Sunday, September 14, 2014

सिके राउतको पक्राउको चौतर्फी विरोध

        राउतको रिहाईको माग गर्दै आज विराटनगरमा निकालिएको जुलुस
 

शनिवार वेलुकी मोरडको रंगेलीवाट सिके राउतलाई प्रहरीले पक्राउ गरेको घटनालाई मधेशका बुद्धजिवीहरु सहित अधिकारकर्मीहरुले विरोध गरेका छन । उता पक्राउ गरेका मोरड प्रशासनले राउतको सन्दर्भ अनेकन प्रश्नहरु रहेकाले उनी माथी छानविन प्रक्रिया अघि वढाएको बताएको छ ।
 
मधेशी पार्टीहरु भन्दा मधेशको सन्दर्भमा भिन्न विचार बोक्दै राउत मधेशमा अभियान चलाउदै आएका थिए । उनले लेखेका केही कितावहरुलाई प्रहरी प्रशासनले राष्टिय अखण्डता विरुद्धको दस्तावेजको रुपमा उल्लेख गरेका छन ।
 
पुर्वान्चल प्रहरी प्रमुख डिआईजी नवराज सिलवालका अनुसार राउतले मधेशको छुटै झण्डा, छुटै राष्टिय गीत बनाएर राष्टिय अखण्डता विरुद्धको काम गरेको छ । मोरडका प्रमुख जिल्ला अधिकारी गणेश राज कार्कीका अनुसार राउत माथी आएका यस्ता  अनेकन प्रश्नहरुको वारेमा छानविन प्रक्रिया अघि वढाईएको छ । कार्कीले भने, अहिले हामी सार्वजनिक मुद्धा अन्र्तगत ६ दिन राखेर उहां संग सोछपुछ गर्ने छौं, उहां माथी लागेको आरोपहरुको उहाले कसरी व्याख्या गर्नुहुन्छ, कानुनी प्रक्रिया त्यसै अनुरुप अगाडी वढछ ।
 
यद्यपी मधेशका अधिकारवादी तथा वुद्धजिवीहरुले राउतलाई राज्यले गैर कानुनी रुपमा प्रक्राउ गरेको भन्दै अविलम्ब रिहा गर्न माग गरेका छन । आईतवार विहानै पद्यमरत्न तुलाधर, विरेन्द्र मिश्र, विजयकान्त कर्ण सहितका २५ जना वुद्धजिवी तथा अधिकारवादीहरुले संयुक्र विज्ञप्ति निकाल्दै भनेका छन, राउतको विना सर्त तत्काल रिहा गर्नु पर्छ ।


मधेशी वुद्धजिवी विजयकान्त कर्णले राउतलाई राज्यले गैरकानूनी तरिकाले प्रकाउ गरेको आरोप लगाए । कर्णले भने, शान्तिपुर्ण तवर आफना विचार राख्ने स्वतन्त्रता हाम्रो अन्तरिम संविद्यानले दिएको छ, राउत आफनो विचार शान्तिपुर्ण तरिकाले राख्दै आएका थिए, यसलाई निहू बनाएर राज्यले पक्राउ गर्न मिल्दैन, यो हाम्रो अन्तरिक संविद्यानको विपरित हो । 



 गएको १ सेपटेम्बरमा नवलपरासीमा आफनो अभियानको क्रममा बोल्दै सिके राउत


यसैगरी राउतलाई प्रहरीले गरेको पक्राउ प्रति एमाओवादी सहित मधेशी पार्टीहरुका नेताहरुले समेत आपति जनाएका छन ।
 
एमाओवादीका मधेश विभागको तर्फवाट नेता राम कुमार शर्माले विज्ञप्ति निकाल्दै राउतको गिरफतारीको विरोध गरेका छन । शर्माले राउतको तत्काल रिहाइको माग गरेका छन । यसैगरी नेकपा माओवादीका संयोजक मातृका यादव, सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो, नेपाल सदभावना पार्टीका अध्यक्ष सरीता गिरी,  तराई मधेश राष्टिय अभियानका संयोजक जेपी गुप्ता लगायतले विज्ञप्ति निकालेर राउतको गिरफतारीको विरोध गरेका छन ।
 
तराई मधेश राष्टिय अभियानका संयोज जेपी गुप्ताले आफनो विज्ञप्तिमा भनेका छन, राउतको विचार र अभियान प्रति समर्थन त जनाउन सक्दिन तर उनको गिरफतारी गैर कानुनी तरिकाले गरिएको छ, त्यसैले उनको अविलम्ब रिहाई गरियोस ।
 
सदभावना पार्टीका प्रवक्त संतोष मेहताले राउतको गिरफतारीलाई राज्यको सुनियोजित घटनाको संज्ञा दिए । मेहताले भने, माघ ८ मा संविधान नबाउने तथा संघीयता नल्याउने सुनियोजित प्रपन्चका का कारण राज्यले राउतलाई पक्राउ गरेर मधेशमा नया द्धन्द सिर्जना गर्न खाजेका हुन ।

काठमाडौ वाहिर मधेशका जिल्लाहरु समेत राउको रिहाइृको माग गर्दै आज विभिन्न खाले कार्यक्रमहरु गरिएको छ । विराटनगर, राजविराज लगायतका ठाउमा प्रर्दशन सहित कोण सभा गरिएको थियो ।

1 comment:

  1. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न ठीक

    ReplyDelete