Monday, September 22, 2014

सिके प्रकरणमा मधेशी नेतृत्वहरुको भुमिका शंकास्पद



सिके राउतलाइ प्रहरीले मोरडको रंगेलीवाट पक्राउ गर्नु पुर्व प्रधानमन्त्री सुशिल कोईरालाले प्रमुख मधेशी पार्टीहरुका अध्यक्षहरु लाई जानकारी गराएको सुचना विशवस्त सुत्रहरुले दिएको छ ।

२८ भदौमा प्रहरीले बेलुकी सात बजेको सेरोफोरोमा राउतलाई नियन्त्रण लिनु भन्दा केही घन्टा पुर्व प्रमुख मधेशी पार्टीहरुहरु का अध्यक्ष र प्रधानमन्त्री विच वालुवाटारमा बैठक भएको थियो ।

स्रोतले भन्यो, संसद अवरुद्धको वारेमा छलफल गर्नुछ भनेर वालुवाटारमा मधेशी पार्टीहरुका अध्यक्षहरु डाकिएको थियो, संसद अवरुद्धको वारेमा समान्य छलफल पछि प्रधानमन्त्रीले मधेशी पार्टीहरुका अध्यक्षलाई गृहले सिके राउतलाई नियन्त्रण दिनु पर्ने रिर्पोट गरेको जानकारी दिएका थिए । प्रधानमन्त्रीको उक्त भनाई पश्चात मधेशी पार्टीका अध्यक्षहरुले के प्रतीउत्तर दिएका थिए त्यो भन्ने अहिले सम्म जानकारीमा आउन सकेको छैन । यद्यपी प्रधानमन्त्रीले सिके राउत र जेपी गुप्ता मधेशमा सम्भावित खतराको रुपमा रहेको भन्दै गृहले आफुलाई रिर्पोटिंग लागातार गरिरहेको र राउतलाई तत्काल नियन्त्रण नगरे मधेशमा विखण्डवादी धारको राजनिती नयां संविद्यानको जारी संगै ठुलो खतराको रुपमा आउन सक्ने बताएको थियो ।

राउतको नियन्त्रण पश्चात मधेशीमा भईरहेको विरोधमा मधेशी पार्टीहरुका अध्यक्षहरुले आफनो स्थानिय नेताकार्यकर्तालाई सहभागी नहुन निर्देशन दिईरहेको समाचार आईरहेको सन्दर्भमा २८ भदौमा वालुवाटारमा भएको प्रधानमन्त्री तथा मधेशी पार्टीहरुको अध्यक्षहरुको बैठकलाई महत्वपुर्ण रुपमा लिइएको छ ।

पक्राउ गर्नु १० दिन पुर्व नै  राउत आफनो अभियानको सिलसिलामा नवलपरासी, रुपन्देही कपिलवस्तू तिर जादा फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आफैले फोन गरेर राउतको प्रशिक्षणमा सहभागी नहुन कडा निर्देशन दिएका थिए ।

स्रोतका अनुसार राउतको वारेमा नेपाल प्रहरीले साउनको तेस्रो साता देखि नै सरकारलाइ निरन्तर सुचना दिदै उनलाई निगरानीमा राखेका थिए । साउतको तेस्रो साता विराटनगरमा गृहमन्त्रीकै उपस्थितीमा पुर्वान्चलका जिल्ला प्रमुखहरु र जिल्ला प्रहरी प्रमुखहरुको वैठकमा प्रहरीले सि के राउत र जेपी गुप्ता मधेशका लागी सुरक्षा चुनौती बनिनरहेको रिर्पोट गरेका थिए । खासगरी नयां संविद्यान जारी भएपछि मधेशमा देखिन सक्ने असन्तुष्टिलाई गुप्ताले भडकाउन सक्ने तथा त्यसपछि विखण्डनको राजनितीलाई राउतले सशक्क्त रुपमा अगाडी ल्याउन सक्ने अवस्था रहेको रिर्पोट प्रहरीले दिएको थियो ।

द्योस्रो संविद्यान सभाको निर्वाचनवाट अत्यन्तै कमजोर देखिएका मधेशी पार्टीहरुले मधेशको उक्त अवस्थालाई नियन्त्रणमा राख्न नसक्ने सुरक्षा अधिकारीहरुको रिर्पोट थियो । विराटनगरवाट उक्त रिर्पोट लिएर काठमाडौ आउने वितिकै गृहमन्त्री वामदेव गौतमले प्रधानमन्त्रीलाई उक्त कुराको जानकारी गराएका थिए ।

त्यसकै केही दिनमा संवाद समितीको बैठकमा एमाओवादी नेता बाबुराम भटराईले राउतलाई छलफलमा बोलाएका थिए । संवाद समितीको चिठी मोरड जिल्ला प्रशासन कार्यलयका कर्मचारीहरु राउतलाई भेटेर दिएका थिए भने उनलाई काठमाडौ ल्याउने जिम्मा बाबुराम भटराईका निजी सचिव विश्वदिप पाण्डेले निभाएका थिए ।
कतिपय जानकारहरुको बुझाईमा राउतलाई प्रहरीले नियन्त्रणमा लिएपछि केही अधिकारवादीहरुको आग्रह तथा मधेश देखिएको विरोधलाई मध्यनजर गर्दै मधेशी पार्टीहरुका अध्यक्षहरुले पार्टीको नाममा उनको रिहाईको लागी अपिल जारी गरेका थिए । यद्यपी यी सबै घटनाक्रमको वारे मधेशी पार्टीहरुका अध्यक्षहरु राम्ररी जानकारी राखेका थिए ।

मधेशी पार्टीहरुका अध्यक्षहरुलाई आफुहरुको राजनिती नै समाप्त पार्ने सम्भावना सिके राउत र जेपी गुप्ताको अभियानमा देख्दा प्रधानमन्त्रीको पुर्व सुचनालाई उनीहरु साकारात्मक रुपमै लिएको बुझिएको छ ।

यद्यपी राउतको पक्राउ पश्चात मधेशमा देखिएको अवस्थाले कतै थप क्षती हुन लागेको छैन भनेर अध्यक्षहरुले आज सिंहदरवारमा गहन छलफल गरेको नेताहरुको भनाई छ । सर्वोच्चले अगामी ८ गते के गर्छन त्यसलाई हेरेर मात्रै केही वोल्नु उपयुक्त हुने उनीहरुले निष्कर्ष निकाले बुझिएको छ । मधेशी पार्टीहरुमा राउतको रिहाईको लागी आन्दोलनमा जानु पर्ने ठुलो दबाब देखिन्छ ।

1 comment:

  1. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न ठीक

    ReplyDelete