Monday, August 4, 2014

मोदी र मधेशी नेताहरु विच भेटवार्ता


 
नेपालको दुई दिने भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज दिउसो मधेशी पार्टीहरुका अध्यक्षहरुसंग सामुहिक छलफल गरेका छन । छलफलका लागी सबै मधेशी पार्टीहरुका अध्यक्षहरुले मोदी बसेको होटल हयात पुगेका थिए । छलफलमा सहभागी नेताहरुका अनुसार मधेशी नेताहरुले राजनिती स्थितरता विना मुलुक दिगो विकासको वाटोमा जान नसक्ने भएकाले संघीयता सहितको संविधान निर्माणको प्रक्रियामा आफुहरु लागी परेको बताएका थिए । त्यसैगरी मधेशको विकासमा भारतको साझेदारी, नेपाल भारतको सम्बन्ध अझै कसरी राम्रो बनाउने, हुलाकी सडक, मधेशका रेलमार्ग र चुरे संरक्षणको विषयमा मधेशी नेताहरुले मोदी समकक्ष कुराकानी गरेका थिए ।

त्यसैगरी मोदीले आफुहरु पनि नेपालमा सबै समुदायको भावना अनुरुप नयां संविधान बन्नेमा आशावादी रहेको र त्यसले नै नेपाल हिमाल, पहाड र तराई मधेशको सम्रग विकासमा प्रभावकारी भुमिका खेल्नेमा विश्वस्त भएको बताएका थिए । मोदीसंग भेटवार्ता गर्न मधेशी पार्टीहरुका अध्यक्षहरु महन्थ ठाकुर, उपेन्द्र यादव, राजेन्द्र महतो, विजय गच्छदार, जेपी गुप्ता लगायतका नेताहरु हयाट होटल पुगेका थिए ।



No comments:

Post a Comment