Friday, August 22, 2014

सिके राउत एक कदम अगाडी कि एक कदम पछाडी ?





 
                                                        सिके राउत

केही बर्ष यता मधेशमा सक्रिय सिके राउत हिजो विहिवार संविधानसभाको समिती संग छलफलमा सहभागी भए । अमेरिकावाट शान्दार आफनो वैज्ञानिक जीवन परित्याग गरेर मधेशका लागी काम गर्न भनेर उनी पछिल्लो केही बर्ष यता मधेश केन्द्रित अनुसन्धान मुलक किताबहरु लेख्दै प्रकाशन गरिरहेका छन । उनी मधेशमा आए संगै मधेश छुटै राज्यको अवधारणा अघि सार्नेमा पर्छन । साथै उनी पछिल्लो समयमा स्वराजको को पनि प्रश्न उठाउने गरेका छन । राउतले विहिवार संविधानसभाको समितीमा एमाओवादी नेता बाबुराम भटराइ संग गरेको वार्तालाइ मधेशका पण्डितहरुले ऐतिहासिक परिघटनाको रुपमा चित्रण गरेका छन । राउतले समितीसंगको संवादको क्रममा जनताको छुटै राज्य बनाउने अधिकारलाई कानुनमै उल्लेख गर्न सुझाए । यसको अर्थ तत्काल उनी मधेश नेपाल भित्रकै एउटा संघीय राज्यको रुपमा स्विकार गर्न तयार रहेको सन्देश आउछ । यद्यपी राउतले खुलेरै यसको वारेमा अहिले सम्म त केही बोलेका छैन । तर उनको विहिवारे वार्तालाई मुख्य गरी दुई रुपमा व्याख्या गर्ने गरिएको छ । पहिलो त उनी मधेशी पार्टीहरु भन्दा एक कदम अगाडी वढेर संघीयताको कुरा गरेका छन । अबको संविधानसभाले गर्न लागेको राज्य पुर्नसंरचनामा मधेशले पाउने संघीयता अधिकार सम्पन्न स्वायत्त हुनु पर्छ । यदी त्यसो भएन भने मधेशीहरु छुटै राज्य बनाउन कानुन सम्बत तवरले स्वतन्त्र हुन पाउनु पर्छ । यस माने उनी मधे्शी पार्टीहरु भन्दा एक कदम अगाडी रहेको बुझिन्छ भने दोस्रो तर्फ उनी अमेरिका देखि आए संगै उनले उठाउदै आएका छुटै राज्यको अवधारणवाट एक कदम पछाडी भएर संवैद्यानिक तवरले नै मधेशलाई अधिकार सम्पन्न बनाउनु पर्छ भने । यी दुवै  थरीका व्याख्या राउतको वारेमा अहिले देखिएको छ । यद्यपी उनको वास्तविकता के हो त्यो स्वयंम उनी आफै वा आउदो समयले प्रमाणित गर्ने नै छ ।

विहिवार संविधानसभाको समितीले राउतलाई वोलाएर छलफल गर्नु एक सराहनिय कदम छ । भित्रियाहरुका अनुसार यसका लागी एमाओवादी नेता बाबुराम भटराई धन्यवादका पात्र हुन । भटराई संवाद समिती मार्फत राउतलाई छलफलमा सहभागी हुन पत्र मात्र पठाएनन वरु उनी आफै राउतसंग सम्पर्क गरेर काठमाडौ डाके । आशा गरौ भटराइको यो समितीले आउदो नयां संविधान मार्फत मधेशलाई उचित व्यवस्थापन गर्न सफल हुने छ । मधेशमा अलगाववादको अवधारणा ल्याउने राउन पहिलो व्यक्ति होइन तर राउतको व्यक्तित्व आकर्षक भएका कारण यसको प्रभाव विगतकै जस्तै होला भनेर कल्पना गर्नु मुर्खता हुनेछ काठमाडौंको । खासगरी दोस्रो संविधानसभामा मधेशी पार्टीहरु पराजय भएपछि राउतको चर्चा मधेशमा खुवै सुन्नमा आउन थालेका छन । त्यसैले यसलाई बेलैमा उचित सम्बोधन गरेर अगाडी वढनु नै देश र मधेश दुवैका लागी हितकर हुनेछ । आशा गरौ विहिवारको ऐतिहासिक छलफलले मधेशलाई नयां ढंगले व्यवस्थापन गर्न मद्धत पुग्ने छ ।

No comments:

Post a Comment