Monday, October 13, 2014

कांग्रेसको ६ वा ७ प्रदेशको अवधारण प्रति तमलोपाको आपत्ति


नेपाली काग्रेसले हालै अघि सारेको संघीयताको अवधारण प्रति तराई मधेश लोकतान्त्रिक पार्टीले आपति जनाएको छ । तमलोपाले काग्रेस संघीयता विरुद्धको खेलमा लागेको भन्दै संघीयता नल्याउने उदेश्यका साथ पछिललो प्रस्ताव आएको बताएको छ । काग्रेसले मधेशमा तीन प्रदेशको अवधारणा अघि ल्याएको छ ।
गएको शनिवार बसेको नेपाली काग्रेसको संसदीय दल र केन्द्रिय कार्यसमितीको  बैठकले राज्य पुर्नसंरचना गर्दा ६ देखि ७ प्रदेशको अवधारणा अघि सार्ने प्रस्ताव गरेको थियो ।

दुई चोटी समयसिमा गुमाई सकेको संवाद समिती फेरी १ साताका लागी सहमती गर्न लागी म्याद थप गरिएको थियो । हिजो प्रमुख दलहरुको बैठकले संघीयता लगायतका विवादित मुद्धामा गम्भिर छलफल सुरु भएको जनाएको छ ।

केही दिन अघि मात्रै संवाद समितीका सभापति बाबुराम भटराईले प्रमुख दलका नेताहरु समकक्ष १० देखि ११ प्रदेशको अवधारणा प्रस्तुत गरेका थिए । जसमा मधेशलाई दुई प्रदेशमा विभाजना गरिएको थियो ।
काग्रेस संसदीय दलको बैठकमा प्रस्तुत गरिएको ६ प्रदेशमा तराई मधेश भित्र ३ ओटा प्रदेशको अवधारणा ल्याएका छन । मधेशी पार्टीहरुले आफुहरु एक मधेश एक प्रदेश वाट दुई प्रदेशमा झर्न सक्ने तर त्यो भन्दा वढी नमान्ने बताउदै आएका छन ।
काग्रेसले अघि सारेको ६ प्रदेशमा पुर्वी प्रदेश, पुर्वी तराई प्रदेश, राजधानी प्रदेश, पश्चिम तराई प्रदेश, पश्चिम प्रदेश र सुदुर पश्चिम प्रदेश छन । त्यसैगरी सात प्रदेशको अवधारणामा सगरमाथा प्रदेश, जनकपुर प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णली प्रदेश र खप्तड प्रदेश रहेका छन ।



1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete