Tuesday, September 23, 2014

सि के राउतको रिहाईको माग गर्दै न्यूयोर्कमा प्रर्दशन


 
नेपाल प्रहरीले राष्टविरोधी गतिविधीमा पक्राउ गरेका सिके राउतको रिहाईको माग गर्दै न्युयोर्क स्थित संयुक्त राष्ट महासंघको मुख्यालय अगाडी अमेरिकामा रहेका मधेशीहरुले प्रर्दशन गरेका छन ।
 
राउतको रिहाईको माग गर्दै अभिव्यक्ति स्वतन्त्रताको पक्षमा संयुक्त राष्टमहासंघ अगाडी प्रर्दशन गरिएको न्युयोर्क वाट राम मनोहर साहले बताए । साहका अनुसार संयुक्त राष्ट संघ अगाडीको प्रदर्शनमा नेपालका जनजाती समुदायका मानिसहरुको पनि उपस्थित थियो । उनीहरुले राउतलाई नेपाल प्रहरीले गैरन्यायीक तवरले पक्राउ गरेको आरोप लगाएका छन ।

यसैगरी जेनेभा स्थित संयुक्त राष्टसंघीय अधिकारीहरु समकक्ष पनि राउतको रिहाईको लागी निवेदन गरिएको छ । तराई मानव अधिकार सन्जालको तर्फवाट अधिवक्ता दिपेन्द्र झा ले उक्त निवेदन पेश गरेको हो । 

राउतको पक्राउ पश्चात अमेरिका रहेको मधेशीहरुको संस्था एन्टाले उनको रिहाईको माग गर्दै केही दिन अगाडी विज्ञप्ति जारी गरेका थिए । राउतकै सक्रियतामा नेपाल वाहिर रहेका मधेशीहरुको गैर आवासायी मधेशी संघको पनि स्थापना गरिएको थियो ।
 
यसै विच तराइ मानव अधिकार सन्जालले एक विज्ञप्ति निकालेर राउतलाई प्रहरीले अदालतको आदेश अनुसार उपचार नगराएको र उनको स्वास्थ्य अवस्था विग्रदै गएको जनाएको छ ।


1 comment:

  1. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न ठीक

    ReplyDelete