Thursday, September 25, 2014

मुलधारको मधेशी पार्टी र संघीयता समाप्त पार्न सिके राउत पक्राउ गरेको प्रचण्डको भनाई



 
एनेकपा माओवादीका अध्यक्ष प्रचण्डले सतारुढ दलहरु सुनियोजित रुपमा सिके राउतलाई पक्राउ गरेर संघीयता र मुलधारको मधेशी पार्टीहरु समाप्त पार्न लागेको बताएका छन । आज सिंहदरवारमा बसेको संघीय मोर्चाको बैठकमा बोल्दै प्रचण्डले भने, मन्त्रीपरिषद र सतारुढ दलहरुले योजना वद्ध तरिकाले राउतलाई पक्राउ गरेर संघीयता समाप्त पार्ने खेलमा लागेको बताए ।
 
५ ओटा मधेशी पार्टीहरु सहित जनजाती र एमाओवादी सम्मलीत उक्त मोर्चाको आज बसेको बैठकले राउतको तत्काल रिहाई हुनु पर्ने माग समेत गरेको छ । आजको बैठकमा प्रचण्डले राउतलाई पक्राउ गर्नु अघि मन्त्रीपरिषदकै बैठकमा छलफल भएको सुचना आफुले पाएको बताएको बैठकमा सहभागी एक मधेशी नेताले जानकारी दिए ।

सिंहदरवारमा बसेको बैठकले सरकार सुनियोजित रुपमा राउतलाई पक्राउ गरेर संघीयताको मुद्धालाई ओझेलमा पार्न खाजेको निष्कर्ष निकाले बैठकमा सहभागी मधेशी जनअधिकार फोरम नेपालका उपाध्यक्ष लालबाबु राउतले बताए ।

राउतले भने, हामीले आजको बैठकवाट सरकारसंग राउतको रिहाईको लागी माग गरेका छौं, सरकार भोली सम्म पनि छोडेन भने भोलीको बैठकले हामी ठोस रुपमा थप निर्णयहरु गर्ने छौं । आजको बैठकले राउतको रिहाईको लागी सरकारलाई माग गर्नुको साथै अवरुद्ध संसदको वारेमा पनि छलफल गरेको थियो । मोर्चाको बैठक भोली फेरी बस्दै छ ।
 
यस अघि एमाओवादीका अध्यक्ष प्रचण्ड आज विहान पार्टी कार्यलयमा एक कार्यक्रमलाई सम्बोधन गर्दै सरकारले सुनियोजित रुपमा विखण्डनको नारालाई उचालेर मधेशी पार्टीहरुलाई समाप्त पार्न लागेको बताएका थिए । उनले मधेशीहरुको राष्टियता माथी कुनै पनि हालतमा शंक ागर्ने ठाउ नरहेको समेत बताएका थिए ।
मधेशीहरुले नै यो देशको अहिले सम्म राष्टियता र सार्वभौमिकता रक्षा गरेको उल्लेख गर्दै प्रचण्डले भने, देश विगारेका त पहाडीया हरुले हुन ।
 
यसैविच प्रहरी हिरासतमै आमरन अनसनमा रहेका सिके राउतको स्वास्थ्य विग्रे पछि उनको परिक्षणको लागी अस्पताल लगिएको छ । उनको रिहाईको माग गर्दै आज पनि मधेशका जिल्लाहरुमा प्रर्दशनहरु भएको छ । भोली मधेशका २२ जिल्ला उनको रिहाईको माग गर्दै बन्दको घोषणा गरिएको छ ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete