतिनिधित्व गर्ने सभासदहरुले पार्टीले अघि सारेको सात प्रदेशको विरोध गर्दै पार्टी सभापति तथा प्रधानमन्त्री सुशिल कोईरालालाई आज विहान हस्ताक्षर बुझाएको छ । काग्रेसका मधेशी सभासदहरुले उत्तर दक्षिणको खाकाको समेत विरोध गर्दै भनेका छन, चुरे भन्दा तल दक्षिण सिमा सम्मको तीन प्रदेशमा पार्टी जानु पनु पर्छ ।  काग्रेसका मधेशी सभासदहरुले भनेका छन, पुर्वी, मध्य र पश्चिम गरी तीन मधेश प्रदेश बनाउनु पर्छ ।
 
आज बिहान काग्रेसका २२ जना मधेशी सभासदको हस्ताक्षर बुझाइएको काग्रेसका सभासद तेजूलाल चौधरीले बताए । अरु सभासदहरु जिल्ला तिर छ, हस्ताक्षर संकलन जारी रहेको र बाकी हस्ताक्षर भोली बेलुकी सम्म हामीले बुझाउने तयारी गरिरहेको चौधरीले बताए । चौधरी सप्तरीवाट प्रतिनिधित्व गर्ने काग्रेसका सभासद हुन । र्फमुला मन्सुरको नेतृत्वमा हिजो देखि थालिएको यो अभियानले पार्टीले अघि सारेको सात प्रदेशको अवधारण पार्टीको राष्टिय अधिवेशनको निर्णय विपरित समेत रहेको जिकिर गरेका छन ।

Saturday, November 8, 2014

जेपी गुप्ता भन्छन - मधेशको सवालमा अब भारत संग ठोस रुपमा कुरा गर्नु पर्छ


जेपी गुप्ता नेतृत्वको तराई मधेश राष्टिय अभियानले भनेको छ, अब मधेशका राजनितीक शक्तिहरु आफनो अधिकारको सवालमा अडिग रहेर भारत सरकार संग कुरा गर्नु पर्दछ ।  रौतहटको गरुडामा हिजो देखि सुरु भएको दोस्रो राष्टिय परिषदको बैठकले जारी गरेको अभियानको गरुडा घोषणा पत्रमा भनिएको छ, नेपाली सता जहिले पनि मधेशको यथोचित मागहरुलाई दबाउन भारतसंग लेनदेनको बिषय बनाएर मधेशलाई बदनाम पार्न खोज्छ । भारत पनि आफनो स्वार्थका लागी अन्देखा जस्तो गरेर अघि वढछ र मधेशको आन्दोलनलाई हतोतसाहित गर्ने गर्छन, अभियानको घोषणा पत्रमा भनिएको छ ।

अभियानको ६ पेज लामो घोषणा पत्रको तेस्रो पजको क्षेत्रिय भु राजनितीक स्वार्थमा नेपाल शिर्षकमा भनिएको छ, नेपालमा चिन र भारतको सक्रियता तीव्र हुदै गईरहेको बेला मधेशीहरु सचेत भएर अघि वढनु पर्छ ।

Friday, November 7, 2014

काग्रेस एमाले विरुद्ध आन्दोलन गर्ने छौ - जेपी गुप्ता


 
तराई मधेश राष्टिय अभियानका संयोजक जेपी गुप्ताले काग्रेस एमालेले ल्याएको संघियता समबन्धी सात प्रदेशको अवधारण कुनै पनि हालतमा मान्य नहुने बताएका छन । आज रौतहटको गरुडामा अभियानको दोस्रो राष्टिय परिषदको बैठक सत्रलाई सम्बोधन गर्दै गुप्ताले काग्रेस एमालेको अवधारणा कुनै पनि हालतमा लागु हुन नदिने चेतावनी दिए ।
 
गुप्ताले संघियताको विरुद्धमा काग्रेस एमाले सहितका प्रमुख दलहरु चलखेल गरिरहेको बताउदै विना आन्दोलनले संघियता नआउने बताए । उनले भने, हामी आन्दोलनमै छौ, मधेश आन्दोलनको माग बमोजिम संघियता नआए सम्म, हाम्रो आन्दोलन जारी रहने छ ।

Thursday, November 6, 2014

तमलोपा भित्र तीव्र असन्तुष्टि


 
तराई मधेश लोकतान्त्रिक पार्टी भित्र नेतृत्व प्रति तीव्र असन्तुष्टि देखिएको छ । आज तमलोपाका सहमहामन्त्री जितेन्द्र सोनलले पार्टी अध्यक्ष महन्थ ठाकुरलाई १३ बुदे ध्यानाकर्षण पत्र बुझाउदै पार्टी भित्रको वेथिती मिलाउन चेतावनी दिएको छ ।
 
दोस्रो संविद्यानसभाको चुनावमा नराम्ररी पराजित भए संगै तमलोपा भित्र विवाद चुलिदै आएको छ । मुख्यगरी पार्टी नेतृत्वले समानुपातिकमा सभासद छान्दा पार्टी प्रति समर्पीत भन्दा पनि लेनदेनको आधारमा छनौट गरेको भन्दै अध्यक्ष ठाकुरको तीव्र आलोचना हुदै आएको छ । तमलोपाको समानुपातिक कोटामा अध्यक्ष ठाकुरले आफनो सम्धनी इन्द्रा झा लाई सभासद बनाए पछि उनको ईमान्द्यारिता माथी नै खुल्ला रुपमै तमलोपाकै नेताहरु प्रश्न उठाउन थालेका छन ।

Wednesday, November 5, 2014

एमाओवादीसँगको सहकार्यप्रति मधेसवादीभित्रै विवाद




एकीकृत नेकपा माओवादीसँगको सहकार्यलाई लिएर मधेसवादी दलहरूभित्रै गम्भीर विवाद सुुरु भएको पार्टीको संस्थागत निर्णयविनै संविधान बन्न नदिने एमाओवादी योजनामा फसेर सहकार्य गरिएको भन्दै सबै मधेसवादी दलभित्र विवाद देखिएको हो

एमाओवादीसँगको सहकार्यलाई लिएर मधेसवादी दलका केही नेताले नेतृत्वको चर्काे आलोचना गरेका छन् एमाओवादीको मुद्दामा मधेसी दलहरू फसेको मधेसको एजेन्डालाई बिर्सेको उनीहरूको आरोप मधेसवादी दलको नेतृत्व मधेसको मुद्दामा अडिन नसकी एमाओवादीको मुद्दामा पछि लागेको उनीहरूले बताएका छन्एमाओवादीसँग सहकार्य गरिरहेका मधेसी दलहरूको अडान के हो ? त्यो प्रस्ट हुन सकेको छैन

Tuesday, November 4, 2014

मोदीको स्वागतमा जनकपुर जुटदै



सार्क सम्मेलनको बेला हुने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमणको लागी जनकपुरमा तयारी सुरु भइसकेको छ । गएको साउन १८र१९ मा मोदी नेपाल आएको वेला उनी स्वयंमले सार्क सम्मेलनको वेला आफु आउदा जनकपुर र लुम्बिनी जाने घोषणा गरेका थिए ।
 
आउदो मंसीर १० र ११ मा हुन गईरहेको सार्क सम्मेलन हुदै छ । अहिले सम्म औपचारिक रुपमा अन्तिम रुप दिईनसकेको उनको भ्रमण कार्यतालिकाको वावजुद अधिकारीहरु त्यसको तयारीमा जुटी सकेको छ । जनकपुरमा मोदी मुख्य रुपमा जानकी मन्दिरमा पुजापाठ गर्ने छ भने जानकी मन्दिरवाटै जनकपुरवासीलाई सम्बोधन गर्ने कार्यक्रम छ । साथै उनी जनकपुर विभिन्न सरोकारवाला पक्षहरु संग सानो अन्र्तक्रिया पनि गर्ने कार्यक्रम रहेको जानकारहरु बताउछन ।
 
जानकी मन्दिरका सहायक महन्थ राम रोशन दासका अनुसार मोदीका लागी जानकी मन्दिरमा विशेष पुजाको व्यवस्थामा मन्दिर लागी सकेको छ । दासका अनुसार मोदीले जानकी मन्दिरमा विशेष धुप द्धिप पुजा र विशेष आरती गर्ने छ । मोदी जानकी मन्दिरमा आउदा त्याहा व्राह्मणहरु वेद उच्चारणको गर्नुको साथै स्वस्तीक वाचन गर्ने व्यवस्था मिलाउन लागिएको दासले बताए । मोदी जानकी मन्दिरकै प्रारडणमा रहेको जनक मन्दिर र विवाह मण्डपमा पनि पुगेर पुजा गर्ने छ । जानकी मन्दिरको तर्फवाट मोदीलाई उपहार समेत दिने योजना छ ।
जनकपुरमा लाग्ने भव्य मेला विवाह पन्चमी पनि यस बर्ष ११ मंसीरमा रहेकाले मोदीको जनकपुर भ्रमणको क्रममा त्यहा दर्शनार्थीको ठुलो भिड हुने लगभग निश्चित छ । विवाह पन्चमी जनकपुरको सबै भन्दा ठुलो मेलामा गनिन्छ ।