Wednesday, September 3, 2014

प्रकियामा गए मधेशी पार्टीहरु संविधानसभावाट बाहिरिने



संघीयता लगायतको विवादित मुद्धालाई प्रमुख दलहरु प्रक्रियाको माध्यमवाट अगाडी वढाए मधेशवादी दलहरु संविधानसभावाट वाहिरिने चेतावनी दिएका छन । खासगरी सहमती गर्ने मिती २१ भ्दौ नजिकदै जादा सभामुख लगायत प्रमुख सतारुढ दलका नेताहरुले सहमती नभए प्रक्रियाको माध्यमवाट मुद्धाहरुलाइृ छिनोफानो गर्ने बताईरहेका छन । नयां संविधानका लागी मुख्य गरी संघीयता सहित शासकीय स्वरुपमा दलहरु विच विवाद देखिएका छन । यद्यपी सबै भन्दा चुरो विवाद संघीयताकै लागी रहेको नेताहरुले बताउने गरेका छन ।
 
सतारुढ दलहरु काग्रेस र एमालेका नेताहरु उत्तर दक्षिणको पक्षमा वोलेपछि मधेशी नेताहरु शसंकित भएका देखिन्छ । यद्यपी छलफलहरु विभिन्न तहमा जारी रहेकाले अहिले नै पुरै निराश हुने अवस्था नरहेको यी नेताहरुको भनाई छ ।
 
संघीयताकै सवालमा कुरा नमिलेका कारण पहिलो संविधानसभा नयां सविधान जारी नै नगरी विघटन भएका थिए । पहिलो संविधानसभामा समेत वार्ताहरुमा सक्रिय सदभावना पार्टीका सभासद तथा नेता लक्ष्मण लाल कर्ण भन्छन, अहिले पनि अवस्था पुरानै ठाउमा छ । दलहरु विच संघीयता लगायतको विषयमा सहमती भएर समयतालिका अनुसार नै काम अघि वढनेमा आफु विश्वस्त नभएको कर्णले बताए ।

संघीयताको मुद्धामा काग्रेस र एमाले एक ठाउमा देखिएका छन भने मधेशी पार्टीहरु र एमाओवादी एक ठाउमा उभिएका छन । एमाओवादी अध्यक्ष प्रचण्डले सतारुढ दलहरुलाई पहिलो संविधानसभाले बनाएको राज्य पुर्नसंचरना समितीले सिफरिस गरेको १० प्रदेशमा सहमती गर्न दबाब सिर्जना गरिरहेका छन भने सतारुढ दलहरुले २ जेठ २०६९ मा भएको सहमती अनुरुप संघीयताको मोडलमा जान दबाब सिर्जना गरिरहेको देखिन्छ । दुई ओटा मोडलमा फरक खाली मधेशको सन्दर्भ देखिन्छ । राज्य पुर्नसंरचना समितीले सिफरिस गरेको १० प्रदेशमा मधेशमा दुई प्रदेशको परिकल्पना गरिएको छ भने २ जेठको सहमतीमा मधेश भित्र ५ प्रदेशको परिकल्ना गरिएको छ ।

ऋाफनो स्थापना देखि नै एक मधेश एक प्रदेशको नारा लगाउदै आएका मधेशी पार्टीहरु औपचारिक रुपमा अहिले पनि एक मधेश एक प्रदेशमै अडिग छन । तर अनौपचारिक कुराकानीमा उनीहरुले आफु दुई प्रदेशमा सहमत रहेको जनाउ दिई सकेका छन । काग्रेस नेता आनन्द प्रसाद दुगांनाका अनुसार हिजो एक मधेश एक प्रदेशको नारावाट दुई मधेश प्रदेशमा सहमती गर्न तयार हुनुलाई मधेशी पार्टीहरुको साकारात्मक कदम भएको टिप्पणी गरे । काग्रेस नेता दुंगानाका अनुसार काग्रेस मधेशी पार्टीहरु संग संघीयताको सवालमा धनिभुत छलफल अघि वढाईरहेका छन । कति प्रदेशमा सहमती हुन्छ, त्यो अहिले नै भन्न सकिन्न तर सहमती हुन्छ, दुंगानाले भने, त्यसका लागी हामी विभिन्न स्तरमा वार्ताहरु गरीरहेका छौं ।
 
तर यस्ता खाले सबै वार्तामा सहभागी मधेशी नेता कर्णले भने काग्रेस, एमाले अहिले पनि उत्तरदक्षिण कै मोडलमा दबाब दिईरहेको बताए । एकातिर हामीसंग उत्तरदक्षिण खाको संघीयताको कुरा गर्छन, अर्को तिर २१ गते भित्र सहमती नभए प्रक्रियामा जाने कुरा गर्दैछ, कर्णले भने, यसले उनीहरुको नियत माथी शंका गर्ने ठाउ प्रशस्त छन ।
 
हाल सतारुढ दलहरुले समयावद्यी २१ भदौ भित्र संविधानको अन्तरवस्तूमा सहमती नभए प्रक्रिया वाट टुगों लगाउने भन्न थालेका छन । जाहा निर संख्याको हिसावले विवादित मुद्धामा टुगों लगाउने प्रावधान छ । तर मधेशी पार्टीहरुले भने सतारुद्ध दलहरु प्रक्रियामा गए आफुहरु संविधानसभा नै वहिष्कार गर्ने बताएका छन । सदभावनाका नेताले कर्णले भने, सतारुद्ध दलहरु प्रक्रियामा गए त्याहा हामी बस्नुको कुनै विकल्प नै हुदैन, त्यसैले हाम्रो पार्टी त्याहावाट वाहिरिने छ । कर्णका अनुसार उनको पार्टी सदभावनाले त्यसको औपचारिक निर्णय नै केही हप्ता पहिला गरिसकेका छन । अर्का मधेशी पार्टी तराई मधेश लोकतान्त्रिक पार्टीका सहमहामन्त्री जितेन्द्र सोनलका अनुसार सतारुढ पार्टी प्रक्रियामा गए तमलोपाले पनि संविधानसभाको सबै कामकारवाहीलाई वहिष्कार गर्न आन्तरिक छलफल गरिरहेका छन । यो सवै कुराको सतारुढ दलहरुको स्थिती अनुसार हुनेछ सोनलले भने, तर हामी साकारात्मक वातावरण बन्ने छाटकाट देखिरहेका छैनौं ।

1 comment:

  1. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न ठीक

    ReplyDelete