Tuesday, October 14, 2014

सि के राउतलाई धरौटीमा रिहा गर्न विशेषको आदेश


 
विशेष अदालतले सि के राउतलाई ५० हजार धरौटिमा रिहा गर्न आदेश दिएको छ । विशेषको मोहनरमण भटराई र भुपेन्द्र प्रसाद राईको ईजलासले राउतलाई धरौटिमा रिहा गर्न आदेश गरेको हो ।
 
प्रहरीले राउतमाथी राज्य विपल्लवको मुद्धा लगाउदै आजीवन कारावासको माग गरेको थियो । प्रहरीले राउतले नेपालवाट मधेश टुक्राउने अभियान चलाएको र उनले लेखेको कितावहरुलाई त्यसको दस्तावेजको रुपमा विशेष समकक्ष प्रस्तुत गरेको थियो । यद्यपी राउतले विशेषमा वयान लिने क्रममा आफु मधेश स्वराजको पक्षमा रहेको र मधेशलाई विभेद मुक्त गराउन अभियान चलाएको बताएको थियो । 
 
राउतको तर्फवाट वकालत गरेको अधिवक्ता सुरेन्द्र महतोका अनुसार विशेषको आदेश संगै राउत अव रिहा हुने छ । राउत विरुद्ध मोरड प्रहरीमा सार्वजनिक मुद्धा पनि दायर गरिएकाले उनलाई प्रहरीले उक्त मुद्धामा मोरड लग्न सक्ने आकंलन गरिरहेको छ । यद्यपी अधिवक्ता महतो त्यो गैर कानुनी हुने बताए ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete