Sunday, August 31, 2014

फोरम लोकतान्त्रिकमा किन नाम फेर्ने मुद्धा उठदैछन ?



 
पहिलो संविधानसभाको विघटन संगै विजय गच्छदार नेतृत्वको मधेशी जनअधिकार फोरम नेपाल लोकतान्त्रिक पार्टी भित्र पार्टीको नाम फेर्ने मुद्धा बारम्बार उठने गर्छन ? आखिर किन ? पार्टी भित्रको यसको वारेमा प्रष्ट रुपमा दुई धार देखिन्छ । एउटाले भन्छ, राष्टिय पार्टी बनाउनु पर्यो, त्यसका लागी पार्टीको नाम फेर्नै पर्छ । अर्को पक्ष भने, नफर्ने पक्षमा देखिन्छ । थारु समुदायवाट प्रतिनिधित्व गर्ने लक्ष्मण थारु लगायतका पक्षहरु नाम फेर्नु पर्ने पक्षमा छ भने वरिष्ठ उपाध्यक्ष रामेश्वर राय लगायतका नेताहरु नाम नफेर्न पक्षमा देखिन्छ । आखिर के लक्ष्मण थारुकै चाहना अनरुप फोरम लोकतान्त्रिक भित्र नाम फर्ने मुद्धा वारम्वार उठदै छन त ? मधेश राजनितीका भित्रियाहरु यसको कारण लक्ष्मण थारु लगायतको  चाहना अनुरुपको राष्टिय मुद्धा भन्दा पनि विजय गच्छदारको व्यक्तिगत राजनितीलाई ठान्छन ।

दोस्रो संविधानसभामा सभासदको संख्याको आधारमा भन्ने हो भने, फोरम लोकतान्त्रिक मधेशी पार्टीहरुमा सबै भन्दा ठुलो पार्टी हो । र विजय गच्छदार उक्त पार्टीका अध्यक्ष हुन । तर पनि गच्छदार आजको मितीमा मधेश राजनितीको अधिकारिक खेलाडी होईन । उनले पहिलो संविधानसभा देखि नै आफुलाई त्यस रुपमा प्रस्तुत गर्दै उक्त भुमिका खोज्न के सम्म गरेनन तर पनि उनलाई उक्त भुमिका नभेटिए पछि उनी मधेश राजनितीवाट पलायन हुने मनस्थिती बनाईसकेको कतिपय जानकारहरुको बुझाई छ ।

दोस्रो संविधान पश्चात त तीन प्रमुख मधेशी पार्टीको भनिएको एकिकरणमा गच्छदारले लाख उपाय अपनाउदा पनि उनीलाई सामेल नगराउनु त्यसको एउटा प्रमुख संकेत थियो । त्यती मात्रै काहा हो र, हालै उक्त एकिकरणवाट उपेन्द्र यादव वाहिरिए लगतै गच्छदारले गोप्य रुपमा महन्थ ठाकुर र राजेन्द्र महतोलाई भेटेरै नयां चर्चामा रहेको तमलोपा र सदभावना विचको एकिकरणमा सामेल गराउन पहल गरे । तर गच्छदारको उक्त प्रयास  सफल नभएको जानकारहरु बताउछन । उक्त प्रयासमा पनि गच्छदार विफल भएपछि कतिपय आफना निकटस्तहरुका माझका उनले नयां संविधान जारी भए लगतै आफु काग्रेसमा फर्कन सक्ने सम्मका सम्भावना वारेमा जानकारी गराईसकेका छन ।

यसरी मधेश राजनिती भित्र आफु असुरक्षित हुदै गएको आधास गच्छदारलाई दोस्रो संविधानसभाको पुर्व सन्धयामै भईसकेको छ । तर उनी घर न घाटको अवस्थामा पुगीसकेका कारण यनले उपयुक्त समयको प्रतिक्षामा छन । सताको खेलाडी मानिने र राजनिती जोडघटाउमा परागंत मानिने उनी भविष्यमा मधेश राजनितीवाट सदाका लागी विदा लिए त्यो अनौठो नमाने हुन्छ ।
 
फोरम लोकतान्त्रिकमा ३५ प्रतिशत थारु, १५ प्रतिशत मुसलमान, २० प्रतिशत आदिवासी जनजाती छन् भने केही पहाडी ब्राम्हणरक्षेत्री र अरु मधेसका समुदाय छन् । अहिले फोरम लोकतान्त्रिकका १४ सभासद् छन् । अध्यक्ष विजयकुमार गच्छदारसहित ६ जना थारु, एक मुसलमान, ३ पहाडी ब्राम्हणरक्षेत्री, दुई तराई ब्राम्हण, एक दलित र एक मारवाडी छन् । 





No comments:

Post a Comment