Thursday, October 9, 2014

सि के राउतको वयान सुरु



 राज्य विपल्वको मुद्धा दायर भए पछि विशेष अदालतले आज देखि सि के राउतको वयान लिन शुरु गरेको छ । हिजो मात्रै प्रहरीको तर्फ वाट सरकारी वकिलले विशेष अदालतमा राउत माथी राज्य विपल्लवको मुद्धा दायर गरेका थिए ।
 
ऋाजको वयानमा राउत संग समान्य परिचय मात्र सोधिएको र मुल विषय वस्तूमा भोली देखि वयान हुने राउतलाई कानुनी सहयोग गरिरहेको तराई मानव अधिकार सन्जालका अधिवक्ता रक्षाराम हरिजनले बताए । ह्रिजनका अनुसार राउतको वयान केही दिन लम्बिने छ । वयान सकिए पछि मात्रै उनी विरुद्धको मुद्धा माथी बहस सुरु हुने छ ।
 
मधेश लाई नेपालवाट टुक्राउने अभियान चलाएको भन्दै मोरड प्रहरीले राउतलाई २८ भदौमा मोरडको रंगेलीवाट प्रकाउ गरेको थियो । राउतले लेखेको किताबहरु तथा उनले आफनो अभियानको क्रममा छपाएको पर्चा पम्पलेटहरु राज्य विरुद्ध डकुमेन्टहरु भएको प्रहरीले दाबी गरेको छ । प्रहरीको तर्फवाट उनी विरुद्ध दायर गरेको राज्य विपल्लवको मुद्धा अन्र्तगत राउतलाई हदै सम्मको कारवाही भन्दै आजीवन कारावासको माग गरिएको छ ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete