Saturday, September 6, 2014

एमाओवादी - मधेशी मोर्चाको कार्यक्रम युवा मधेशी नेताहरु द्धारा वहिष्कार


                एमाओवादी मधेशी मोर्चाको विरोधमा निकालिएको प्रेस विज्ञप्ति
 


एमाओवादी र मधेशी पार्टीहरुको संघीय मोर्चाले आज विराटनगरमा आयोजना गरेको अन्तक्रिया कार्यक्रमलाई सुनसरी, मोरड तिर सक्रिय मधेशी पार्टीहरुका केही युवा नेताहरुले वहिष्कार गरेका छन । एमाओवादी मधेश प्रति इमान्दार नभएको भन्दै ती युवा नेताहरुले मधेशी पार्टीहरुले एमाओवादी संग गरेको मोर्चाबन्दीको विरोध गरेका छन । ती युवाहरु अव उपरान्त् यी मोर्चाको नाममा हुने जस्तो सुकै कार्यक्रम पनि आफुहरुले वहिष्कार गर्ने बताएका छन ।
 
सदभावना पार्टीका केन्द्रिय सदस्य सरोज मिश्रा सहित देव राम यादव, रामचन्द्र मेहता, शान्ति देवी राम र सुरत यादवले संयुक्त विज्ञप्ति निकाल्दै मधेशी पार्टीहरुलाई पहिलो सबै मधेशी पार्टीहरुलाई एकिकरण वा एउटै मोर्चा बनाउन आग्रह गरेका छन ।

यी नेताहरुले जारी गरेको विज्ञप्तिमा मधेशी नेतृत्वको आलोचना गर्दै यीनीहरु एक नभए, मधेशी नेताहरु विरुद्धमै भण्डाफोर कार्यक्रमहरु स्थानिय स्तरमा गर्न जनाईएको छ ।

दोस्रो संविधानसभाको समानुपातिकमा मधेशी नेतृत्वहरुले गरेको सिफरिस प्रति पनि उक्त विज्ञप्तिमा उल्लेख गरिएको छ । विज्ञप्ति निकाल्ने मिश्रा राजेन्द्र महतो नेतृत्वको सदभावना पार्टीका केन्द्रिय सदस्य हुन । यो पार्टी पनि एमाओवादी मधेशी मोर्चामा सहभागी छन ।

1 comment:

  1. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न ठीक

    ReplyDelete