Saturday, September 27, 2014

बैठक वहिष्कार गर्दै उपेन्द्र यादवले भने - सिके राउत विखण्डकारी हो


उपेन्द्र यादवले सम्बोधन गरेको कार्यक्रमको स्थानिय पत्रिकामा आएको समाचार


हाल प्रहरी हिरासतमा रहेका सिके राउतलाई रिहाई को पहल गर्ने निर्णय गर्ने भए पछि मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संघीय मोर्चाको बैठक वहिष्कार गरेर सुनसरी पुगे र कार्यकर्तालाई निर्देशन दिदै भने,  राउत विखण्डनकारी हो - यसको पछि नलाग्नुस ।
 
मधेशी पार्टीहरु र एमाओवादी सम्मलीत मोर्चाको विहिवारको बैठकले सि के राउतलाई रिहाईको पहल गर्ने निर्णय गरेको थियो । त्यसको मेसे पाउन वितिकै यादवले मोर्चाको बैठक वहिष्कार गरेर सुनसरी पुगे र इनरवामा पार्टीको एउटा कार्यक्रमलाई सम्बोधन गर्दै भने, राउतको पछि नलाग्नुस ।
 
शुक्रवार कार्यवाहक प्रधानमन्त्रीलाई राउतको रिहाईको लागी गएको मोर्चाको टोलीमा उनको पार्टीवाट कसैको प्रतिनिधीत्व थिएन ।

हुनत यस अघि नै पनि यादवले आफना जिल्लाका नेता कार्यकर्ताहरुलाई फोन गरेर राउतको रिहाईको अभियानमा सहभागी नहुन निर्देशन दिएका थिए । तर पुर्वका सुनसरी, सप्तरी र मोरड तिर त्यसको प्रवाह नगर्दै फोरम नेपालका नेता कार्यकर्ताहरु राउतको रिहाईको अभियानमा लागेको देखिन्थ्यो । त्यसवाट आतिएका यादव कतै आफनै गृह जिल्लामा समेत आफनो पकड गुम्न लागेको भन्दै निराशा भएर जिल्ला जिल्ला पुगेर आफना नेता कार्यकर्तालाई रोक्न थालेका छन ।

यद्यपी यादवको यो कदमको उनको पार्टी भित्रै तीव्र आलोचना भईरहेको देखिन्छ ।

3 comments:

  1. लालबाबु राउत - उपाध्यक्ष - मधेशी जनअधिकार फोरम नेपाल - संघीय मोर्चामा आवद्ध दलहरुका तर्फवाट शुक्रवार कार्यवाहक प्रधानमन्त्रीलाई डेलिगेसन जादा हामीलाई कुनै जानकारी नै गराइएको थिएन । सिके राउतको गिरफतारी गलत हो भन्ने मेरो र पार्टीको स्पष्ट मान्यता छ र उनको तत्काल विना सर्त रिहा हुनु पर्छ ।

    ReplyDelete
  2. मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष एवं माननिय उपेन्द्र यादवले संविधानसभादेखि मधेशलगायत समग्र मुलुकको एजेन्डाबारे बडो स्पष्ट साथ आफ्ना तर्क राख्दै आउनु भएको छ । डा.सीके राउत र उनले उठाएको मागबारे पनि अध्यक्ष यादवले प्रष्टसंग आफ्ना कुरा राख्नु भएको छ । अभिव्यक्ति स्वतन्त्रताको पक्षमा रहनु भएका यादवले संविधानसभाको संघारमा यसरी एकाएक स्वतन्त्र मधेश माग उठ्नु गलत भएको बताइसक्नु भएको छ । डा. राउतको गिरफ्तारी पनि गलत हो भन्दै राउतलाई निसर्त तत्काल रिहा गरि त्यसको राजनीतिक समाधान खोज्न सरकार र राजनीतिक दलहरुसंग माग गरिसक्नु भएको छ । यसका बाबजूद दलान नेपालले अध्यक्ष यादवको नकारात्मक छवि चित्रण गर्न उद्दत रहेको देखियो । नविन जी, कुनै व्यक्ति वा पार्टीप्रति पूर्वाग्रही भएर तर्क र बिना आधार समाचार नलेख्न बिनम्र अनुरोध छ । नभए दलान नेपाल र दलाल नेपालमा के नै फरक हुन्छ ????

    ReplyDelete
  3. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete