Wednesday, August 20, 2014

इबोला भाइरसको खतरामा मधेश

 
  

यतिखेर नेपालमा प्राणघातक इबोला भाइरसको चर्चा उत्कर्षमा पुगेको छ। जनतामा त्रास छाएको छ। भारतको नयाँ दिल्लीमा इबोला संक्रमित भेटेको समाचार सुनेर/पढेर नेपाली जनता झन आतंकित बनेका छन्। अहिले नेपालभर जहाँत्यही इबोलाको चर्चा छ। गाडीमा यात्रा गर्दा होस् वा पसलमा चिया खाँदा जताततै इबोलाकै चर्चा सुनिन्छ। नेपाली मिडियाले झन इबोलाबारे नकारात्मक चर्चा गरेर सर्वसाधारणलाई आतंकति पार्ने काम गरेको छ। प्राणघातक इबोलाबारे घातक कुरा गरेर मिडियाले कतिपय नेपालीको प्राण उडाउन लागेको छ।

इबोला भाइरस संक्रमणको सुरुवात पश्चिम अफ्रिकाका गिनी देशबाट सन् २०१३ को डिसेम्बरमा सुरु भयो। गिनीमा इबोला भाइरस जंगली जनावरबाट मानिसमा सरेको विज्ञहरुले बताएका छन्। हालसम्म लाइबेरिया, सियरालियोन नाइजेरियामा व्याप्त रहेका भनिएको इबोलाबाट हजार बढीको ज्यान लिइसकेको छ। इबोला एक महामारीको रुप लिएको छ। यो महामारी रोक्न संक्रमण देखिएका देश जति प्रयास गरेपनि असफल देखिएको छ। अन्य अन्य देशहरुमा पनि फैलिन थालेको छ। यो प्राणघातक इबोलाबाट बच्न विश्वभर सतर्कता अपनाइसकेको छ।

इबोलाको फैलँदो संक्रमणबारे सतर्कता अपनाउन नेपाल सरकारले पनि अफ्रिकी मुलुकबाट आउने पर्यटकका हकमा तत्कालका लागि नेपाल भ्रमणको भिसा नदिने निर्णय गरिसकेको छ। नेपाली नागरिकलाई अफ्रिकी मुलुकमा भ्रमणका लागि रोक लगाइसकेको छ। अन्तर्राष्ट्रिय विमानस्थलमा भदौ गतेदेखि हेल्थ डेक्स सञ्चालनमा ल्याइसकेको छ। तर विमानस्थलमा मात्र डेक्स खडा गरेर इबोलाबाट बाँच्न सकिदैन्। इबोला भाइरसबाट नेपाललाई जोगाउन हरेक सिमा नाकामा डेक्स खडा गरी सतर्कता अपनाउन जरुरी छ। 


दिल्लीमा इबोलाको संक्रमित फेला परेको खबरले विशेषगरी मधेशवासीलाई सताएको छ। मेधशका हरेक जिल्ला मात्र नभई गाउँ गाउँबाट वेरोजगार यूवाहरु रोजगारका लागि दिल्ली पुगेका छन्। भौलिक दूरीका हिसाबले दिल्लीबाट मधेशका जिल्लाहरु नजिक छ। त्यसैले मधेश प्रभावमा पर्न सक्छ। मधेशका बासिन्दाको दिल्ली ओहोर दोहोर पनि बढी नै हुन्छ।  जसले गर्दा इबोला भित्रिने सम्भावना पनि उत्तिकै बढी रहेको छ। 

दिल्लीमा करिब ५० हजार भन्दा बढी मधेशी बस्छन्। दिल्लीमा रोजगारीका लागि पूग्ने सबभन्दा बढी सिरहा, सप्तरी, सुनसरी, धनुषा जिल्लाका बासिन्दा छन्। तर यि जिल्लाका नाकाहरुमा अहिलेसम्म सर्तकता अपनाइएको छैन्। खुल्ला सिमाका कारण निर्वाध रुपमा नेपाली भारतीय ओहोर दोहोर गर्छन्। यसले ईबोला भित्रिने विशेष सम्भावना छ। यो सम्भावनालाई टार्न मधेशका जिल्लाका नेपाल भारत सिमा नाकाहरुमा पनि डेक्स खडा गरी विशेष सतर्कता अपनाउन जरुरी छ।

इबोला संक्रमितको उपचार गर्दागर्दै स्वास्थ्यकर्मीको पनि अफ्रिकी मुलुकमा मृत्यू भएको छ। यसबाट नेपालले पाठ सिक्नु पर्छ। नेपालका स्वास्थ्यकर्मीहरु इबोलाबारे झन अनभिज्ञ नै छ। यस्तो अवस्थामा कहि नेपालमा इबोला भित्रिएपनि स्वास्थ्यकर्मीहरुको हालत के होला? यो विषयमा पनि राज्यले सोच्नुपर्छ। सचेत हुनुपर्छ। देशभरका अनभिज्ञ स्वास्थयकर्मीहरुलाई इबोलाबारे विशेष तालिमको व्यवस्था गर्नुमा ढिलो गर्नुहुँदैन्। राजधानी केन्द्रीत स्वास्थ्यकर्मी भन्दा पनि मधेश केन्द्रित स्वास्थ्यकर्मीलाई यो तालिमको विशेष खाँचो यतिखेर।

किनकी मधेश विशेष खतरामा छ। मधेशका अधिकांश जिल्ला भारतसँग जोडिएको छ। सिमानाका खुल्ला छ। त्यसैले यि नाकाहरुमा विशेष सर्तकता अपनाई दक्ष स्वास्थ्यकर्मीको डेक्स खडा गनु जरुरी छ।

राजधानीमा ठूलठूला हस्पिटल छ। त्यहाँ रहेका अन्तराष्ट्रिय विमान स्थल भएर इबोला भित्रिएपनि केहि समय थेग्न सक्छ। तर मधेशको कुनै जिल्ला वा गाउँका कोही एक जना मात्र इबोला भाइरसका सिकार भयो भने देशभर फैलिन खासै समय लाग्दैन्। इबोला लागिसकेपछि बाँच्ने सम्भावना १० प्रतिशत मात्र हुन्छ। मानिसबाट मानिसमा इबोला तिब्र रुपमा सर्दछ। विशेषगरी रगत, अन्य जैविक रस यौन सम्पर्क गर्दा इबोला एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने गर्छ। मधेशका जिल्लाहरुमा राजधानी जस्तो हस्पिटल छैन्। यहाँका सामान्य विरामी पनि उपचार गराउन राजधानी नै पुग्छन्। हुनत राजधानीमा पनि जुन खालको दक्ष स्वास्थय विज्ञ हुनुपर्छ, त्यस्तो किसिमको छैन्। तर मधेशको तुलनामा राजधानीमा उच्च खालका प्रविधि दक्ष स्वास्थ्यकर्मी छ। यस हिसावले पनि मधेशका हरेक जिल्लाका हरेक नाकामा दक्ष स्वास्थ्यकर्मी तैनाथ गर्नु आवश्यक देखिन्छ।

इबोला भाइरसको सिकार भएको व्यक्तिमा सबभन्दा पहिलो लक्षण टाउको दुख्ने, ज्वरो लाग्ने मांशपेशी थाक्ने हो। यस्ता लक्षणहरु देखा पर्दा मधेश गाउँघरका व्यक्तिहरु अस्पताल नै पुग्दैन्। चेतनाको अभाव छ। काम गरेेपछि थाकेको महसुस हुन्छ अर्थात ज्वरो लाग्छ भन्ने गाउँघरका मानिसको गलत सोच हुन्छ। यस्तै गलत सोचले इबोला भाइरसले छिट्टै उग्ररुप लिन्छ। मधेश नै स्वाहा हुन्छ। नेपाल बाँच्न सकिन्छ भन्न पनि गाह्ो अवस्थाको सृजना हुन्छ। यस्तो भयावह स्थितिको सृजना हुन नदिन गाउँघरमा पनि ईबोलाबारे विशेष अभियान चलाउन राज्यले विशेष कार्यक्रमको घोषणा गर्नुपर्छ।

 संतोष कुमार/सिरहा/सेतोपाटी

No comments:

Post a Comment