Monday, August 18, 2014

झोले मधेशी पार्टीहरु


  निर्वाचन आयोगमा दर्ता गर्दा पार्टी कार्यालयको ठेगाना राख्नुपर्ने प्रावधान छ ।



समानुपातिकमा सभासद पाइहाल्छ कि भन्ने लोभले खोलिएको एक दर्जन भन्दा वढी मधेशी पार्टीहरु झोलामा सिमित रहेको देखिन्छ । पहिलो र दोस्रो संविधानसभामा समानुपातिक सभासदकै  लागी खोलीएका त्यस्ता पार्टीहरु वन म्यान पार्टीको रुपमा पनि चिनेने गर्छन । सोमवार नयां पत्रिकाले छापेको झोलामा पार्टी कार्यलय शिर्षकको समाचार अनुसार संविधान सभाको निर्वाचन पुर्व प्रचार प्रसारका लागी पार्टी कार्यलय खोलिए पनि निर्वाचन पश्चात यस्ता पार्टीका अध्यक्षहरुले आफनो झोलामा सिमित राख्न पुगेका छन पार्टीहरु लाई । उक्त समाचारमा जनाइृएको १७ ओटा मध्ये १० ओटा मधेश केन्द्रित पार्टीहरु छन । त्यस वाहेक पनि झण्डै आधा दर्जन मधेश केन्द्रित पार्टीहरु अध्यक्षहरुको झोलामा सिमित रहेको देखिन्छ । सरीता गिरी, विकास तिवारी, भाष्कर गुप्ता, अमर यादव, विशेन्द्र पासवान लगायतका नेताहरुको पार्टी उनीहरुकै झोलामै सिमित रहेको देखिन्छन ।

संविधानसभामा प्रतिनिधित्व गरेका दलले सिंहदरबारभित्रै संसदीय दलको कार्यालय राख्ने सुविधा पाउँछन् । संसदीय दलको कार्यालयको भाडा तिर्नुपर्दैन । सिंहदरबारस्थित संसदीय दलको कार्यालयलाई नै केही साना दलले पार्टी कार्यालयका रूपमा प्रयोग गर्दै आएका छन् ।

संविधानसभामा एकजना सभासद् रहेको दलित जनजाति पार्टी नेपालको कार्यालय छैन । सिंहदरबारस्थित संसदीय दलको कार्यालयलाई नै अध्यक्ष यशोदा लामाले पार्टी कार्यालयका रूपमा प्रयोग गरेकी छिन् । दलित जनजाति पार्टी नेपाल संविधानसभामा प्रतिनिधित्व गर्ने ३१औँ दल हो । विश्वेन्द्र पासवान नेतृत्वको दलित जनजाति पार्टीबाट केही समयअघि फुटेर सो पार्टी गठन भएको हो ।
 
‘हाम्रो पार्टी नयाँ हो । अहिले तत्काल यसको कार्यालय छैन । सिंहदरबारमा रहेको संसदीय दलको कार्यालयलाई नै प्रयोग गर्ने गरेकी छु । केही दिनपछि पार्टी कार्यालय खोल्ने सोचाइ बनाएकी छु,’ लामाले भनिन् ।
दलित जनजाति पार्टीका अध्यक्ष विश्वेन्द्र पासवानले पनि पार्टी कार्यालय छुट्टै राखेका छैनन् । गौशाला पिंगलास्थानस्थित आफ्नो निवासलाई नै उनले पार्टी कार्यालयका रूपमा प्रयोग गरेका छन् । निर्वाचनअघि उनले साइनबोर्ड राखेका थिए । तर, अहिले साइनबोर्ड हटाएका छन् । सो पार्टीबाट संविधानसभामा एक सभासद् छन् ।
 
संविधानसभामा एक सिट रहेको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च ९थरुहट० को पार्टी कार्यालय पनि छैन । अध्यक्ष रुक्मिनी चौधरीले सुरक्षाका कारण पार्टी कार्यालय नराखेको बताइन् ।
‘सुरक्षाका कारण नै हामीले पार्टी कार्यालय राखेका छैनौँ । पार्टी कार्यालय हुनेबित्तिकै भीडभाड हुन्छ । भीडभाड भएपछि सुरक्षाको प्रश्न हुन्छ । त्यसैले पार्टी कार्यालय नै राखेका छैनौँ,’ चौधरीले भनिन् । केही दिनपछि पार्टी कार्यालय राख्ने उनको भनाइ छ ।
 
संविधानसभा निर्वाचनमा सहभागी हुन एक सय २७ वटा दल निर्वाचन आयोगमा दर्ता भएका छन् । तीमध्ये ३१ वटा दलले मात्र संविधानसभामा प्रतिनिधित्व गरेका छन् ।
संविधानसभा निर्वाचनसम्म सरिता गिरी नेतृत्वको नेपाल सद्भावना पार्टीको कार्यालय कुपन्डोलमा थियो । निर्वाचनपछि सो पार्टीको कार्यालय विशालनगरमा सारिएको थियो । केही दिनयता विशालनगरबाट पनि पार्टी कार्यालय हटाइएको छ ।
 
यसैगरी श्यामसुन्दर गुप्ताका छोरा भाष्कर गुप्ता नेतृत्वको नेपाल सद्भावना पार्टी ९युनाइटेड०को कार्यालय पनि झोलामै छ । सो पार्टीका पार्टी अध्यक्ष श्यामसुन्दर गुप्ता जेल जानुअघि मैतीदेवीमा पार्टी कार्यालय थियो ।
विकास तिवारीले नेतृत्व गरेको नेपाल सद्भावना पार्टी ,गजेन्द्रवादी, अमर यादवले नेतृत्व गरेको मधेस तराई फोरम, लिग नेपाल शान्ति एकता पार्टी, राष्ट्रिय नागरिक पार्टीका कार्यालय झोलामै छन् । दर्ता गर्दा उनीहरूले पार्टी अध्यक्ष बस्ने ठाउँमा नै पार्टी कार्यालय रहेको उल्लेख गरेका थिए । निर्वाचन आयोगमा दर्ता गर्दा पार्टी कार्यालयको ठेगाना राख्नुपर्ने प्रावधान छ ।
 
जनता दलका अध्यक्ष हरिचरण साहले आफ्नै निवासमा पार्टी कार्यालय राखेका छन् । चुरेभावर राष्ट्रिय एकता पार्टीको पार्टी कार्यालय प्रवक्ता केदार निरौला बस्ने घरमा छ ।

No comments:

Post a Comment