Friday, September 12, 2014

मधेशवाट मधेशी नेताहरु लाई एउटा खुल्ला पत्र

                           सम्पुर्ण मधेशवादी दलका नेत्रित्वहरु तथा मधेशी सभाषदहरु खुल्ला–पत्र

 

                                                  सरोज मिश्रा
                                                                        

आदर्णीय नेता ज्यूहरु
काठमान्डौ ।
आदर्णीय सभाषद ज्यूहरु
सविंधान सभा हल काठमान्डौ
                                                      
                                         विषयः ध्यानाकर्षन तथा खबरदारी सम्बन्धमा
    
प्रस्तुत विषयमा तपाई सभाषदहरु मधेशको सवालमा बहस गर्नु भन्दा पुर्व मधेशको इतिहासलाई गम्भिरता पुर्वक बजारबाट उपलब्धगरी अध्ययन गर्नुहोस् तपाईहरुलाई कामगर्न सजिलो हुन्छ । मधेश विद्रोेह (आन्दोलन)को भावनालाई ठेस पु¥याएर जाने अवस्था देशमा छैन । तपाईहरु मधेशी जनताको विश्वास लिएर गएका प्रतिनिधीहरु तथा गैर मधेशवादी दलबाटपनि मधेशबाट प्रतिनिधित्व गर्ने सम्पुर्ण सभाषदहरुको मधेश प्रतिको जिम्मेवारी र मधेशी जनता प्रति जवाफदेहिता छ।
    
सव्र प्रथम तपाईहरु मधेश मुक्तिको सवालमा एक ठाउँ गोलबन्द भएर बस्नु प¥यो सविंधान सभामा गणितिय हिसाबतिर ध्यान दिनु भएन यस सविंधान सभाबाट नेपाललाई भावनात्मक एकिकरण गर्ने हो। भौगोलिक एकिकरण स्व.पृथ्वीनारायण साहले गर्नु भएको थियो । मधेशको मुुद्दा चान चुने कुरा होइन, २०१३ साल सम्म मधेशी जनतालाई काठमान्डौ जाँदा भिसा लिने चलन थियो यो कुरा सर्वबिदितैै छ । २०१४ सालमा हिन्दी भाषा आन्दोलन भएको  हो। भने २०१७ सालमा राजाको कदम पछि मधेशी समुदायको हिन्दी भाषा र साँस्कृतिक खोसिएको हो । सविंधान सभाको अवाज २००७ सालको क्रान्ती पछि नै उठेको हो ।तर जनताले अहिले दोस्रो सविंधान सभा पाएका छन्। तपाई सभाषदहरुले के बुझ्नु प¥यो भने मधेशको समस्या समाधान कसरी हुन्छ । त्यतातिर लाग्नु प¥यो मुल कुरा सविंधान बनाउने मात्र होइन बनेको सविंधान कार्यान्वयन  गराउने पनि हो । २०१७ सालको कदम पछि तराई काँग्रेसलाई नेपाली काँग्रेसमा विले गराउँदा स्व. वि.पी. कोइरालाको विचार थियो पहिले लोकतन्त्र बहालीको लागि संघर्ष गरौँ लोकतन्त्र बहाली पछि मधेशको समस्या समाधान गर्ने भनि तराई काँग्रेसका नेताहरुसँग सहमती भई विलय गराइएको थियो ।

   
तपाई सभाषदहरुलाई नयाँ सविंधान बनाउने अधिकार छ भने देशको हालको अन्त्रिम सविंधान र ऐन कानूनहरुलाई सन्शोधन गर्ने अधिकार छ कि छैन ? सवाल यहाँ निर छ । मुल समस्या यहाँ निर अटकेको छ । यदी अन्त्रिम सविंधान सन्शोधन गरी देशको सेना लगायत अन्य सुरक्षा निकायमा प्रशासनिक प्रमुख पदहरुमा लगायत एकलाख (१.००.००००) मधेशीहरुको बहाली बर्तमान सरकार द्धारा गराए पछि मात्र सविंधान सभाबाट नयाँ सविंधान निर्माण गर्दा आत्म निर्णायको अधिकार सहित समग्र मधेश एक स्वेत प्रदेशमा जानु पर्छ यसरी जाँदा मात्र मधेशको आन्दोलनको भावना को सम्मान हुन्छ । पहिले अन्तरिम सविधान सनसोधन तिर लागौँ । पुर्व प्रधान मन्त्री डा. बाबुराम भट्टराईको सरकारमा हुँदा मधेशीहरुको सरकारमा बहुमत हुँदा हुदै पनि दश हाजरको मधेशीहरुलाई सेनामा बहाली गर्ने भनी तीनहजार सम्म पनि गर्न नसक्नु पछि राज्यले देखाएको ऐन कानून सम्बन्धि नौटंकीलाई सनसोधन गरिनु पर्दछ । यो कार्य निहायत जरुरी छ । अनि मात्र मधेशीहरुको राष्ट्रिय सुरक्षा निकायमा प्रवेश हुन्छ । त्यस पछी मात्र नयाँ सविंधान निर्माणमा लाग्नु उचित हुन्छ । र मधेशको  समस्या पनि अनि मात्र समाधान हुन्छ । उदाहरण स्वरुप मानिसको आँखाको मोतियाँ बिन्दुको रोगीलाई जिवनजल खुवाएर निको हुदैन आँखाको अप्रेशन गरेर लेन्स लगाउनु पर्छ अनि मात्र रोग निको हुन्छ । तसर्थ तपाई सम्पुर्ण सभाषदहरु पहिलो सविंधान सभामा भएको सत्ता र पैसाको खेल यस दोस्रो सविंधान सभामा त्यस्ता खेलहरुलाई रोक्नु पर्छ । मुलुक धेरै जटिलमोडमा छ । र देशमा संिघय लोकतान्त्रिक गणतन्त्र संस्थागत गरी देशलाई विकास निर्माणमा अगाडी बढाउनु अहिलेको प्रमुख जिम्मेवारी हो । भने विश्वमा कतै पनि उपनिवेशकोे अन्त नभई विकास पथमा अगाडी बढेको वा आर्थिक क्रान्ति सफल भएको पाइदैन मधेशको सवाल उपनिवेश को  सवाल हो । र बिभेदको सवाल हो। यसलाई यस सविंधान सभाबाट भावनात्मक एकिकरण गरी नयाँ नेपालको निर्माणतर्फ जान सकिन्छ । यसबाट मधेशीहरुको भाषा साँस्कृतिकको रक्षाको साथै सम्मान जनक बाँच्ने अधिकार पायो भने मात्र राष्ट्रियताको जग मजबुत हुन्छ । र नयाँ नेपालको निर्माण हुन्छ ।
    
अन्तमा तपाईहरु सम्पुर्ण मधेशवादी सभाषद तथा गैर मधेशवादी दलका मधेशी सभाषदहरु एक ठाउँमा गोेलबन्द हुनुहोस्  मधेशको सम्बन्धमा साँझा ऐेजेन्डा तयार गरी सो सम्बन्धको सामुहिक पत्र राजनैतिक सम्बाद समितिका संयोजक मा.डा. बाबुराम भट्टराई मार्फत सभामुखलाई सामुहिक पत्र हस्तान्त्रण गराउनुहोस् र एक महिना सम्म वा  एउटा निश्चित समय अवधी तोकेर अल्टीमेटम  दिनुहोस् र त्यस सामुहिक पत्रको बोधार्थ संयुक्त राष्ट्रिय संघ लगायत सार्क राष्ट्रिय  तथा अन्य विश्व ब्यापी युनियन, संगठन, छिमेकी राष्ट्रिलाई जानकारी पठाइयोस्  त्यस पछि मधेशको सवालमा नेपालका  गैर मधेशवादी दलहरु नेपाली काँग्रेस, एमाले, एमाअ‍ोवादी , लगायत अन्य दलहरुसँग सम्बाद गरी मधेशको मुद्दा समस्या समाधानको प्रयास गर्नुहोस् अन्तमा केही लागे न भने राज्य पक्षबाट एकतर्फी गणितिय हिसाबले सविंधान निर्माणको प्रयास ग¥यो भने तथा मधेशलाई ब्यापास गरी बनि राखेको सविंधानमा तपाईहरु मुक्त दर्शक भई नबसी सविंधान सभा पदबाट राजीनामा दिएर मधेशी जनताले दिएको विश्वासको महतको सम्मान गर्दै सदुपयोग गर्दै जन्तामा फिर्ता आउनु प¥यो अनि जनताले निर्णय गर्ने छन्। अब के गर्ने भनेर यो समय बहिस्कारको नोटंकी गरी समय लब्यिाउने, खेरै फाल्ने , वा बहिस्कारको बहाना गरी सत्ता र पैसाको खेलमा फस्ने होइन (गोप्य बार्गेनिङ्ग गर्ने होइन )अन्तमा  मधेशको सम्बन्धमा निर्णय गर्ने अधिकार मधेशी जनताको हो । र मधेशी जनताले गर्ने छन् तपाईहरु सचेत भई मधेशी जनताले दिएका विश्वासमतको   सम्मान गर्दे त्यस अधिकारको दुरोपयोग नगरी सदुपयोग गरीदिन हुन सबै सँग हार्दिक अनुरोध छ ।साथै यस पत्र अनुसारको व्यहोरा सम्पुर्ण मधेशवादी दलका नेत्रित्वलाई यस अनुसार आ–आफ्ना सभाषदहरु सँग गर्न गराउन सबै सँग हार्दिक अनुरोध छ ।
जय मातृभुमी, जय मधेश
   
 
बोदार्थ 
१. श्रीमान् संयोजक मा.डा. बाबुराम भट्टराई ज्यू
राज्नैतिक सम्बाद समिति, सविंधान सभा (हल), काठमान्डौ ।
२. श्रीमान् प्रमुख ज्यू
यु. एन. मिसन , काठमान्डौ ।  
३. सम्पुर्ण मधेशवादी दलका आन्दोलन कारी साथीहरु ।
                                                                                                                                



                                                                                    सरोज मिश्रा
                                                        मधेश आन्दोलनको सिपाही एवम  सचेत मधेशी नागरीक
                                                                           तथा
                                                        केन्द्रिय सदस्य, सदभावना पार्टी
                                                           ईनरवा, सुनसरी

                       

1 comment:

  1. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न ठीक

    ReplyDelete