Sunday, August 17, 2014

फोरम लोकतान्त्रिकको पदाधिकारीहरुमा व्यापक फेरवदल


 

विजय गच्छदार नेतृत्वको मधेशी जनअधिकार फोरम लोकतान्त्रिकले पार्टीको पदाधिकारीहरुमा व्यापक फेरबदल गरेका छन । गएको १५/१६ साउनमा बसेको फोरम लोकतान्त्रिकको बैठकले जीतेन्द्र देव र आशा चर्तुवेर्दीलाई पार्टीको उपाध्यक्ष बनाएको छ भने राम जनम चौधरी, मृगेन्द्र कुमार सिंह यादवलाई पार्टीको महासचिवको जिम्मेवारी तोकेको छ । यसैगरी कोषाध्यक्षमा विरेन्द्र लाल श्रेष्ठ नेपालीलाई बैठकले चयन गरेको छ । साथै उक्त बैठकले अन्य पार्टीहरुवाट फोरम लोकतान्त्रिकमा आएका १३ जनालाई केन्द्रिय सदस्यको रुपमा समेत मनोयन गरेका छन । राज किशोर यादव नेतृत्वको फोरम गणतान्त्रिकवाट आएका शशी मिया कपुर, सशस्त्र समुहवाट आएका मनोज मण्डल सहितका १३ जनालाई पार्टीले केन्द्रिय सदस्यको रुपमा मनोयन गरेको फोरम लोकतान्त्रिकका कार्यलय सचिव परमानन्द मेहताले बताए ।

उपाध्यक्षको जिम्मेवारी पाएका देव यस अघि महासचिव थिए भने चर्तुवेदी कोषाध्यक्ष थिए । दोस्रो संविधानसभामा मधेशको सबै भन्दा ठुलो पार्टी भए लगतै लोकतान्त्रिक फोरममा आन्तरिक रुपमा तीव्र मतभेद शुरु भएको थियो । खासगरी समानुपातिकमा अध्यक्ष गच्छदारले सबै व्यापारीलाई मात्रै मनोनित गर्न थालेपछि वरिष्ठ उपाध्यक्ष रामेश्वर राय यादव सहित जीतेन्द्र देव लगायतका नेताहरुले असन्तुष्टि व्यक्त गरेका थिए । यी नेताहरुले विरोध पश्चात अध्यक्ष गच्छदार पछाडी फर्कन बाध्य भएका थिए र तत्कालिन महासचिव जीतेन्द्र देवलाई समानुपातिक सभासद बनाउन बाध्य भएका थिए ।

No comments:

Post a Comment