Tuesday, October 14, 2014

यसरी भएको थियो बारामा गोली काण्ड

 घटनाको वारेमा जानकारी गराउदै आन्दोन समितीका सह संयोजक शणि गुप्ता हरियो सर्टमा उभिएर बोल्दै


बारा जिल्लाको सिम्रौनगढ एैतिहासिक ठाउ हो । सदरमुकाम कलैया वाट टाढा भएकाले बाटो राम्रो भए पछि मात्रै त्यसको विकास राम्ररी हुन सक्छ भन्ने मान्यताको साथमा त्याहा विद्यार्थीहरु आन्दोलन गर्ने तयारी गरे । त्यसमा गाउलेहरुले पुरै सहयोग गर्ने वाचा गरे ।

त्यस पछि उमेश कुशवाहाको संजोजकत्व मा आन्दोलन समिती बन्यो जसको उपाध्यक्षमा शणि गुप्ता लगायतका विद्यार्थीहरु सहभागी भयो । आन्दोलन समितीले १९ गते स्थानिय स्तर प्रर्दशन गर्दै वाटो जाम गर्यो । १९ गतेको आन्दोलनको वारेमा जिल्ला प्रमुख र प्रहरी प्रमुखले थाहा पाए पछि उनीहरु २० गते आन्द्योलन स्थलमा पुगेर आन्दोलनकारीहरु संग छलफल गरेर सदरमुकाम फक्र्यो । आन्दोलनकारीहरुले सिम्रौनगढको बाटो तत्काल बनाउन सुर गर्नु पर्ने भन्यो । सिडियो र एसपीहरु भोली देखि नै यो बाटोमा काम सुरु गर्ने वाचा गरेर आयो । तर सदरमुकाम फर्केर सिडियो र एसपीले त्यस क्षेत्रमा चुनाव जितेका काग्रेस सभासद राम अयोधी यादवसंग सल्लाह गरेर २१ ऋसोज दुई ओटा टिपर पठाएर केही वालुवा गिटी खसाउन लागे । आन्दोनकारीहरुले त्यसको तत्काल विरोध गरेका थिए । त्यसकै विरोध मा २२ गते विहानै देखि आन्दोलनकारी समुहहरुले फेरी वाटो अवरुद्ध गरेर प्रर्दशनमा उत्रे ।

२२ गतेको दिउसो सिम्रौनगढ प्रहरीका प्रमुख इन्सपेक्टर निरन्जन थापा आन्दोलन स्थलमा पुगेर आन्दोलन समितीका संयोजक उमेश कुशवाहा, सहसंयोजक शणि गुप्ता लगायतका लाइ खाजा खाईरहेको वेलामा वाटो खुलाउन गालीगलौच गर्न थाले । विद्यार्थीहरु पनि प्रहरीको गाली गलौचको प्रतिकारमा थिए । गाली गलौच हुदा हुदै इन्सफेक्टर थापाले कुशवाहा र गुप्ता लगायतका विद्यार्थीहरुलाई कुट पिट गर्दै घिसारेर गाडीमा कुच्दै थाना लगे । ५ जना आन्दोलनकारीलाई त्यसरी बजार हुदै थाना लगेको दृश्य गाउलेहरु देखे पछि पुरै गाउलेहरु थाना घेर्ने पुगे । बेलुकी प्रहरीले समातेको ५ जनालाई रिहा गर्यो ।


                                              मृतक जय नारायण पटेल

 
आन्दोलनमा विद्यार्थीहरु होमिनु भन्दा गाउलेहरु संग सल्लाह गरेका कारण विद्याँर्थीहरुलाई पुरै गाउलेहरुको पुर्ण सहयोग थियो ।

भोली पल्ट विहानै देखि आन्दोलनकारी विद्यार्थीहरु प्रहरी दमनको विरोध गर्दै र वाटो तत्काल बनाउनु पर्ने माग गर्दै त्यो पुरै इलाकामा जुलुस गर्दै फेरी मुल सडकमा आएर वाटो जाम गर्दै बसेका थिए । ११ बजे तिर कोतवाली चौकवाट विद्याथीहरुले सुचना पायो कि दुई गाडी सशस्त्र प्रहरीहरु विद्याँर्थीहरु भएको ठाउ तिर जादै छन भने । एक दिन अगाडीको घटनाको त्रासले होला पुरै गाउलेहरु आन्द्योलनरत स्थलमा आएर जम्मा भएका थिए । सशस्त्रका ४० जनाको टोली दुई ओटा गाडीमा आए पश्चात वाटो जाम खोल्न दबाब दिईरहेका थिए । तर विद्यार्थीहरु सिडियो र एसपीले आफुहरुलाई धोका दिएको भन्दै यो बाटो पिच बनाउनका लागी तत्काल ठोस सहमती भए मात्रै आफुहरु यो वाटो सुचारु हुन दिने अडानमा अडकिए । सशस्त्रका प्रहरी र आन्दोलनकारी केही विद्यार्थीहरु विभ भनाभन सुरु भयो । घटनाका प्रत्यक्षदर्शी भन्छन, सशस्त्रको नेतृत्व गरिरहेका डिएसपी अर्जुन प्रसाद सापकोटाले गोली चलाउन निर्देशन गरे । सशस्त्रकै टिममा रहेका एक मधेशी प्रहरी जवानले गोली नचलाउन आग्रह सापकोटालाई गर्दा उनलाई गाली गरेर पछि धकेलिदिए । र सापकोटा र केही अन्य जवानले गोली चलाउन लागे ।

गोलीमा जय नारायण पटेल सहित दर्जर्नौ त्यही ढले । पटेलको त्यही मृत्यू भयो भने शाह मोह्म्द सहित केही गम्भिर धाईते भए । गोली प्रहार भएपछि आक्रोशित विद्यार्थीहरुले सशस्त्र चढेको दुई ओटै गाडीमा आगलगी गरेर ध्वस्त बनाई दिए । डिएसपी सोपकोटा माथी समेत ढुंगामुढाको प्रयास गरे ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete