Friday, September 5, 2014

मधेशी पार्टीहरुको छुटै मोर्चा बनाउने कसरत


 
केही समय पहिला एमाओवादी संग संघीय लोकतान्त्रिक मोर्चा बनाएका ५ ओटा मधेशी पार्टीहरु विच छुटै मधेशी मोर्चा बनाउने कसरत सुरु गरिएको छ । पछिल्लो समयमा प्रमुख दलहरुले बनाउने भनिएको राजनितीक समितीमा सहभागी गराउने उदेश्यले यी पांच मधेशी पार्टीहरुले छुटै मोर्चा बनाउने तयारीमा जुटेका छन । मुख्य गरी एमाले र काग्रेसले राजनितीक समितीमा मधेशी पार्टीलाई सहभागी नगराउने पक्षमा देखिएका छन तर प्रचण्डले मधेशी पार्टीहरुलाई जसरी पनि सहभागी गराउनु पर्ने अडान लिदै आएका छन ।
 
वर्तमान सरकारको निर्माणको वेला ९ पुषमा खासगरी काग्रेस, एमाले, एमाओवादी र मधेशी पार्टीहरुविच भएको ४ बुदे सहमती अनुरुप राजनिती समिती बनाउनु पर्ने माग सहित एमाओवादी र मधेशी पार्टीहरु पछिल्लो समयमा व्यवस्थापिका संसद अवरुद्ध पार्दै आएका छन । संसद अवरुद्ध भएपछि काग्रेस एमाले उक्त समिती बनाउन तयार भए पनि मधेशी पार्टीहरुलाई सहभागी नगराउने अडान कसेका थिए तर प्रचण्डले नमाने पनि काग्रेस साकारात्मक भईसकेका छन भने एमाले अझै प्रष्ट भईसकेका छैन ।

काग्रेस साकारात्मक भए लगतै एमाओवादी अध्यक्षसंगको सल्लाहमा संघीय मोर्चामा सहभागी पांच मधेशी पार्टीहरु विच मोर्चाबन्दीको तयारीमा  नेताहरु लागी सकेका छन । संघीय मोर्चा विजय गच्छदार, महन्थ ठाकुर, उपेन्द्र यादव, राजेन्द्र महतो र महेन्द्र यादव सहभागी छन । यी नेताहरु विच छुटै मधेशी मोर्चा बनाउन फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदार लागी परेको उनी निकटस्तहरुले बताएका छन ।

पहिलो संविधान सभामा पनि संयुक्त लोकतान्त्रिक मधेशी मोर्चामा आवद्ध भएर मधेशी पार्टीहरु सक्रिय थिए । पार्टी विभाजन पश्चात उपेन्द्र यादव उक्त मोर्चावाट अलग भएका थिए । पहिलो संविधानको विघटन संगै मधेशी नेतृत्वहरु विच मनमुटाव वढदै जदां उक्त मोर्चा निसक्रिय भएका थिए । त्यही मोर्चाकै आधारमा मधेशी पार्टीहरु संगै निर्वाचन जाने अभ्यास पनि गरिएको थियो तर नेताहरु विच कुरा नमिल्दा मधेशी पार्टीहरु एक्ला एक्लै निर्वाचनमा गए ।
 
दोस्रो संविधानसभाको निर्वाचनमा सबै मधेशी पार्टीहरु नराम्ररी पराजय व्योहोरे पछि मधेशी पार्टीहरु विच एकिकरणको कुरा चलेको थियो । सुरुमा महन्थ ठाकुर, उपेन्द्र यादव र राजेन्द्र महतो विच एकिकरण हुने व्यवापक चर्चा भयो र यी दलहरु विच एकिकरण गर्ने संद्धान्तिक सहमती समेत भएको थियो । तर पछि नेतृत्वमा कुरा नमिल्दा यी तीन मधेशी पार्टीहरु विच एकिकरण हुन सकेन । गएको २३ साउनमा उपेन्द्र यादवले औपचारिक रुपमा ठाकुर  महतोलाई आफु एकिकरणमा सहभागी नहुने बताए पछि ठाकुर र महतो विच एकिकरण हुने चर्चा भयो । तर यी दुई पार्टी विच पनि एकिकरण हुन सकेन ।
 
मधेशी पार्टीहरु विच एकिकरणको प्रसंग चलिरहदा नै पांच मधेशी पार्टी सहित एमाओवादी अध्यक्ष प्रचण्डले अशोक राईलाई समेत लिएर संघीय लोकतान्त्रिक मोर्चाको घोषणा गरेका थिए । जुन मोर्चाको मधेशमा व्यापक आलोचना भएको थियो । तर मधेशी पार्टीहरु नेताहरुले काग्रेस एमाले संग संविधानका विवादित मुद्धामा वार्गेनिंग गर्ने उक्त मोर्चाको ठुलो महत्व हुने भनेर प्रष्टाएका थिए । हालैका दिनहरुमा संसद अवरुद्ध देखि दलहरुको वार्तामा ती मोर्चा एउटा पक्षको रुपमा देखिए । र ससद अवरुद्ध पश्चात दलहरु विच भएको संवाद पश्चात बनाउने लागीएको भनिएको समितीमा सहभागी हुन पाच मधेशी पार्टीहरुका अध्यक्षहरु विच छुटै मधेशी मोर्चा निर्माण गर्न लागीएको नेताहरुले बताएका छन । यद्यपी मधेशी नेतृत्वहरु रहेको व्यापक अपसी शंका उपशंका कारण कति दिनमा र कस्तो मोर्चा बन्ने हो भन्ने कुरा अझै अनिश्चित देखिएको छ ।

1 comment:

  1. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न ठीक

    ReplyDelete