Friday, October 10, 2014

मधेश राजनितीको वदलिदो परिवेश


सि के राउतको पछिल्लो प्रकरणले मधेश राजनितीको परिवेश बदलिएको कुरामा कुनै दुई मत छैन । अबको मधेश राजनितीको एउटा पाटो जुन सुकै रुपमा भए पनि सिके राउत हुने नै छ । राउत मधेश राजनितीमा आज सर्वाधिक शक्तिशाली पात्र भईसकेको हुन्थयो तर उनको स्वयंममा देखिएको केही अपरिपक्वक्ताका कारण उनले भविष्यमा पनि त्यो पाउलामा आज सन्देह नै छ । यद्यपी अहिले नै ठोस भविष्यवाणी गर्नु मुर्खता नै होला । सम्भवतह केही समय अझै चल्ने उनको मुद्धा मामिलाको अवस्थाले उनले राजनिती भविष्य निर्धारण गर्लान । तर एउटा कुरा त अब निश्चित के भयो भने, सि के राउत प्रकरण मधेश राजनितीको अन्य कयौन पाटालाई ठुलै धक्का दिएको छ ।

सताधारी मधेशी नेतृत्वमा देखिएको आत्मसर्मपण वादी चिन्तन र मधेशमा रहेको तीव्र उग्रवाद अहिले एक साथ प्रस्फुटन भईरहेको छ । यी दुवैले मधेशलाई अहित वाहेक अरु केही गर्न सक्दैन ।

पहिलो संविद्यानसभाको सुरुवातै देखि नै मधेशी नेतृत्वहरुमा पलाएको आत्मसमर्पणवादी चिन्तनले अन्तोगत्वा दोस्रो संविद्यानसभावाट यीनी विघटनको संघारमा पुग्यो । जसको मुख्य दोषी मधेशी पार्टीहरुका नेतृत्वहरु नै छन । सता जानु वेठिक होईन तर आन्दोलनरत समुदायका नेताहरु जहिले पनि सतालाई आफनो आन्द्योलनको हिस्साकै रुपमा प्रयोग गर्न जान्नु पर्ने हुन्छ । अन्यथा त्यो उनीहरुका लागी मृत्युको साधनको प्रमाणित हुन्छ ।

दोस्रो संविद्यानसभाको निर्वाचनवाट मधेशमा व्यक्त भएको आक्रोशलाई सही ढंगले व्यवस्थापन गरेको भए सम्भवतह सि के राउत आजको मितीमा सबै भन्दा शक्तिशाली मधेशी नेताको रुपमा आफुलाई प्रणणित गरिसकेको हुन्थ्यो । उनी संग त्यो अवसर अझै वाकी छ तर उनका लागी चुनौती पहिला भन्द्या धेरै नै वढी थपिएको छ । र यो चुनौती दिन प्रति दिन अझै वढदै जाने छ ।

दोस्रो कुरा दोस्रो संविद्यानसभा पश्चात मधेशी पार्टीहरुका युवा नेताहरुले थालेको नयां शक्तिको अभ्यासलाई समेत पछिल्लो प्रकरण पर धकेली दिएको छ । र यो अझै टाढिने छ । मधेशमा देखिएको अराजक प्रेस र अराजक मधेशी नागरिक समाजले यसलाई थप चुनौतीहरु भविष्यमा दिईरहने छ । सि के राउत प्रकरणमा आफुलाई मधेशवादी प्रेस र नागरिक समाज कहलिनेहरुमा देखिएको अराजकताले भविष्यमा मधेशको अन्य कयौन ठाउमा अनावश्यक समस्याहरु सिर्जना गरिरहने छ ।

मधेशको सतहमा आक्रोश दिन प्रति दिन वढदै छ । तर यसको अर्थ यो पनि छैन कि अर्कण्य क्रान्तिकारीता वाट मधेश राजनिती उभो लिने छ । यसका लागी खासगरी मधेश राजनितीका युवा जमातहरु फेरी एक चोटी गम्भिरताका साथ चिन्तन मनन गरेर अगाडी वढनु पर्ने छ ।

सि के राउत प्रकरणलाई शक्तिको रुपमा प्रयोग गर्दै उग्रवाद र आत्मसमपर्ण दुवै त्याग गर्दै एउटा ठोस वाटो पहल्याउनु समय मै आवश्यक देखिएको छ ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete