Sunday, September 21, 2014

सिके राउतको अर्को बहस ८ गते – बिशेषलाई लिखित कारण पेश गर्न निर्देशन



 राष्टविरोधी गतिविधीको आरोपमा प्रहरीले पक्राउ गरेका सिके राउतको पेशीमा सर्वोच्च अदालतले आज विशेष अदालतलाई लिखित जवाफ दिन आदेश दिएको छ । गिरिशचन्द्र लाल र सुशिला कार्कीको ईजलासले विशेषलाई सिके राउतको पक्राउ र उनको मुद्धा वारे आउदो ७ गते भित्र लिखित जवाफ दिन आदेश गरेको सर्वोच्चका प्रवक्ता श्रीकान्त पौडेलले बताए । पौडेलका अनुसार राउतको अर्को पेशी आउदो ८ गते हुदै छ ।
 
साथै सर्वोच्चले राउतको स्वास्थ्य जांच समेत गराएर उनको स्वास्थ्य परिक्षणको विवरण समेत प्रस्तुत गर्न भनेको छ । सर्वोच्चको आजको आदेश अनुसार अव न्यायीक हिरासतमा राखिने छ ।


२८ भदौमा मोरड प्रहरीले राउतलाई मोरडको रंगेलीवाट प्रकाउ गरेका थिए । पक्राउ गरे लगत्तै राउत माथी सार्वजनिक मुद्धा चलाईएको थियो । त्यस लगत्तै सर्वोच्चमा परेको बन्दी प्रत्यक्षीकरणको मुद्धामा राउतलाई ३ असोजमा सशरीर उपस्थित गराउनका लागी सर्वोच्चले मारेड प्रहरीलाई आदेश दिएएको थियो । मोरड प्रशासनले ३ असोजमा सर्वोच्चमा उपस्थित गराउनु भन्दा पुर्व २ असोजमै विशेष अदालतमा लगेर राज्यद्रोहको मुद्धामा छानविनका लागी निवेदन हालेका थिए । यद्यपी सरकारी वकिलले मागेको २५ दिने म्यादलाई विशेषले अस्विकार गरिदिएका थिए ।
 
त्यसपछि ३ असोजमा सर्वोच्चले समय अभावका कारण आजको लागी पेशी तोकेका थिए ।


1 comment:

  1. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न ठीक

    ReplyDelete