Monday, September 15, 2014

सि के राउतलाई शुक्रवार सर्वोच्चमा उपस्थित गराउन आदेश


 



मोरड प्रशासनले गएको शनिवार पक्राउ गरेका सि के राउतलाई आउदो शुक्रवार पक्राउ गरेको लिखित कारण सहित बन्दीलाई पनि उपस्थित गराउन जिल्ला प्रशासन कार्यलय मोरडलाई सर्वोच्च अदालतले आदेश दिएको छ । सर्वोच्चका न्यायाधीश चोलेन्द्र शमसेर राणाको इजलासले सोमबार लिखित जवाफ सहित उनलाई अदालतमा उपस्थित गराउन आदेश गरेको हो। 

उनलाई नियन्त्रणमा लिएर प्रहरीले सार्वजनिक अपराधमा मुद्दा चलाएको छ। मोरड प्रशासनले राउत राष्टविरोधी गतिविधीमा संग्लन रहेको भन्दै प्रकाउ गरेर सोधपुछ गरिररहेको जनाएको थियो । मोरड प्रहरीले राउतले लेखेको किताब र उनको चलाईरहेको मधेश केन्द्रित अभियानको कतिपय कागजातहरु लाई राष्टविरोधी गतिविधीको प्रमाणको रुपमा लिएको जनाएको छ । यद्यपी राउतलाई गैर कानुनी तरिकाले पक्राउ गरेको भन्द्यै मधेशका अधिकारकर्मीहरुले रिहाईका लागी विभिन्न दबाब मुलुक कार्यक्रमहरु गर्दै आएका छन । मधेशी पार्टीहरु का नेता तथा भातृ संगठनहरु समेत राउतको रिहाईको लागी मधेशका जिल्लाहरुमा आईतवार देखि नै प्रदर्शन गरिरहेका छन ।

सोमवार राजविराजमा भएको प्रदर्शनको क्रममा प्रहरी र प्रर्दशनकारी विच झडप समेत भएको थियो । जसमा तीन जना धाईते भएको र तीन जनालाई प्रहरीले पक्राउ समेत गरेका छन । राजविराजको साथै जनकपुर, नवलपरासी लगायत अधिकाशं मधेशका जिल्लाहरुमा राउतको रिहाईको माग गर्दै विभिन्न खाले प्रदर्शन हरु भएका छन ।


1 comment:

  1. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न ठीक

    ReplyDelete