Wednesday, September 10, 2014

उपेन्द्र यादवले भने - अर्थमन्त्रीज्यू आशिर्वाद थाप्न दिल्ली गा-को हो ?




संघीयतालाई थाति राखेर संविधान बनाउन सकिने अर्थमन्त्री रामशरण महतको अभिव्यक्तिप्रति प्रति विरोध जनाउदै मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आज सदनमा बोल्दै भने, अर्थमन्त्री ज्यू दिल्ली आशिर्वाद लिन जानु भयो, कि कसो  ?
 
संसदको बुधबार बसेको बैठकमा विपक्षी दलहरुका तर्फबाट समय लिएर बोल्दै फोरम नेपालका अध्यक्ष यादवले अर्थमन्त्रीले भारतीयसँगको भेटमा कूटनीतिक मर्यादासमेत तोडेको आरोप लगाए । त्याहाको आशिर्वाद चाहियो भनेर आर्शिवाद थाप्न गएको हो’ उनले भने ।


संघीयताविना संविधान लागू हुन नसक्ने भन्दै उनले महतको अभिव्यक्ति संविधान नबनाउने षड्यन्त्र भएको बताए । ‘संविधानका विषयहरु दलहरुसँग छलफल गर्नुपर्नेमा विदेशी सरकासँग गएर यो हटाइदिनुपर्‍यो, यसलाई ठेगान लगाइदिनुपर्‍यो भनेर हुन्छ ’ यादवले प्रश्न गरे । 

भारतीय विदेशमन्त्रीसँगको भेटमा महतले दलहरुबीच सहमति हुन नसके संघीयतालाई थाती राखेर संविधान जारी गर्नुपर्ने महतको भनाई संचार माध्यममा आएको थियो ।
नेपाली काग्रेसका एक जना महत्वपुर्ण नेता तथा सरकारको महत्वपुर्ण मन्त्री समेत रहेका महतावाट आएको उक्त भनाई प्रति मधेशमा तीव्र विरोध देखिएका छन ।
 
एमाओवादी संग मोर्चाबन्दी गरेका मधेशी पार्टीहरुले मंगलवार नै विज्ञप्ति निकालेर नै उक्त भनाईको वारेमा स्पष्ट पार्न सरकार संग माग गरेका छन ।
मन्त्री महताको उक्त भनाईको विरोधमा विहिवार तराईमधेश लोकतान्त्रिक पार्टीका भातृ संगठनहरुले महताको पुतला दहन गर्दै छन ।
 
संविधानसभामा महत्वपुर्ण बहसहरु चलीरहदा आएको यस्तो धारण प्रति मधेशका वुद्धजिवीहरु पनि आलोचना गरेका छन ।

1 comment:

  1. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न ठीक

    ReplyDelete