Wednesday, September 24, 2014

सर्वोच्च द्धारा सिके राउत विरुद्धको रिट खारेज


 
सर्वोच्च अदालतले सिके विरुद्धको बन्दी प्रत्यक्षीकरणको रिटलाई आज खारेज गरेको छ । गएको २८ भदौमा मोरड प्रहरीले राउतलाई रंगेली वाट पक्राउ गरेपछि उनको रिहाईको माग गर्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरिएको थियो । राउतको पक्षवाट आज बोलेका अधिवक्ता रोशन झाका अनुसार सर्वोच्चले यो मुद्धा खारेज गरे संगै अव विशेषले उनी माथीको मुद्धा प्रक्रियालाई अगाडी वढाउने छ ।
 
सर्वोच्चको ४ नम्बरको ईजलास अन्र्तगत सुशिला कार्की र गोविन्द उपाध्यायको बेन्चले राउतको मुद्धा विशेष हेरिरहेको सन्दर्भमा उनी विरुद्ध परेको बन्दी प्रत्यक्षीकरणको रिटलाई खारेज गरेको हो । गएको आईतवार मात्रै सर्वोच्चले विशेष अदालतलाई राउतको सन्दर्भमा लिखित जानकारी गराउन आदेश गरिएको थियो । त्यही अनुरुप विशेषले हिजो मात्रै राउतको सन्दर्भमा लिखित जानकारी सर्वोच्चलाई गराएको थिए ।

ऋाज राउतको तर्फवाट अधिवक्ताहरु दिपेन्द्र झा, सुरेन्द्र महतो, मनोहर साह, रोशन झा  लगायतले बहस गरेका थिए । राउतका भाई सुर्यकान्त राउतले तराई मानव अधिकार सन्जालको सहयोगमा सर्वोच्चमा रिट दायर गरेका थिए ।
 
ऋब विशेष अदालतले उनको मुद्धा हेर्ने छ । विशेषमा सरकारी वकिलहरुले राउत विरुद्ध राज्यद्रोहको मुद्धा हालेका छन ।

No comments:

Post a Comment