Tuesday, September 9, 2014

संघीयता विनाको संविधान अमान्य - मधेशी/एमाओवादी मोर्चा


 
संघीयतालाई थाती राखेर जस्तो सुकै संविधान बनाए आफुहरु लाई मान्य नहुने एमाओवादी तथा मधेशी पार्टीहरुको मोर्चा संघीय लोकतान्त्रिक मोर्चाले जनाएको छ । मंगलवार बेलुकि बसेको मोर्चाको बैठकले यस्तो निचोड निकालेको सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले बताए । महतो भने, संघीयता विनाको संविधान कुनै मुल्यमा पनि स्विकार गर्न सक्दैन । साथै मोर्चाले अर्थमन्त्री रामशरण महत तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले दिएको अभिव्यक्तिवारे सतारुढ दललाई स्पष्टपार्न समेत माग गर्ने निर्णय गरेको छ ।  
 
साथै बैठकले संघीय लोकतान्त्रिक मोर्चाको रणनितीवारे समेत आज छलफल गरेका छन । संवाद समितीले बुझाएको प्रतिवेदनवारे भोली संविधानसभाको कार्यव्यवस्था समितीले निर्णय गर्ने भएपछि मोर्चाका घटकहरु आन्तरिक छलफलमा जुटेका छन । काग्रेस एमाले तथा सभामुख समेत प्रक्रियावाट अघि वढन सक्ने संकेत गरिरहेके परिपेक्ष्यमा भोली दलहरु र कार्यव्यवस्था समितीमा त्यसवारे महत्वपुर्ण छलफलहरु हुदै छ, मोर्चामा सहभागी फोरम नेपालका उपाध्यक्ष लालबाबु राउतले भने, हामी भोली देखि हुन थालेको नयां चरणको वार्ता देखि प्रक्रियामा कसरी सहभागी हुनेवारे रणनिती बनाउन आज बसेका हौं ।

ऋाजै विहान एमाओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री सुशिल कोईरालासंग समेत भेटघाट गरेका थिए । २१ भदौको संविधानसभाको संवाद समितीको म्यादमा दलहरु विच विवादित मुद्धामा सहमती नभएपछि विवादित मुद्धाहरु सहितको प्रतिवेदन संविधानसभाका सभामुखलाई बुझाईएको थियो । यद्यपी दलहरुले सहमतीका लागी थप समय माग्ने पनि सहमती गरेका थिए । तर काग्रेस, एमालेका नेताहरुले प्रक्रियावाटै टुगों लगाउने खालका अभिव्यक्तिहरु दिईरहदा प्रतिपक्षी भुमिकामा रहेका मोर्चा कसरी अगाडी वढने वारेमा रणनिती बनाउन लागी परेका हुन ।

मधेशी पार्टीहरुले संघीयतामा कुरा नमिले र प्रक्रियामा गए आफुहरु संविधानसभावाटै वाहिरिने चेतावनी यस अघि दिएका थिए । फोरम नेपालका उपाध्यक्ष राउतका अनुसार काग्रेस नेता तथा अर्थमन्त्री डा रामशरण महताले संघीयतालाई थाती राखेर पनि संविधान जारी गर्न सक्ने वारे दिएको अभिव्यक्तिलाई मोर्चा सम्बद्ध एमाओवादी तथा मधेशी पार्टीहरुले गम्भिर रुपमा लिएको छ ।
 
उनका अनुसार काग्रेस, एमाले संघीयतालाई तुहाउन प्रक्रिया लगायतका जालझेलको कुरा अगाडी यसरी नै ल्याईरहे मोर्चा सशक्क्त रुपमा प्रतिरोधमा जान सक्ने अवस्था आउन सक्छ । मोर्चामा ५ मधेशी पार्टीहरु सहित एमाओवादी तथा  अशोक राईको पनि पार्टी सहभागी छन । मोर्चाले हालै देशका प्रमुख सहरहरुमा अन्तक्रिया कार्यक्रम गरेका थिए । 

1 comment:

  1. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न ठीक

    ReplyDelete