Monday, September 15, 2014

सिके राउतको अभियानमा नजाने आफना नेता कार्यकर्तालाई उपेन्द्र यादवको निर्देशन


गएको शनिवार मोरड प्रहरीले पक्राउ गरेका सिके राउतको रिहाईको लागी भईरहेको विभिन्न दबाब मुलुक कार्यक्रमहरुमा आफना नेताहरु लाई सहभागी नहुन मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले निर्देशन दिएको उक्त पार्टीका कतिपय नेताहरुले बताएका छन ।

राउतलाई मोरड प्रहरीले राष्टविरोधी गतिविधीमा संगलन रहेको भन्दै गएको शनिवार मोरडकै रंगेलीवाट पक्राउ गरेका थिए । उनको पक्राउको चौतर्फी विरोध हुन थालेपछि सोमवार सर्वेच्चले राउत सहित प्रशासनलाई पक्राउ गरेको लिखित कारण सहित उपस्थित हुन आदेश दिएक छन ।

दुई साता अघि राउत आफनो अभियानको क्रममा पश्चिमको जिल्लाहरु नवलपरासी, रुपन्देही र कपिलवस्त जादा फोरम नेपालका अध्यक्ष यादवले ती जिल्लाका अध्यक्षहरु लाई आफैले फोन गरेर राउतको अभियान मा सहभागी नहुन र कुनै कार्यकर्ता लाई पनि सहभागी हुन नदिन कडा निर्देशन  दिएको ती जिल्ला सम्बद्ध फोरमका नेताहरुले बताएका छन । फोरम अध्यक्ष यादवले सहभागी भए कारवाही समेत गर्ने चेतावनी दिएका थिए र अध्यक्षहरु लाई राउतको कार्यक्रमहरु लाई निगरानी राखेर रिर्पोट गर्न सुझाएका थिए ।

राउतको पक्राउ पछि फोरम नेपाल वाहेक अन्य सबै मधेशी पार्टीहरु अहिले सम्म विज्ञप्ति निकाले उनको रिहाईको माग गरिसकेका छन । तर यादव अहिले सम्म मुख खोलेका छैन ।

राउतको अभियानमा खासगरी मधेशी पार्टी सम्बद्ध युवाहरुको ठुलो आकर्षण मधेशमा देखिएको छ र अन्य पढाइ लेखाईमा रहेका युवा जमात पनि राउतको अभियानमा सहभागी भएगरेको पाइन्थ्यो । यद्यपी पुर्वका मोरड, सुनसरी, सप्तरी लगायतका जिल्लाहरुमा फोरम नेपालका स्थानिय नेताहरु खुल्ला रुपमा राउतको रिहाईको लागी लागी परेको देखिन्छ ।

1 comment:

  1. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न ठीक

    ReplyDelete