असोज ८ मा विशेष वाट १४ दिने म्याद पाएका प्रहरीले २२ असोजमा उनलाई फेरी विशेष अदालत लग्ने छ । हाल सार्वजनिक मुद्धा खेपीरहेका राउत विरुद्ध प्रहरीले राज्य विरुद्धको अपराध गरेको भन्दै त्यसको अनुसन्धान गरीरहेको विशेषमा जनाएको छ । राउत विरुद्धको बन्दी प्रत्यक्षीकरणको रिटलाई सर्वोच्चले ८ असोज मै खारेज गर्दै उनको स्वास्थ उपचार उनले राजेको चिकित्सावाट गराउनु पर्ने आदेश गरेको थियो । प्रहरीले मानसिक यातना दिएको भन्दै आमरन अनशन सुरु गरेका राउतको स्वास्थ्यमा समस्या देखीन थाले पछि हाल उनलाई टिचिंग अस्पतालमा राखिएको छ । आज एक विज्ञप्ति निकाली अधिकारवादीहरुले उनलाई अनशन तोडन आग्रह गरेका छन । अधिकारवादीहरुले आमरन अनशनका कारण उनको स्वास्थ्य अवस्था विग्रदै गएको भन्दै सरकारलाइ उनी संग वार्ता गरेर भए पनि उनको अनशन तोडाउन आग्रह गरेको छ ।
म्याद अनुरुप प्रहरीले २२ असोजमा आफनो अनुसन्धानको आधारमा राज्य विरुद्धको अपराधको मुद्धा राउत माथी दायर गर्नु पर्ने हुन्छ । यदी २२ असोजको ५ बजे सम्म प्रहरीको तर्फवाट सरकारी वकिलले मुद्धा दायर गरेन भने राउत स्वतह थुना मुक्त हुनेछ । यो त्यती वेला मात्र सम्भव हुन्छ, जती वेला सरकारले चाहन्छन । राउतको रिहाईको लागी सरकार माथी दिनप्रती दिन चौतर्फी दबाब वढदै गएका कारण पहिलो सम्भवनाको रुपमा यो पनि हुन सक्छ ।