Sunday, September 28, 2014

अब के हुन्छ सि के राउत को ?


 

असोज ८ मा विशेष वाट १४ दिने म्याद पाएका प्रहरीले २२ असोजमा उनलाई फेरी विशेष अदालत लग्ने छ । हाल सार्वजनिक मुद्धा खेपीरहेका राउत विरुद्ध प्रहरीले राज्य विरुद्धको अपराध गरेको भन्दै त्यसको अनुसन्धान गरीरहेको विशेषमा जनाएको छ । राउत विरुद्धको बन्दी प्रत्यक्षीकरणको रिटलाई सर्वोच्चले ८ असोज मै खारेज गर्दै उनको स्वास्थ उपचार उनले राजेको चिकित्सावाट गराउनु पर्ने आदेश गरेको थियो । प्रहरीले मानसिक यातना दिएको भन्दै आमरन अनशन सुरु गरेका राउतको स्वास्थ्यमा समस्या देखीन थाले पछि हाल उनलाई टिचिंग अस्पतालमा राखिएको छ । आज एक विज्ञप्ति निकाली अधिकारवादीहरुले उनलाई अनशन तोडन आग्रह गरेका छन । अधिकारवादीहरुले आमरन अनशनका कारण उनको स्वास्थ्य अवस्था विग्रदै गएको भन्दै सरकारलाइ उनी संग वार्ता गरेर भए पनि उनको अनशन तोडाउन आग्रह गरेको छ ।
 
म्याद अनुरुप प्रहरीले २२ असोजमा आफनो अनुसन्धानको आधारमा राज्य विरुद्धको अपराधको मुद्धा राउत माथी दायर गर्नु पर्ने हुन्छ । यदी २२ असोजको ५ बजे सम्म प्रहरीको तर्फवाट सरकारी वकिलले मुद्धा दायर गरेन भने राउत स्वतह थुना मुक्त हुनेछ । यो त्यती वेला मात्र सम्भव हुन्छ, जती वेला सरकारले चाहन्छन । राउतको रिहाईको लागी सरकार माथी दिनप्रती दिन चौतर्फी दबाब वढदै गएका कारण पहिलो सम्भवनाको रुपमा यो पनि हुन सक्छ ।

सुरुमा काठमाडौको मिडियामा आएको जस्तो राउत माथी प्रहरीले चाहेर पनि राज्य विपल्वको मुद्धा लगाउन पाउदैन । किनकी राज्य विपल्वको लागी कुनै न कुनै प्रकारको हिंसात्मक गितिवधी गरेको हुनु पर्छ । राउतले अलगावादको कुरा गरे पनि अहिले सम्म उनले कुनै हिंसात्मक गतिविधीलाई प्रोत्साहन दिने खालको काम गरेको छैन । पृथकतावादी गतिविधीको आधारमा प्रहरीले अहिले उनलाई राज्यद्रोहको मुद्धा मात्रै लगाउन सक्छ ।

सरकारी वकिलले प्रहरीको अनुसन्धानको आधारमा राज्यद्रोहको अभियोग लगाए पश्चात २२ गते विशेषले राउत संग वयान लिन्छ र त्यस पछि थुन्चेक बहस सुरु हुनेछ । विशेषले तदारुपता देखाए त्यसको टुगों चाडै पनि लाग्न सक्छ अथवा साधारण तारेखमा उनलाई छोडेर मुद्धाको प्रक्रिया केही लम्बिन पनि सक्छ । राज्यद्रोह अन्तर्गत ३ बर्षको कैद र जरीवाना हुन्छ भन्ने राज्य विपल्व अन्र्तग जन्मकैद हुन्छ ।
 
यद्यपी एमाओवादी अध्यक्ष प्रचण्ड सहित मधेशी पार्टीहरुका अध्यक्ष गृहमन्त्री वामदेव गौतमलाई शुक्रवार भेटेर राउतको रिहाईको माग गर्दा गौतम सरकार पनि विधि पुर्याएर उनलाई छोडने कुरा बताएका थिए । राजनितीक रुपमा भईरहेको पहलकदमी ले उनी मुद्धा त केही समय खेपे पनि २२ असोजमा छुटने सम्भावना अत्यद्यिक देखिन्छ ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete