Saturday, September 27, 2014

तमलोपाका नेता जितेन्द्र सोनलको घरमा चोरी


                                                    जितेन्द्र सोनल


तराई मधेश लोकतान्त्रिक पार्टीका सहमहामन्त्री जितेन्द्र सोनलको काठमाडौको वानेश्वर  स्थित डेरामा हिजो राती चोरी भएको छ । सोनल अहिले छोराको उपचारको क्रममा दिल्लीमा छन सपरिवार । केही दिन अघि मात्रै विद्यालयमा खेलीरहेको वेला छोराको हाथ नराम्ररी भाचिएको थियो । तीन दिन अघि मात्रै सोनल काठमाडौवाट दशैको विदाको मौकामा सपरिवार उता तिर लागेका थिए ।

हिजो राती करिव १२ बजेको हराहरीमा डेराको मुल ढोकाको ताल्चा फेरेर चोरहरु भित्र पसेका थिए । छिमेकीहरुले थाहा पाए पछि  तीनीहरु भागेको र पछि प्रहरी पनि आएका थिए । प्रहरीले अनुसन्धान गरिरहेको जनाएका छन ।
 
सोनलको डेराको मुल ढोकाको ताल्चा संगै वेड रुम र दराजको लकरको समेत ताल्चा तोडिएको छ । यद्यपी सोनल परिवार याहा नभएकाले के के चोरी भयो भन्ने यकिन हुन सकेको छैन ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete