Thursday, August 28, 2014

फोरम नेपालको प्रमुख सचेतकमा शिवजी यादव


मधेशी जनअधिकार फोरम नेपालको प्रमुख सचेतकमा सभासद शिवजी यादव मनोनित भएका छन । बुधवार फोरम अध्यक्ष उपेन्द्र यादवले शिवजी यादवलाई प्रमुख सचेतक तथा उपाध्यक्ष लालबाबु राउतलाई उपनेतामा मनोनित गरेको उक्त पार्टीले जनाएको छ । केही समय अघि फोरमको पार्टी कार्यलयमा शिवजी यादव र पार्टीको नेतृ रेणू यादव विच गालीगलौच सहित झगडा भएपछि पार्टीले शिवजी यादवलाई सात महिनाको लागी निलम्बन गरेका थिए ।


शिवजी यादव फोरम नेपालको समानुपातिक कोटामा सभासद भएका हुन । सभासदमा मनोनित हुदा उनले कबुल गरेको रकम नदिदा रेणू यादव संग उक्त झगडा भएका थिए । नेताहरुका अनुसार विस्तारै कुरा मिल्दै जादा पार्टी अध्यक्ष ले उनी माथीको कारवाही फुकुवा गर्ने तयारीमा जुटेका छन ।

No comments:

Post a Comment