Sunday, August 24, 2014

मधेशी - एमाओवादी गठवन्धन - सत्ताको सांचो बन्दै


 

प्रमुख मधेशी पार्टीहरु र एमाओवादी विचको गणतान्त्रिक मोर्चाले भदौं भित्र संघीयता सहितको संविधानको अन्र्तवस्तूमा सहमती गर्न सत्तारुढ दलहरुलाई अल्टीमेटन दिएका छन । अर्को तर्फ सत्तारुढ काग्रेस र एमाले विचको दुरी वढदै गएका छन । साथै एमालेका अध्यक्ष केपी ओली प्रधानमन्त्री बन्नका लागी विभिन्न तहमा गृहकार्य सुरु गरिसकेको देखिन्छ । काग्रेस आफनै नेतृत्वमा जसरी भए पनि नयां संविधान जारी गर्ने ठुलो कसरतमा जुटेको देखिन्छ । यसरी एमाले अध्यक्ष ओलीको प्रधानमन्त्री बन्ने दाउ र काग्रेसले आफनै नेर्तत्वमा संविधान बनाउने अध्यास विचको दुवै पक्षले आ आफनो आडको रुपमा मधेशी पार्टीहरु र एमाओवादी सम्मलीत गठवन्धनलाई राखेर हिसाव किताबको गर्नुको साथै यी पक्षहरुलाई फकाउन लागी परेको देखिन्छ ।
 
बाहिर हल्लामा रहेको काग्रेस एमालेको कटुताले कतै ओली सुशिल कोईरालाको सरकारवाट बाहिरिएर मधेशी-एमाओवादी सम्मलीत सरकार बनाउला कि भनेर चर्चा व्यापक सुनिनमा आएका छन । र, त्यसकै चाल पाएर होला काग्रेसीहरु प्रतिरक्षाका लागी विभिन्न उपायहरु ऋपनाउन थालेका छन । केही दिन अघि मात्रै काग्रेसका नेताहरु रामचन्द्र पौडल र महेश आचार्यले प्रमुख तीन मधेशी पार्टीहरुका अध्यक्षहरुसंग सामुहिक छलफल गरेर मधेशी पार्टीहरुलाई विश्वासमा लिन खोजेको बुझिन्छ । पौडेल र आर्चाले फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदार, तमलोपाका अध्यक्ष महन्थ ठाकुर र सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो संग गरेको उक्त छलफललाई कतिपय भित्रियाहरुले महत्वपुर्ण रुपमा व्याख्या गरेका छन ।

स्रोतका अनुसार उक्तफलमा तीनै मधेशी पार्टीका अध्यक्षहरु गच्छदार, ठाकुर र महतोले काग्रेस नेताहरुलाई संघीयतामा मधेशी पार्टीहरुको उचित भावनालाई सम्बोधन गरेर आफुहरु काग्रेस नेतृत्वको सरकारलाई ढल्न नदिने वचन दिएका थिए । कतिपय भित्रियाहरुको अनुसार काग्रेस र मधेशी पार्टीहरु विच खासगरी मधेशमा दुई प्रदेश बनाउने गरी विभिन्न तहमा तीव्र सम्बाद पछिल्ला समयमा भईरहेको छ । मधेशमा दुई प्रदेशको पक्षमा मधेशका आमबुद्धजीवीहरु पनि सहमत देखिन्छन । र दोस्रो प्रमुख कारण के हो भने, काग्रेसले संघीयताकै कारण यदी मधेशमा फेरी आन्दोलन भयो भने पहिलो संविधानसभामा गुमाएर हालै दोस्रो संविधानसभामा फर्काएको साख फेरी गुम्न सक्ने र यसले सबै भन्दा वढी क्षती काग्रेसलाई नै हुने निष्कर्षमा पुगेका छन ।

यी तथ्यहरुको माझ यदी एमाले संग काग्रेस नेतृत्वको् वर्तमान सरकारको दुरी वडदै गयो भने काग्रेसले मधेशी पार्टीहरु सहित एमाओवादीको विश्वासमा लिएर अघि वढने प्रयास थाली सकेका छन । अर्को तर्फ प्रधानमन्त्री बन्ने दाउमा रहेका एमाले अध्यक्ष ओली एमाओवादी अध्यक्ष प्रचण्डसंग लागातार बैठकहरु गरिरहेको सामाचारहरु आईरहेका छन । र ओली प्रचण्डकै केही बैठक पश्चात मधेशी-एमाओवादी विचको गठवन्धनको गतिविधीहरु ह्वातै वढेको देखिन्छ । यसरी हाल भईरहेको दुवै थरीको अभ्यासको साचोको रुपमा देखिन थालेका छन मधेशी -एमाओवादी विचको गठवन्धन । यद्यपी केही शिर्ष मधेशी नेताहरुका अनुसार मधेशी नेतृत्वहरु कागे्रस नेतृत्वकै सरकारले संविधान जारी गरोस भन्ने पक्षमा छ तर काग्रेसले मधेशी पार्टीहरुको भावना अनुसार संघीयता सहित संविधानमा सहमत हुनु पर्ने हुन्छ । यसका लागी आन्तरिक रुपमा विभिन्न तहमा विभिन्न खाले गम्भिर छलफलहरु भईरहेको नेताहरुको भनाई छ ।

No comments:

Post a Comment