Monday, September 8, 2014

आन्दोलनको विकल्प छैन - मधेशी बुद्धजीवी/युवा नेताहरु



 
मधेशी पार्टीका युवा नेताहरु तथा बुद्धजिवीहरुले नयां संविधानमा मधेशको अधिकार सुनिश्चितका आन्दोलन वाहेक अरु विकल्प नभएको बताएका छन । काठमाडौंमा अन्तर पार्टी मधेशी युवा सन्जाल तथा जागृत नेपाल नामक संस्थाले आयोजना गरेको अन्तक्रिया कार्यक्रममा उनीहरु त्यस्तो कुरामा जोड दिएका छन ।  उनीहरुले मधेश आन्दोलनको मर्म विपरित संघीयता दिएर नयां संविधान जारी गर्ने तयारी अन्तिम चरणमा पुगीसकेकाले युवा नेताहरुलाई त्यसको विरुद्धमा आन्दोलनमा उत्रने सुझाए ।
 
त्रिभुवन विश्वविद्यालयमा राजनिती शास्त्रका प्राध्यापक समेत रहेका मधेशी बुद्धजिवी विजयकान्त कर्णले मधेशमा आन्द्योदन वाहेक अरु विकल्प नभएको बताए । कर्णले भने, म प्रमुख दलहरु सहित मधेशी पार्टीहरु सबैको सम्पर्कमा छु तर याहा प्रशासनिक ढाचाको संघीयता सहित नयां संविधान जारी गर्ने लगभग निश्चित भईसकेको बताए । उनले भने, मधेशी पार्टीका नेतृत्वहरु निरिह देखिएका छन, तपाई युवा नेताहरु अघि वढनुस नत्र मधेश फेरी ठगिने छ ।

सदभावना पार्टीका प्रवक्ता समेत रहेका युवा नेता संतोष मेहताले भने मधेश राजनितीमा पहिलो र दोस्रो पुस्ता पुर्णतह असफल भईसकेका कारण अगामी आन्दोलनको जिम्मा हाम्रो कांघमा आईसकेको बताए । वर्तमान मधेशी नेतृत्वहरु संग अब मधेशमा आन्दोलन गर्न सक्ने क्षमता समेत नभएको बताउदै मेहताले भने, हाम्रो पुस्ता यसमा जुटीसकेको छ ।

फोरम लोकतान्त्रिकका युवा नेता कपिलेश्वर यादवले मधेशी पार्टीहरुका युवा नेताहरु अब पनि सुझवुझका साथ अघि वढेन भने मधेश राजनिती थप समस्या तिर जाने निश्चित भएको उल्लेख गरे । राष्टिय मधेश समाजवादी पार्टीका प्रवक्ता तथा युवा नेता केशव झाले संघीयता सहित नयां संविधानको अरु कयौन विषयमा मधेशीहरुलाई वाईपास गरिरहदा पनि मधेशी नेतृत्वहरु मौन भएको आरोप लगाए ।
 
कार्यक्रममा मधेशी बुद्धजिवी तुलानारायण साहले सतारुढ पार्टीहरु प्रक्रियाको कुरा गरेर मधेशी तथा एमाओवादीे लाई तर्साएको बताए । साहले विवादित मुद्धामा सहमती नहुने लगभग निश्चित रहेको उल्लेख गरे । यसको वारेमा द्धविद्यामा नपरे हुन्छ, साहले भने, समयसिमा थप गरेपपनि काग्रेस एमाले प्रक्रियामै गएर संघीयता लगायतका विवादित मुद्धाहरु छिनोफानो गर्नेछ । साहले मधेशमा ठुला भनाउदा पार्टीहरु काग्रेस, एमाले, एमाओवादी, माओवादी संगै वर्तमान मधेशी नेतृत्वप्रति असन्तुष्ट रहेको युवा जमातले मात्र अव आन्दोलन गर्ने बताए ।
 
वाम बुद्धजिवी खगेन्द्र संग्रौलाले एमाओवादीमा देखिएको स्खलनले परिर्तनकारी शक्तिहरु धुरमुराएको बताउदै मधेशी युवाहरु सचेत भएर अगाडी वढन सुझाए । लेखक उज्जवल प्रसाईले प्रशासनिक  संघीयताको ललीपप देखाएर प्रमुख दलहरु मधेशमा थप समस्या सिर्जना गर्न खाजेको आरोप लगाए ।



1 comment:

  1. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न ठीक

    ReplyDelete