Wednesday, September 17, 2014

किन त्रसित छन मधेशी नेतृत्वहरु ?


सिके राउत पक्राउ परेपछि त्यसको रिहाको लागी मधेशमा विभिन्न दबाब मुलुक कार्यक्रमहरु हुन थाले पछि काठमाडौंमा रहेका मधेशी पार्टीहरुको नेतृत्वहरु लाई निन्द हराम भएको देखिन्छ । मंगलवार बेलुकी विराटनगर वाट एक जना मधेशी पार्टीका युवा नेताले फोनमा भन्दै थिए, काठमाडौंमा त मधेशी नेताहरु बसेर खाली आफना नेता कार्यकर्तालाई फोन गरेर अभियानमा नजान मात्र निर्देशन दिईरहेका छन नि । ती युवा मधेशी नेताले आफनो नाम कहि कतै उल्लेख नगर्न आग्रह  गरे ।

विराटनगर तिर हल्लामा छ कि राजविराजवाट सदभावना पार्टीका नेता मनिष सुमनले अध्यक्ष राजेन्द्र महतोलाई फोन गरेर राउत प्रकरणमा बोल्न आग्रह गर्दा महतोको हेपाई खायो । उपेन्द्र यादवले आईतवार राजविराजमा प्रर्दशनमा आफनो जिल्ला तहको नेताहरु गयो भनेर स्थानिय नेताहरुलाई सोमबार विहानै फोन गरेर झपाडे र सहभागी नहुन आग्रह गरे । 

अरु मधेशी पार्टीहरुका अध्यक्षले उनको रिहाइका लागी एउटा विज्ञप्ति सम्म त जारी गरेएका छन । । तर पनि सबै मधेशी पार्टीहरुका अध्यक्ष हाल मधेशमा भईरहेको गतिविधीले आफनो बाकी रहेको साख पनि समाप्त हुन लागेको आकंलन सहित चिन्तित देखिन्छन । आखिर किन मधेशी नेतृत्वहरुको यो चिन्ता किन ?

यो प्रश्नको उत्तर र वर्तमानमा मधेशमा देखिएको प्रवृती दुवैको कारक स्वयंम यी मधेशी पार्टीका नेतृत्वहरु छन । मधेश आन्दोलन पश्चात स्थापित भएको मधेशको मुद्धाको भरमा काठमाडौ वलिया देखिएका यी नेताहरु मधेशलाई पनि वलिया बनाउन तर्फ अलिकती पनि काम गरेको भएको सायद आज मधेशमा सिके राउत प्रति जुन आकर्षण देखिएको छ त्यो नहुन सक्थ्यो ।

उपेन्द्र यादव, महन्थ ठाकुर, विजय गच्छदार, राजेन्द्र महतो, शरदसिंह भण्डारी, अनिल झा देखि राजकिशोर यादव सम्मले जुन हर्कत विगतको ५ बर्षमा गरे त्यसले मधेशका युवा जमातमा तीव्र असन्तुष्टी पलाएको थियो र आज सिके राउतको पक्षमा त्यही आक्रोशले यत्रो ठुलो समर्थन देखिएको छ ।
उपेन्द्र यादवको मसिहापन, महन्थ ठाकुरको इमान्दारितापन, राजेन्द्र महतोको व्यापारीपन, विजग गच्छदारको शक्तिशालीपन, अनिल झाको दलालीपन, राजकिशोर यादवको दिवालायीपन र शरदसिंह भण्डारीको चलाकियापनले आक्रान्त मधेश विकल्प नेतृत्वको खाजी गरिरहेको सन्दर्भमा सिके राउतलाई राज्यले पक्राउ गरेर विकल्पको रुपमा प्रस्तुत गरेको आभास आजभोली मधेशमा भईरहेको देखिन्छ ।
सिके राउतको विचार र सिद्धान्तसंग आज पनि मधेशमा ठुलो लगाव छैन । अहिले देखिएको जमात विकल्पको खाजीमा भौतारिरहेका मधेशी युवाहरुका जमात हुन ।
मधेशी नेतृत्वहरुलाई राम्ररी थाहा भईसकेको के छ भने, अब हाम्रो राजनितीक व्यापार चल्ने वाला छैन । त्यसैले यीनीहरु कहिले एकिकरण त कहिले मोर्चाबन्दी त कहिले पार्टी पुुर्ननिर्माणका कुराहरु गर्ने गर्छन तर कही कतै केही नदेखिएपछि फेरी सेलाएर आउछन यीनीहरुको ध्वास ।
मधेशी नेतृत्वहरु राम्ररी थाहा छ कि मधेशमा अलगाववादको राजनिती हुनै सक्दैन । त्यो आजको वदलिदो छिमेकीहरुको परिवेशमा  त झनै गाहे छ । तर यो प्रक्ररण यीनीहरुलाई थप घाटा पुर्याएने देखेपछि नेताहरु आफुलाई घर न घाटमा भएको अनुभुती गर्दै पिडामय देखिन्छन ।

1 comment:

  1. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न ठीक

    ReplyDelete