Thursday, August 7, 2014

के मधेश राजनितीले नयां कोर्स लिन लागेकै हुन त ?


 
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आएको अघिल्लो दिन अर्थात गएको शनिवार मधेशी पार्टीहरुका अध्यक्ष वानेश्वरमा भेला भएर मोदी संग के के कुरा गर्ने बारेमा छलफल गर्दै थिए । उता त्यही समयमा सबै मधेशी पार्टीहरुका जुझारु तथा सक्षम युवाहरुको एउटा जमात मधेशमा यी नेतृत्वहरुको विकल्पमा कसरी नयां शक्ति बनाउने वारेमा गहन मन्थन गर्दै थिए । यी दुई परिवेशले अगामी मधेश राजनितीको भविष्यलाई राम्ररी इकिंत गर्दैछन । दोस्रो संविधानसभामा मधेशी पार्टीहरु नराम्ररी पराजय व्योहोरे संगै वर्तमान सबै मधेशी पार्टीहरुका नेतृत्वहरु प्रति वाहिर संगसंगै पार्टी भित्रै पनि ठुलो असन्तुष्ट व्यक्त हुदै आएका छन । एकातर्फ यसो भईराख्दा नेपाली राजनितीमा महत्वपुर्ण प्रभाव राख्ने छिमेकी भारतका प्रधानमन्त्री देखि विदेशमन्त्री सम्मको भ्रमणले पनि मधेशी नेतृत्वको वारेमा महत्वपुर्ण सवाल खडा गरिदिएका छन । मधेश राजनितीका पंडितहरुले पछिल्लो यी परिदृश्यहरुलाई मधेश राजनितीले लिन लागेको नायां कोर्सको रुपमा  विश्लेषण गर्छन ।

भारतीय विदेशमन्त्री सुष्मा स्वराज र प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौमा मधेशी नेताहरु संग गरेको भेटवार्ताले प्रष्ट रुपमा के संकेत गरेका छन भने, वर्तमान मधेशी पार्टीहरुका नेतृत्वहरु संग भारतीय पक्ष असहज महसुस गरिरहेका छन । स्वराज र मोदीसंगको भेटमा मधेशी पार्टीहरुका अध्यक्षहरु संगै काग्रेस, एमाले, एमाओवादी संगै मेघराज निसादलाई पनि राख्नु समान्य परिघटनाको रुपमा लिन नमिल्ने तर्क मधेशका पंडितहरुको देखिन्छ । यसवारेमा यी पंडितहरुको अहिले दुई थरी बुझाई सुन्नमा पाइन्छ । एउटा त मधेशी पार्टीहरुका अध्यक्षहरुलाई नैतिक रुपमा एक नभए आफुहरु नस्विकार्ने र अर्को यी नेतृत्वहरुको विकल्पमा मधेश राजनिती भित्र अमरेशको सम्भावित हुन सक्ने उदयलाई कतिपयले नराम्ररो संकेतको रुपमा अथर््याउछन । एक मधेशी पंडितले  त मधेशी पार्टीहरुका अध्यक्षहरु संग भारतीय पक्षले यती धेरै असहजता महसुस गरिरहेका छन हालै यी भेटघाटको सन्दर्भमा भएको मिडियावाजी लाई यीनीहरु विरुद्ध सुनियोति प्रहारको रुपमा अथर््याउछन ।

एकातर्फ दोस्रो संविधानसभा पशचात धुरमुराएको मधेशी नेतृत्वहरु, विचलित देखिएका युवा पुस्ताका नेताहरु र भारतीय पक्षको नेतृत्वहरुसंगको असहजताले मधेश राजनितीको भविष्य वर्तमानकै संरचनामा नरहने लगभग पक्कापक्की जस्तै देखिएको छ । दोस्रो संविधानसभाको क्रममा मधेशी पार्टीहरुले समानुपातिक छनौटमा गरेको व्यवसाय संगै नेतृत्वहरु विरुद्ध गोलाबन्दी हुन सुरु भईसकेका छन । यसको चाल नेतृत्वहरुले समेत नपाएका होईन तर नेतृत्वहरु नैतिक रुपमा यती कमजोर भईसकेका छन कि यीनीहरु केही गर्न सक्ने अवस्थामा छैन । सबै मधेशी पार्टीहरुका युवाहरुले गरिरहेको सामुहिक गोलवन्धको प्रयास सम्भवतह अबको तीन देखि चार महिना भित्र प्रष्ट रुपमा वाहिर आउन सक्छ । जसले मधेश राजनितीको वर्तमान सबै संरचनालाई भत्काउदै नयां अध्यायको प्रारम्भ गर्ने छ । तर भारतीय पक्षको हालैको भेटघाटमा अमरेश लगायतका काग्रेस, एमाले र एमाओवादीलाई महत्व दिनु र पछिल्ला समयमा अमरेशको वढदो सक्रियता ले मधेश राजनितीलाई अर्कै बाटो पनि समत्न नलाउला भन्न सकिन्न । तर यी यस्ता सबै कुरा अबको तीन देखि चार महिना पछि मात्रै वाहिर  देखिने गरी आउछ ।

No comments:

Post a Comment