घटनाको वारेमा जानकारी गराउदै आन्दोन समितीका सह संयोजक शणि गुप्ता हरियो सर्टमा उभिएर बोल्दै
बारा जिल्लाको सिम्रौनगढ एैतिहासिक ठाउ हो । सदरमुकाम कलैया वाट टाढा भएकाले बाटो राम्रो भए पछि मात्रै त्यसको विकास राम्ररी हुन सक्छ भन्ने मान्यताको साथमा त्याहा विद्यार्थीहरु आन्दोलन गर्ने तयारी गरे । त्यसमा गाउलेहरुले पुरै सहयोग गर्ने वाचा गरे ।
त्यस पछि उमेश कुशवाहाको संजोजकत्व मा आन्दोलन समिती बन्यो जसको उपाध्यक्षमा शणि गुप्ता लगायतका विद्यार्थीहरु सहभागी भयो । आन्दोलन समितीले १९ गते स्थानिय स्तर प्रर्दशन गर्दै वाटो जाम गर्यो । १९ गतेको आन्दोलनको वारेमा जिल्ला प्रमुख र प्रहरी प्रमुखले थाहा पाए पछि उनीहरु २० गते आन्द्योलन स्थलमा पुगेर आन्दोलनकारीहरु संग छलफल गरेर सदरमुकाम फक्र्यो । आन्दोलनकारीहरुले सिम्रौनगढको बाटो तत्काल बनाउन सुर गर्नु पर्ने भन्यो । सिडियो र एसपीहरु भोली देखि नै यो बाटोमा काम सुरु गर्ने वाचा गरेर आयो । तर सदरमुकाम फर्केर सिडियो र एसपीले त्यस क्षेत्रमा चुनाव जितेका काग्रेस सभासद राम अयोधी यादवसंग सल्लाह गरेर २१ ऋसोज दुई ओटा टिपर पठाएर केही वालुवा गिटी खसाउन लागे । आन्दोनकारीहरुले त्यसको तत्काल विरोध गरेका थिए । त्यसकै विरोध मा २२ गते विहानै देखि आन्दोलनकारी समुहहरुले फेरी वाटो अवरुद्ध गरेर प्रर्दशनमा उत्रे ।